Khabar Dabali Logo
  June 6, Sat

नेकपाभित्रको द्वन्द्व वैचारिक अस्पष्टताकै कारण हो

अन्तरविरोधको भूमरीमा नपरेको कारण पनि कतिपयलाई अन्तरविरोध देखिने वित्तिकै पार्टी विभाजन वा फुटतर्फ जाने त होइन् भन्ने पनि लागेको छ । बुझ्नुपर्ने कुरा पार्टीभित्र सत्ता र शक्तिको लागि संघर्ष निरन्तर हुन्छ । सत्ताको प्रतिस्पर्धालाई विचारसँगको प्रतिस्पर्धासँग जोडियो भने त्यसले समाधान दिनसक्छ ।

काठमाडौं । आजकै दिन तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादीका बीच पार्टी एकता घोषणा भएको थियो । तत्कालिन एमालेका नेताहरु मदन भण्डारी र जीवराज आश्रीतको स्मृति दिवसको दिन भएको एकता घोषणाले आज दुई वर्ष पुरा गरेको छ । तर, पार्टी एकता घोषणा भएको दुई वर्ष बित्दा पनि एकता प्रक्रिया पुरा हुन सकेको छैन् ।

पछिल्लो समय पार्टी एकता प्रक्रिया पुरा गर्ने दिशातिर भन्दा पार्टी विभाजन र फुटतिर अगाडि बढेको त होइन् भन्ने आशंका पनि पैदा भएको छ । पार्टीभित्र चुलिँदै गएको आन्तरिक द्वन्द्वले पार्टीको भविष्यलाई नै अनिश्चित बनाउँदै लगेको देखिन्छ ।

यसबीच ०७५ जेठ ३ को दिन अत्यन्तै आकस्मिक रुपमा भएको पार्टी एकताबारे हामीले केहि अन्तरंग कुरा कोट्याउने प्रयास गरेका छन् । खबर डबलीका तर्फबाट सन्देश अर्यालले नेकपाका स्थायी समिति सदस्यसमेत रहेका लीलामणि पोख्रेलसँग पार्टीभित्रको आन्तरिक द्वन्द्व र नेकपाको आगामी भविष्यबारे कुराकानी गर्ने प्रयास गरेका छौं । नेकपा राजनीतिबारे नेकपा नेता लिलामणी पोख्रेलसँग गरिएको कुराकानीको सम्पादिन अंश :

दुई वर्ष अगाडि आजकै दिन तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो । पार्टी एकता निकै आकस्मिक जस्तो गरि पनि भएको थियो । यो एकतालाई कसरी समिक्षा गर्नुहुन्छ ?

एकातर्फ संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी भएसँगै परिवर्तित सामाजिक, आर्थिक र सांस्कृतिक परिस्थितिमा संविधान कार्यान्वयन गर्ने चुनौति देखिँदै गएको थियो भने अर्कोतर्फ नेपालको राजनीतिमा खासगरी वामपन्थी शक्तिहरुको वर्चस्व बढ्दै जाने तर एक्लाएक्लै भएको कारण राज्यसत्ताको बागडोरसम्म नपुग्ने अवस्था बनेको थियो । संविधानले ल्याएका परिवर्तनलाई पनि कार्यान्वयन गराउन जटिलता हुने, जनताका आकांक्षालाई पनि सम्बोधन गराउन समस्या हुने र वामपन्थी दलहरुले अपेक्षा गरेको राज्य सत्ताको बागडोर आफ्नो हातमा सहज ढंगले लिनका निम्ति पनि त्यति सजिलो नहुने परिस्थितिमा १० वर्षको जनयुद्वको पृष्ठभूमिबाट आएको तत्कालिन नेकपा माओवादी र संसदीय अभ्यास गर्दै आएको तत्कालिन नेकपा एमालेबीच एकता हुन पुगेको हो ।

