Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

अस्त-व्यस्त क्वारेन्टाइन : संघ र प्रदेशबाट आदेश आयो, बजेट आएन

धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लामा विद्यालय भरिभराउ भएर खुला आकाशमुनि क्वारेन्टाइन बनाएका खबर आइरहेका बेला उपमहानगरपालिका क्षेत्रकै क्वारेन्टाइन अस्तव्यस्त पाइएका छन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - तराईको ४२ डिग्रीको तापक्रममा पनि अधिकांश क्वारेन्टाइनमा पंखा उपलब्ध छैन । खानेपानीको अभाव छ । भारतबाट आएका नागरिकलाई खाना, खाजा, बास र स्वास्थ्य परीक्षण निःशुल्क भनिए पनि त्यो व्यवस्था हुन सकेको छैन ।

धनगढी उपमहानगरपालिका–१ का हर्कबहादुर चन्द पाँच दिनअघि भारतको राजस्थानबाट घर फर्किए । कैलालीको गौरीफन्टा नाकाबाट हजारौंको भीड छिचोल्दै आएका उनलाई धनगढीको मुख्य बजारस्थित त्रिनगर माविको क्वारेन्टाइनमा राखिएको छ । ‘बेसार र नुन हालेको भात मात्रै दिन्छन्, मैले खानै सकिनँ’, उनले भने, ‘घरबाट खाना मगाएर खाइरहेको छु ।’

क्वारेन्टाइन क्षेत्रबाट २० मिनेटमा उनको घर पुगिन्छ । ‘कोरोना लागिहाले पनि इम्युनिटी (प्रतिरोध क्षमता) बढाउनुस् भन्छन् सबै’, उनले भने, ‘बेसार हालेको भात खाए के इम्युनिटी बढ्छ ? त्यसैले घरबाट खाना मगाइरहेको छु ।’

सोही वडाकै उमेशसिंह ठगुन्ना र उनका भाइ भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेको मंगलबार तीन दिन भयो । उनीहरूले त्रिनगर माविको भवनको बरन्डामा बेन्च राखेर खाट बनाएका छन् । ‘यो विद्यालयभित्र हुलिदियो । केही थिएन । सबै कोठा भरिभराउ थिए । काँ गएर सुत्नु त ?’, उमेशले भने, ‘त्यसैले यो बरन्डामा बेन्च जोडेर पल्टिने जुक्ति निकालेका छौं ।’

उनीहरूलाई पनि बिहान नास्ता, दिउँसो र बेलुकीको खाना घरकाले ल्याइदिन्छन् । ‘नास्ता र खाना मात्रै होइन, ओढ्ने–ओछ्याउने र पंखा समेत हामीले घरबाट मगाएका छौं’, उमेशले भने, ‘सुरुको दिन त बिजुली पनि दिएन । कराएपछि मात्रै बल्ल बिजुली दियो । अहिले बरन्डामा सुतिरहेका छौं ।’

त्रिनगर माविमा वडा नम्बर १ र ४ का ६० जनाभन्दा स्थानीय क्वारेन्टाइन बसेका छन् । यही विद्यालयमा बसेका धनगढी–३ का ४७ वर्षका पुरुषको दुई दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

सँगै भारतबाट आएर एकै विद्यालयमा क्वारेन्टाइन बसेका व्यक्तिमा कोरोना पुष्टि भएपछि अरू नागरिक त्रासमा छन् । उनीहरूले कोरोनाका बिरामी बसेको कोठा छाडेका छन् । उनले प्रयोग गर्ने गरेको धारामा पनि जान छाडेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies