Khabar Dabali Logo
  January 20, Wed

कर्णाली नदीमा डुङ्गा दुर्घटनामा परी बेपत्ता भएका ३ जनाको खोजी जारी

सुर्खेत। सुर्खेत र कैलालीको सीमा क्षेत्र कर्णाली नदीमा शुक्रबार साँझ डुङ्गा दुर्घटनामा परी बेपत्ता तीन जनाको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका–२ कोलतडीकी २५ वर्षीया मान्कु विक र उनका चार वर्षीय छोरा धनबहादुर विक तथा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–२ धमुका १० वर्षीय हिरु विक रहेका छन् ।

हिरु मान्कुका दाई डम्मर विकका छोरा भएको बताइएको छ । चौकुने–२ धमुबाट कैलालीको मोहन्याल गाउँपालिका–२ कोलतडी जाने क्रममा डुङ्गा दुर्घटना भएको हो । बेपत्ताको कैलाली प्रहरीले खोजी कार्य जारी राखेको छ ।

सुर्खेत प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले लकडाउनका कारण सुर्खेततर्फबाट पुल, डुङ्गा बन्द भएपछि कैलालीतर्फबाट डुङ्गा चढेर माइतीगाउँ चौकुनेको धमु आएको बताए । दुई जना डुङ्गा चालक भने पौडी खेलेर बाँच्न सफल भएका छन् । चौकुने गाउँपालिकाले लकडाउनसँगै आफ्नो क्षेत्रमा पर्ने झोलुङ्गे पुलमा आवतजावत बन्द गर्नुका साथै डुङ्गा चलाउन रोक लगाएको छ । नदीपारि पर्ने कैलालीको मोहन्याल गाउँपालिकाका स्थानीयको डुङ्गा चढेर बेपत्ता मान्कु छोरीसहित माइती आएको स्थानीयले बताएका छन् ।

जेठ ३ गते, २०७७ - १९:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माण ५५ प्रतिशत सम्पन्न

ललितपुर । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको छ । विसं...   
बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम

बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम

मोरङ । ‘बेसहाराका लागि सहारा’ बन्दै मानव सेवा आश्रमले आफ्नो नामअनुसार काम गरेको छ । मुख्य कार्यालय...   

स्याउ बगैँचा व्यवस्थापन गर्न लागे किसान

खलङ्गा । जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका...   

अलैँची उत्पादनमा वृद्धिः किसानले पाएनन उचित मूल्य

उदयपुर । जिल्लाको पहाडी क्षेत्रमा वर्षेनी व्यापक अलैँची उत्पादन वृद्धि हुँदै आए पनि यसले उचित मूल्य...   

इरानी राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिको बिदाइमा स्वागत

तेहरान । इरानका राष्ट्रपति हसन रुहानीले बुधवार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गरेका...   

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ९५ हजार भन्दा बढी

नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड पाँच लाख ९५ हजारभन्दा...   

राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ...   

नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

जेनेभा । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त...   

गलकोटमा केही दिनयता १८ घरमा तोडफोड र चोरी

गलकोट । बागलुङ जिल्लाको गलकोटमा चोरीका घटनामा वृद्धि भएका छन् । गलकोट नगरपालिकामा पछिल्लो केही दिनयता...   

तीन लाख ११ हजारले डाउनलोड गरे ‘नागरिक एप’

काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top