पछिल्लो ०७० को चुनावले नेकपा माओवादीलाई निकै ठूलो धक्का लागेको तर परिवर्तनका निम्ति उठाएका एजेण्डाहरु उसैका वरिपरि घुमिरहेको परिस्थिति र नेकपा एमाले लामो कालदेखि संसदीय बाटोबाट आफुँलाई स्थापित गरिरहेको तर संसदीय राज्यसत्तामा आफुँलाई वर्चस्व कायम गराउने सबालमा भने कहिल्यै पनि बहुमत प्राप्त गर्न नसकेको अवस्थामा यी दुई पार्टीबीच एकता गर्ने आवश्यकता महसुस भएको थियो ।

कम्युनिष्ट आन्दोलनमा एकातिर प्रयोगवादका नाममा दक्षिणपन्थी विचारधारा हाबी भईरहेको र अर्कोतिर जडसुत्रीयतावाद पनि देखा परिरहेको अवस्था थियो । त्यस्तो बेलामा नयाँ चुनौतिको सामना गर्न पछिल्लो शक्ति सन्तुलनको सिर्जनात्मकतालाई बोकेर जानुपर्छ भन्ने सोंचको पनि विकास भएको परिणाम स्वरुप नै आकस्मिक ढंगले तत्कालिन नेकपा एमाले र तत्कालिन माओवादी केन्द्रबीच एकता हुन पुगेको हो ।

तपाईंले जसरी समिक्षा गर्नुभयो त्यसलाई हेर्दा तत्कालिन आवश्यकताका आधारमा नै समीकरण बनेको प्रष्ट हुन्छ । तर, कम्युनिष्ट आन्दोलनलाई हेर्दै गर्दा विचारको कुरा अलि प्रधान भएर आउँछ । यहाँ पार्टी एकता हुँदै गर्दा तत्कालिन आवश्यकतालाई ध्यान दिएको स्पष्ट हुन्छ । यसले पार्टी एकता र भविष्यलाई प्रभाव पार्छ कि पार्दैन् ?

विचारको बहसबाट भन्दा भौतिक आवश्यकताको स्थितिमा यो एकताको प्रादुभाव भएको वास्तविकता हो । सँगै दुःखद पक्ष पार्टीभित्र अहिलेसम्म विचारको बहस नै हुन सकेको छैन् । तत्कालिन रुपमा अहिलेको हाम्रो कार्यदिशा के हो भन्ने मात्रै निक्र्यौल गर्यौं । जनताको जनवाद तत्कालिन कार्यदिशा भनियो तर जनताको जनवादको स्वरुप, त्यसको वैचारिक, सैद्धान्तिक धरातलका बारेमा हामीले बहस गर्न सकेका छैनौं । नेपाली कम्युनिष्ट आन्दोलनको चरित्र, त्यसमा देखिएका विभिन्न प्रवृत्तिहरुको बारेमा पार्टी एकताको दुई वर्षसम्म बहस नै भएको छैन् ।

त्योभन्दा अगाडि नेकपा एमालेले जनताको बहुदलिय जनवादलाई आफ्नो वैचारिक मार्गदर्शन बनाएर व्याख्या गरेको देखिन्छ । मदन भण्डारीले प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद तत्कालिक कार्यक्रम थियो । त्यो पनि युरोपमा समाजवादको विघटन भईरहेको बेला अब कम्युनिष्ट आन्दोलनलाई संसदीय प्रतिस्पर्धाबाट वा निर्वाचनबाट पनि स्थापित गर्न सकिन्छ भन्ने विचारमा आएको थियो । मदन भण्डारीले त्यसलाई कार्यक्रमिक रुपमा अगाडि सार्नुभएको थियो तर पछिल्लो चरणमा त्यसलाई सिद्धान्तको रुपमा व्याख्या गरेर ल्याएको हो । त्यसकारण तत्कालिन एमाले र माओवादीका बीच निकै ठूलो अन्तर छ । त्यसकारणले यसको सैद्धान्तिक पक्ष, विचारको पक्षमा बहस हुनु जरुरी छ ।

