Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

धवलागिरिमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० पुग्यो, संक्रमित हुनेमा सबै भारतबाट आएका

बागलुङ । धवलागिरि क्षेत्रमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । मुस्ताङबाहेक यहाँका तीनै जिल्लामा सङ्क्रमण देखिएको छ । आज बागलुङ, ताराखोला गाउँपालिकाका ३९ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै कूल सङ्क्रमितको सो सङ्ख्या पुगेको हो । बिहीबार बागलुङमा १०, पर्वतमा चार र म्याग्दीमा एक सङ्क्रमित थपिएका थिए । त्यसअघि बागलुङका आठ, पर्वतका पाँच र म्याग्दीका एक जनामा कोरोना देखिएको थियो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म बागलुङका १९, पर्वतका नौ र म्याग्दीका दुईमा सङ्क्रमण पुष्टि भएको छ ।

तीनै जिल्लामा अहिलेसम्म पत्ता लागेका सङ्क्रमित सबै विदेशबाट आएका हुन् । यस क्षेत्रमा पहिलोपटक गत चैत १५ मा बागलुङकी १९ वर्षीया युवतीमा सङ्क्रमण देखिएको थियो । त्यसको एक सातापछि बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको थियो । दुवै जना चैत ४ मा बेल्जियमबाट आउँदा सङ्क्रमित भएका थिए । उनीहरु कोरोनामुक्त भइसकेका छन् ।

बागलुङ, पर्वत र म्याग्दीमा गरी २८ जनामा अहिले कोरोना भाइरसको सक्रिय सङ्क्रमण छ । सबै सदरमुकामस्थित अस्पतालका आइसोलेसनकक्षमा उपचाररत छन् । चिकित्सकका अनुसार सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य छ । पछिल्लो समय भारतबाट आई क्वारेन्टिनमा बसेका व्यक्तिमा कोरोना परीक्षण बढाइएसँगै सङ्क्रमित भेटिन थालेका हुन् । बागलुङमा शुरुमा भेटिएका दुई महिलाबाहेक सबै हालै भारतबाट आएका व्यक्ति हुन् ।

बागलुङमा मात्रै भारतबाट आएका एक हजार ४४९ जना क्वारेन्टिनमा छन् । उनीहरुमध्ये झण्डै ४०० जनाको कोरोना जाँच गरिएको छ । पर्वत, म्याग्दीमासमेत हालै भारतबाट आएकाहरु सयौँको सङ्ख्यामा छन् । भारतबाट आएकामध्ये कमको मात्र कारोना परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले भारतबाट आई क्वारेन्टिनमा बसेका सबैको कोरोना परीक्षण गर्ने तयारी भइरहेको बताए ।

सङ्क्रमित बढेसँगै आइसोलेसनकक्ष थप्न स्थानीय तह जुटेका छन् । बागलुङ सदरमुकामस्थित धवलागिरि अस्पतालका आइसोलेसन श्यया सङ्क्रमितले भरिएका छन् । आज कोरोना पुष्टि भएका ताराखोलाका सङ्क्रमितलाई पनि सोही अस्पताल ल्याइँदैछ ।

धवलागिरि अस्पतालमा आइसोलेसन श्यया बढाएर २४ पु¥याइने र बाहिर ८५ श्ययाको प्रि–आइसोलेसनकक्ष बनाउने निर्णय भएको प्रमुख गुरौले बताए । उनका अनुसार धवलागिरि बहुमुखी क्याम्पसमा ५०, गलकोट, कुश्मीसेरा र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा १२–१२ श्ययाको प्रिआइसोलेन कक्ष बनाइनेछ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies