Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सुदूरपश्चिममा थप तीन जनामा कोरोना सङ्क्रमण : सङ्क्रमितको सङ्ख्या २० पुग्यो

धनगढी । सुदूरपश्चिममा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धनगढीस्थित प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या २० पुगेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए।

नयाँ सङ्क्रमितमध्ये दुई जना कैलाली र एक जना दार्चुलाका छन् । कैलालीको जानकी गाउँपालिका वडा नं ४ कञ्चनपुरका २५ र ३० वर्षीय युवकमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । दुबै जना जानकी गाउँपालिकाको सरस्वती मावि दुर्गौलीस्थित क्वारेन्टिनमा बस्दै आएका थिए । उनीहरुमध्ये एकजना जेठ १ गते र अर्का जेठ ३ गते भारतबाट आएका थिए । त्यस्तै दार्चुलामा पनि एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नयाँ सङ्क्रमितमध्ये दुईजनाको टीकापुर र एकजनाको दार्चुला अस्पतालमा उपचारको व्यवस्था मिलाइएको मन्त्री सुवेदीले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशको कैलालीमा पहिलो कोरोना सङ्क्रमित चैत १४ गते फेला परेका थिए । धनगढी उपमहानगरपालिका वडा नं ५ का ३४ वर्षीय युवकमा कोरोना देखिएपछि कैलालीमा त्रास बढेको हो । कैलालीमा दुई महिनाको अवधिमा २० जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमित पाँचजना उपचारपछि घर फर्किएका छन् ।

सङ्क्रमितको सङ्ख्या थपिँदै गएपछि स्थानीय तहले सङ्क्रमितको सम्पर्कमा आएकाको खोजी कार्य जारी राखेका छन् । “सङ्क्रमितको सम्पर्कमा आएकाको परीक्षण शुरु भएको छ”, जानकी गाउँपालिका स्वास्थ्य शाखा संयोजक जितबहादुर चौधरीले भने “प्रहरीको सहयोगमा सङ्क्रमितसँग जोडिएकाको खोजी भइरहेको छ । उनीहरु सबैलाई सेल्फ क्वारेन्टिनमा बस्न लगाएका छौँ ।” दैनिक रुपमा सङ्क्रमित थपिन थालेपछि जानकीसँग जोडिएका पालिका टीकापुर, जोशीपुर, लम्की चुहामा उच्च सतर्कता अपनाइएको छ ।

स्थानीय पालिकाले भारत तथा अन्य जिल्लाबाट आउनेको उद्धारमा समेत खटेका छन् । “हाम्रो पालिकामा ६०० भन्दा बढी नागरिक क्वारेन्टिनमा राखेका छौँ”, टीकापुरका नगर प्रमुख तपेन्द्रबहादुर रावलले भने, “१३ वटा विद्यालयमा क्वारेन्टिन स्थापना गरिसक्यौँ, अझै अटेका छैनन् । दैनिक सयौँ नागरिक भित्रिन थालेका छन् ।” सङ्क्रमणबाट बच्न सरकारमात्र नभई नागरिकसमेत सचेत हुनुपर्ने उनको भनाइ छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies