Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

भक्तपरमा कोरोनाविरुद्ध क्वारेन्टिन, आइसोलेशनदेखि शव व्यवस्थापनसम्मको तयारी

भक्तपर । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई फर्काउने प्रक्रिया शुरु गरेसँगै भक्तपुरमा कोभिड–१९ विरुद्ध लड्न विभिन्न योजनाका साथ तयारी शुरु गरिएको छ । विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणविरुद्ध लड्न भक्तपुरस्थित सङ्कट व्यवस्थापन समिति (सिएमसी) ले विभिन्न योजनासहित तयारी अगाडि बढाएको हो ।

जिल्लास्थित राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले वडा, नगर र जिल्लास्तरमा कोरोना भाइरस सङ्क्रमण रोक्न योजनाबद्ध रूपमा जिम्मेवारी वहन गर्ने गरी तयारी शुरु गरिएको सिएमसीका संयोजक एवं भक्तपुरका प्रजिअ हुमकला पाण्डेले जानकारी दिए। कोभिड–१९ विरुद्ध लड्न गुणस्तरीय क्वारेन्टिन, उपचार तथा आइसोलेशन र सङ्क्रमितको ज्यान गए शवको उचित व्यवस्थापनसम्मको तयारी गरिएको उनको भनाइ छ ।

सरकारले विदेशबाट उद्धार गरी ल्याएका प्रदेश नं १, २ लगायत पूर्वी जिल्ला जाने नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भक्तपुर ल्याएर निश्चित समय क्वारेन्टिनमा राखिने भएको छ । भक्तपुरमै पनि सङ्क्रमित बढ्दै गएको अवस्थामा राख्ने क्वारेन्टिनको व्यवस्था गरिने भएको छ ।

हाल खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरण र नगरकोटको खानेपानी तालीम केन्द्रमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार सरकारले तयार पारेको ३०८ जना क्षमताको क्वारेन्टिन विदेशबाट फर्किएका नेपालीका लागि प्रयोगमा ल्याइने छ । आवश्यक पर्दा मध्यपुरथिमिको बोडेस्थित कृषि विकास बैंकको तालीम केन्द्रमा ५० जना क्षमताको क्वारेन्टिन बनाउने तयारी गरिएको छ ।

यसबाट पनि अपुग भएमा अस्थायी क्वारेन्टिन बनाउने गरी खुला क्षेत्रको समेत पहिचान गरिएको छ । नगरकोटको होटलमा क्वारेन्टिन बनाउने सन्दर्भमा भने सङ्घीय सरकारबाटै पहल भइरहेको छ । राजमार्गका होटलमा क्वारेन्टिन बनाउनेबारे भएको छलफलमा होटल सञ्चालक सहमत भए पनि सरकारले निश्चित शुल्क दिनुपर्ने उनीहरुको माग छ । समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिए तत्काल सङ्क्रमितलाई राख्न क्वारेन्टिन तथा आइसोलेशन कक्ष बढाउने गरी तयारी भएको हो ।

यस्तै भक्तपुरमा रहेका सरकारी तथा निजी अस्पतालमा कोभिड–१९ को उपचार तथा आइसोलेशन कक्षको व्यवस्थापनबारे छलफल र तयारी भइरहेको प्रजिअ पाण्डेको भनाइ छ । जिल्लाका चारवटै नगरपालिकालाई कम्तीमा एकएक वटा शव वाहनको व्यवस्था गर्न, प्रत्येक नगरपालिकामा क्वारेन्टिनको व्यवस्था गर्न, विदेशमा रहेकाको लगत सङ्कलन गर्न पत्र पठाएर नगरस्तरमा पनि तयारी थालिएको छ ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखालाई पनि शव वाहनको व्यवस्था गर्न भनिएको छ । जिल्ला–जिल्लामा यस्तो व्यवस्थापन नहुँदा काभ्रेको धुलिखेल अस्पतालमा कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाएकी सिन्धुपाल्चोककी सुत्केरी महिलालाई भक्तपुरको सवारी साधन र जनशक्ति गएर पशुपतिको विद्युतीय शवदाह गृहसम्म ल्याउनु परेको थियो । धुुलिखेल अस्पतालमा कोरोनाबाट ज्यान गएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको शव लैजान सवारी साधन र शव व्यवस्थापन भक्तपुरबाट गएका तालीम प्राप्त अरुण सैँजू र राजेश गाइजूले गरेका थिए। यस्तो अवस्था भक्तपुरमा नआओस् भनेर कोरोना सङ्क्रमणबाट ज्यान गुमाएकाको शवको व्यवस्थापन गर्न यहाँका नगरपालिका र रेडक्रसलाई एकएक वटा शव वाहनको व्यवस्था गर्न निर्देशन दिइएको हो ।

क्वारेन्टिनको तयारीदेखि शव व्यवस्थापनसम्मका लागि नेपाली सेनाको नेतृत्वमा टोली खटिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेतको संयुक्त सुरक्षा टोलीले सरकारले खरिपाटीमा बनाएको क्वारेन्टिनको प्रत्येक साता सफाइ गर्ने र तयारी अवस्थामा राख्नेदेखि शव व्यवस्थापनका लागि तालीम प्राप्त १५ जनाको टोली तयारी अवस्थामा राखिएको वीरदल गण सूर्यविनायकका गणपति एवं प्रमुख सेनानी शिव पौडेलले बताए ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानले कोरोना सङ्क्रमण फैलिन नदिन लकडाउनसँगै सीमा नाकामा कडाइ गरिएको जानकारी दिए । सीमा नाकाबाट अत्यावश्यक र गृहमन्त्रालयका पासबाहेक अन्यलाई भक्तपुर भित्रिन नदिएको र साँगा एवं नाला नाकामा कडाइ गर्नाका साथै अन्य लुकेर आउनसक्ने भित्री नाकामा समेत निगरानी बढाएको उनले जानकारी दिए ।

\"\"

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies