Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

कपडाको मास्कको भरमा ‘रेडजोन’ मा प्रहरी

बाँके । देशकै सबैभन्दा कोरोना जोखिमपूर्ण क्षेत्र बाँकेको नरैनापुरमा खटिएका सुरक्षाकर्मी कपडाकै भरमा छन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - सुरक्षाका पर्याप्त साधन नपाउँदा प्रहरीमै संक्रमण देखिएको छ। एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीकाअनुसार नरैनापुर गाउँपालिकाको कालाफाँटा प्रहरी चौकीमा कार्यरत एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीसँगै कोरोना परीक्षण गरेका २३ जना प्रहरीमध्ये धेरै जनाको रिपोेर्ट अझै आउन बाँकी रहेको प्रमुख ओलीले बताए । नरैनापुर गाउँपालिकामा शनिबारसम्म एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने एक जना २५ वर्षका युवाको कोरोनाबाट मृत्यु भइसकेको छ ।

केही दिनदेखि नरैनापुरमा संक्रमितलाई नेपालगन्जको आइसोलेसनमा ल्याउन लाग्दा स्थानीयले अवरोध गरेका छन् । कोरोना संक्रमितहरू पनि आइसोलेसनमा आउन नमानेर भाग्न खोजिरहेका छन् ।

उनीहरूको भीड नियन्त्रण गर्न प्रहरी खटेका छन् । यसरी खटेका नेपाल प्रहरीसँग राम्रो मास्क नै छैन । डब्लुएचओकाअनुसार कोरोेनाबाट जोगिन एनके ९५ माक्स लगाउनुपर्छ तर कोरोनाको अति जोखिमपूर्ण क्षेत्र नरैनापुरमा कार्यरत कुनै पनि प्रहरीसँग त्यस्तो मास्क छैन । न त उनीहरूसँग स्यानिटाइजर नै छ ।

प्रहरी प्रमुख ओली नै प्रहरीहरूले कपडाको माक्स मात्र लगाइरहेको स्वीकार्छन् । झन्डै एक सयको संख्यामा रहेको प्रहरीलाई जिल्लाले मुस्किलले तीन चार वटामात्र एनके ९५ मास्क र निकै थोरै मात्रामा सर्जिकल मास्क पठाइएको जिप्रकाले जनाएको छ ।

‘ड्यूटीमा खटेका प्रहरी कपडाको मास्क लगाएका हुन्छन् । संक्रमित नै झम्टिन आउँछन् । जोगिएर बस्नुपरेको छ,’ ओली भन्छन्, ‘फ्रन्टलाइनमा काम गर्ने सुरक्षाकर्मी जोखिम नै जोखिममा काम गरिरहेका छन् ।’ शुक्रबार नरैनापुरमा १३ जना संक्रमित पुष्टि भए ।

उनीहरूलाई नेपालगन्ज ल्याउने क्रममा राति ८ः४५ बजेतिर ९ जना संक्रमित एम्बुलेन्समा आउन नमानेर गाउँमा भागे । उनीहरूलाई लैजान नदिन ठूलो संख्यामा गाउँलेहरूले विरोधमा उत्रिए ।

संक्रमित र गाउँले एकै ठाउँमा भए प्रहरीलाई भीड नियन्त्रण गर्न र भागेका संक्रमितको खोजी गर्न हम्मेहम्मे पर्‍यो । ओलीकाअनुसार अन्तिम एक जनालाई खोजी गरेर ल्याउँदा शनिबार बिहानको ३ः१० भएको थियो ।

भाग्ने संक्रमितले स्थानीयलाई त जोखिममा पारे नै। उनीहरूको खोेजी गर्न गएका प्रहरी पनि जोखिममा परेका छन् । ‘कोरोनाको जोखिममा पनि रातभरी सुत्न पाएनौं,’ एक प्रहरी अधिकृतले गुनासो गरे, ‘कपडाकै मास्क लगाएर प्रहरीले कोरोना संक्रमितलाई गाउँ–गाउँ गएर खोजी गरे ।’

४ जेठमा नरैनापुर ५ भोजभगवानपुरको दीपेन्द्र प्राविको क्वारेन्टाइनमा एक जना संक्रमितको मृत्यु हुँदा स्थानीयले विरोध सुरु गरेका थिए । मृतकको अन्तिम संस्कारमा पनि सुरक्षाकर्मी नै खटेका थिए ।

अर्को दिन ५९ जनालाई नेपालगन्जको आइसोलेसनमा ल्याउने क्रममा पनि स्थानीय विरोधमा उत्रिएका थिए । संक्रमितले पनि प्रहरीलाई कोरोना सार्ने भन्दै धम्की दिएका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies