Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

भारतबाट आएकामा कोरोना सङ्क्रमण बढेपछि गण्डकी प्रदेशमा उच्च सतर्कता

स्याङ्जा । बागलुङ, स्याङ्जा, नवलपुर र म्यादीमा समेत कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमित फेला परेसँगै गण्डकी प्रदेशमा उच्च सतर्कता अपनाउन शुरु गरिएको छ ।

प्रदेशको राजधानी पोखरासहित प्रवेशका मुख्य नाका तथा बजार क्षेत्रमा जाँचलाई कडाइ गरिएको छ । हालसम्म कोभिड–१९ पुष्टि भएकाको सङ्ख्या १९ पुगेको छ । दुईजना भने उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेसँगै प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय समितिले नाकामा कडाइ गर्ने, जारी बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने तथा छिमेकी मुलुक भारतबाट आएका सबैको पिसिआर परीक्षण गर्ने निर्णय गरेको छ ।

प्रदेशको नाकामा आइपुगेका व्यक्तिलाई सुरक्षित रुपमा सम्वन्धित जिल्लाको गाउँपालिकामा लगेर क्वारेन्टिनमा राख्न समितिले ११ वटै जिल्लामा कोरोना रोकथामका लागि गठित जिल्लास्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सिसिएमसी०लाई निर्देशन दिएको छ ।

उच्चस्तरीय समितिका संयोजकसमेत रहनुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवलपुरको त्रिवेणी, दाउन्ने, गँैडाकोट, स्याङ्जाको राम्दी, तनहुँको आँबुखैरेनी, बागलुङको बुर्तिवाङलगायत प्रदेशका प्रमुख नाकामा थप कडाइ गर्न प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिए । उनका अनुसार अन्यत्रबाट समेत लुकीछिपी प्रदेशमा छिर्ने गरेकाले त्यसमा समेत कडाइ गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

समितिको बिहीबार बसेको बैठकले छिमेकी मुलुक भारतलगायत देशका अन्य भागबाट नाकामा आएकाहरुलाई सुरक्षित साथ सम्बन्धित जिल्लाको क्वारेन्टिनमा राखिने र भारतबाट आएका सबैको अनिवार्य पिसिआर परीक्षणको व्यवस्था मिलाउने निर्णय गरेको उनले जानकारी दिए ।

“प्रदेशमा अहिले सङ्क्रमण बढिरहेको अवस्थामा प्रदेशका मुख्य र साना नाकामा समेत कडाइ गर्ने र नाकामा आएकाहरुलाई सम्बन्धित ठाउँमा पु¥याएर अनिवार्य पिसिआर परीक्षण गर्ने निर्णय गरेका छौँ ।” उहाँले भन्नुभयो, “विगत दुई महिनादेखि कोभिड–१९ सङ्क्रमण रोक्न फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको समेत पिसिआर परीक्षण गर्छौँ ।”

प्रदेशमा कोरोना रोकथामका लागि यसअघि सरकारले रु १५ करोडको रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरेको थियो । सो कोषको रकम सकिन लागेकाले उच्चस्तरीय निर्देशक समितिको बैठकले थप रु १५ करोड विनियोजनका लागि सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

कोषमा रकम थप गर्नका लागि सामाजिक विकास मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने र निर्णय गरिने उहाँले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारले निर्माण गरेका कतिपय क्वारेन्टिन न्यूनतम मापदण्ड र गुणस्तरको नभएकाले त्यस्ता क्वारेन्टिनको अनुगमन गरी मापदण्डअनुसारको बनाउने निर्णयसमेत बैठकले गरेको छ । सरकारले यसअघि नै प्रदेशका ११ वटै जिल्ला अस्पतालमा सघन उपचार कक्ष ९आइसियु० निर्माणका लागि रु १४ करोड बजेट विनियोजन गरिसकेको छ ।

अव्यवस्थित क्वारेन्टिनका कारणबाट थप सङ्क्रमण फैलन सक्नेतर्फ सचेत बन्दै क्वारेन्टिनको मापदण्ड निर्माणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जिम्मा दिइएको छ । सो मापदण्ड सबै क्वारेन्टिनमा पालनाका लागि जिल्लास्तरीय सिसिएमसीमा पठाइने छ ।

सङ्क्रमण फैलनबाट रोक्न अत्यावश्यक सामग्री ढुवानी गर्ने मालबाहक सवारी साधनबाहेक अन्यलाई प्रदेशमा भित्रिन नदिएको, कोही व्यक्ति आएको फेला परेमा समेत उनीहरुलाई फिर्ता पठाइएको र परीक्षणको दायरा बढाइएको समितिका प्रवक्ता एवं प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

उनले भने, “छिमेकी प्रदेशसहित गण्डकीका समेत चार जिल्लामा सङ्क्रमित सङ्ख्या बढेसँगै हामीले थप सतर्कता अपनाउन शुरु गरेका छौँ । नाकामा सुरक्षाकर्मीको परिचालन बढाउँदै जाँचलाई तीव्रता दिएका छौँ भने स्वास्थ्य संस्थामा समेत सोहीअनुसार व्यवस्थापनका काम अघि बढाइएको छ ।”

प्रदेशमा कोरोना रोकथामका लागि गठन गरिएका क्वारेन्टिन निर्माण, आपूर्ति, बजार अनुगमन, अस्पताल व्यवस्थापन तथा कर्मचारी व्यवस्थापनलगायत विभिन्न १० वटा विषयगत समितिका कामलाई समेत पछिल्ला दिनमा थप प्रभावकारी बनाउँदै लगिएको उनले जानकारी दिए ।

कोरोनाको सङ्क्रमण देखिएको खण्डमा सम्बन्धित जिल्लामा नै उपचारको व्यवस्थाका लागि जिल्लास्थित अस्पताललाई तयारी अवस्थामा राखिएको र स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिइएको जनाइएको छ ।

प्रदेशमा हालसम्म दुई हजार ४४३ जनाको पिसिआर र सात हजार ९५० को आरडिटी जाँच गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङमा आठ, स्याङ्जा र नवलपरासीमा पाँच÷पाँच तथा म्याग्दीमा एकजना सङ्क्रमित छन् । स्याङजाका सङ्क्रमितमध्ये एकजना महिलाको पोखरास्थित कोरोना डेडिकेटेड अस्पताल तोकिएको पश्चिमाञ्चल अस्पतालको आइसोलेशन कक्षमा उपचार भइरहेको छ ।

बागलुङका दुईजना भने यसअघि नै कोरोनालाई जितेर घर फर्किएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies