Khabar Dabali Logo
  July 9, Thu

नेकपा स्थायी कमिटी बैठकमा फेरियो शीर्ष नेताको आसन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी, नेकपा स्थायी कमिटीको बैठकमा आज अध्यक्षद्वय सहित सचिवालयका सदस्यहरुको आसन परिवर्तन गरिएको छ ।

बैठकमा आज नेताको आसनमा परिवर्तन गरिएको छ । प्रधानमन्त्रीलगायत सचिवालयका सबै नेताहरूलाई मञ्चबाट तल झारिएको छ । मञ्चबाट तल झारेर केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई समान लहरमा राखिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा निर्धारित कार्यसूची अन्तर्गत सीमा समस्या र समाधान विषयमा स्थायी कमिटी सदस्यहरुले आ–आफ्ना धारणा राखिरहेका छन् । असार १० गतेदेखि सुरु भएको बैठक असार १४ र १५ गते स्थगित भई आज पुनः सुरु भएको हो ।

बैठकका लागि सरकारको कामको समीक्षा, सीमा समस्या र समाधान, कोरोना रोकथाम, नियन्त्रण र उपचार, एमसिसी, पार्टी एकीकरणका बाँकी काम लगायतका कार्यसूचीहरु तोकिएका छन् ।

यसअघिका बैठकमा अग्लो मञ्चमा बसेका सचिवालय सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेललाई स्थायी कमिटी सदस्यहरुकै लहरमा राखिएको छ ।

यसअघिको बैठकमा दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई अग्लो मञ्चमा सुविधाजनक सोफाको प्रवन्ध गरिएको थियो भने अरु नेताहरूलाई काठका कुर्सीको प्रवन्ध गरिएको थियो ।

असार १६ गते, २०७७ - १३:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शेयर बजार : नेप्सेमा झिनो वृद्धि

काठमाडाै । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले वृद्धि भएको छ । नेपाल...   
प्राकृतिक विपत्ति र दुर्घटनाको उच्च जोखिममा सिन्धुपाल्चोक

प्राकृतिक विपत्ति र दुर्घटनाको उच्च जोखिममा सिन्धुपाल्चोक

काठमाडौ । सिन्धुपाल्चोक जिल्ला प्राकृतिक विपत्ति र दुर्घटनाको उच्च जोखिम बन्दै गएको छ । कहिले जुरे...   
कौसीखेतीलाई प्रोत्साहन : विषादीरहित तरकारी उत्पादन

कौसीखेतीलाई प्रोत्साहन : विषादीरहित तरकारी उत्पादन

गलकोट । तरकारी उत्पादन वृद्धि गर्ने उद्देश्यले बागलुङ बजारमा कौसीखेती अभियानलाई तीब्र बनाएको छ । बागलुङ...   
उद्दार र राहतमा कुनै सम्झौता हुन्न : सभामुख सापकोटा

उद्दार र राहतमा कुनै सम्झौता हुन्न : सभामुख सापकोटा

सिन्धुपाल्चोक । सभामुख अग्नीप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसेमा गएराति आएको बाढी–पहिरोबाट...   

नेपालमा घट्यो कोरोना संक्रमितको संख्या, आज थप १०८ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा आज थप १ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न २५ प्रयोगशालामा...   

शान्ति सुरक्षा अनिवार्य शर्त : गृहमन्त्री थापा

काठमाडाै । गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई...   

सिन्धुपाल्चोक पहिरो : बाढीले मध्यभोटेकोशी हाइड्रोमा अर्बौंको क्षति

सिन्धुपाल्चोक । बुधबार राति सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले मध्यभोटेकोशी जलविद्युत्...   

लण्डनमा नेपाली महिलालाई आफ्नै नवजात शिशुको हत्या अभियोग

लण्डन । आफ्नै नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई आज हत्या अभियोगमा बेलायतको...   

बूढानीलकण्ठले लकडाउन अवधिको शुल्क नलिने

काठमाडौ । बुढानिलकण्ठ विद्यालयले विद्यालय सञ्चालन नभएको अवस्थाको शुल्क नलिने भएको छ । विद्यालयका...   

कोरोनाबाट बिरामी भएका ७० लाख ७१ हजार भन्दा बढी व्यक्ति निको भएर फर्के

जेनेभा । नेपाली समयानुसार बिहीबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top