


विपन्न परिवारलाई महिनाको ५ हजारका दरले राहत दिन कांग्रेस सांसदको माग


-
-
जेठ ५ गते, २०७७ - १७:१२

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विपन्न वर्गलाई महिनाको ५ हजारका दरले राहत दिन माग गरेका छन् । सोमबार नीति तथा कार्यक्रममाथिको बहसमा बोल्दै उनले रोजगारी गुमाएका श्रमजीवी, वेरोजगार र विपन्न वर्गलाई तीन महिनाका लागि १५ हजार रुपैयाँ दिन प्रस्ताव गरेका हुन् ।
‘यथार्थतलाई आत्मसात गरेर कार्यान्वयनमुखी बजेट ल्याउन आग्रह गर्दछु, मुलुकलाई रोग र भोकबाट जोगाउने गरी बजेट ल्याउनुपर्छ’, कार्कीले भने, ‘रोजगारी गुमाएका श्रमजीवी, वेरोजगार र विपन्न वर्गलाई महिनाको ५ हजारका दरले तीन महिनाका लािग १५ हजार रुपैयाँ दिन प्रस्ताव गर्दछु, यसले उनीहरुको जनजीवीकालाई सहज बनाउन सहयोग पुग्छ ।’
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले अहिलेको समस्यालाई सम्बोधन गर्न नसक्ने बताए । उनले भने, ‘यस्तै अवस्थामा अहिलेको सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ, यसले अहिलेको समस्याको समाधान गर्न सक्दैन । अहिलेको प्राथमिकता मानवसंकट, स्वास्थ्यउपचार, राहत र अर्थतन्त्रको पुनर्वहालीमा केन्द्रीत हुनुपर्छ । तर यी कुरालाई नजरअन्दाज गरेर नीति तथा कार्यक्रम ल्याइएको छ, यसले थप विकराल अवस्था सिर्जना गर्न सक्छ । यस्तो अवस्था नआओस् भन्नेतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु ।’
कार्कीले कोभिड–१९ ले थप प्रभाव बढाउने सङ्केत देखिएको भन्दै कोरोना भाइरससँग लड्ने विषय नीति कार्यक्रममा नसमेटिएकामा गुनासो गरे । नीति कार्यक्रमले अहिलेको समस्या समाधान गर्न नसक्ने भन्दै उनले मितव्ययी र कार्यान्वयन हुने बजेट ल्याउन आग्रह गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपाल कसरी अपमानित हुँदै आयो ?
नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना
काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो
काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो
काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता
काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे
काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने
काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने
काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि
काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई
जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...