हामी हाम्रो पार्टी एकता गरेको दुई वर्षसम्म पनि कुनै सैद्धान्तिक बहस छलफल गर्न सकेनौं । हामीले हाम्रो पार्टी एकिकरण प्रक्रियालाई पनि पुरा गरेका छैनौं । हाम्रा संगठनात्मक व्यवस्था पनि पुरा गरेकै छैनौं । समय र परिस्थितिमा आएका अन्तरविरोधहरुलाई पक्रने र हल गर्ने, नयाँ सोंचको विकास गर्ने त्यसलाई माक्र्सवादले पचाउने यो कुराहरुको आम खाँचो छ । त्यसैले यो नयाँ चुनौति पनि हो । योभित्र धुव्रिकरणको प्रक्रिया पनि छ भनेर बुझ्नुपर्ने हुन्छ ।

वैचारिक छलफल र बहस विना पार्टी बन्दै गर्दा कता–कता निश्चित उद्देश्य प्राप्तिका लागि लागेका गुटहरु हाबी हुने, गुटै गुटको समुहजस्तो पार्टी बन्ने जस्तो पनि देखियो । यसलाई कसरी हेर्ने ?

पार्टी वैचारिक रुपले निर्माण नहुँदा त्यस्तो समस्या आउँछ । आज नेकपाभित्र निकै गुटहरु निर्माण हुनुको पछाडि पनि यहि हो ।

गुट भनेको सत्ता हो । गुटहरु भनेको पार्टीभित्रका सत्ताहरु बीचको प्रतिस्पर्धा हो । त्यो गुटमा विचारको प्रतिस्पर्धाभन्दा सत्ताको प्रतिस्पर्धा हुन्छ । त्यसले पार्टीभित्र विचारको श्रेष्ठता कायम गर्ने प्रतिस्पर्धाभन्दा सत्ताको प्रतिस्पर्धालाई त्यसले प्रश्रय दिन्छ । सत्ताको प्रतिस्पर्धाले पार्टी आधारभूत सिद्धान्तमा स्खलनन् ल्याउँछ । त्यहाँ दण्डहिनता पैदा हुन्छ । ठिक र बेठिक छुट्याउनेभन्दा पनि सत्ताको प्रतिस्पर्धामा कसले श्रेष्ठता हाँसिल गर्ने भन्ने कुरा नै प्रमुख बन्छ । अनि त्यसकारण जब विचारको बहस नै भएको छैन् भने त्यसले नयाँ विचारको श्रेष्ठता हाँसिल गर्ने दिशामा फड्को मार्ने स्थिति हुँदैन् । र पुरानै कुरामा प्रतिस्पर्धाको बीच यो द्वन्द्व रुलमुलि रहने स्थिति हुन्छ ।

यस्तो अवस्थाले नेकपालाई कता लैजान्छ ? नेकपाको आगामी राजनीतिक अवस्था कस्तो रहला भन्ने लाग्छ ?

हामीले विचारको बहस, छलफल, अन्तरक्रियाबाट माक्र्सवादको सिर्जनात्मक स्वरुपका बारेमा निष्कर्ष निकाल्न सकेनौं भने त्यसको परिणाम पनि पुँजीवादी सत्ताको वरिपरि घुम्ने संसदवादी पार्टी बाहेक अरु केहि बन्दैन् । त्यसले अन्ततः एउटा पुँजीवादी सुधारवादी पार्टीको रुपमा मात्रै विकास गर्ने स्थिति बन्छ ।

अहिले विश्व परिस्थिति फरक ढंगले अगाडि बढेको छ । किनभने हामी आइसोलेटेट ढंगले अगाडि जान सक्दैनौं । अलग थलग भएर जान पनि सकिँदैन् । किनभने विश्व सञ्चार, विश्व अर्थ, विश्व सूचना प्रविधि, विश्वका घटनाहरुको प्रभाव यी सबै कुराहरुले कम्युनिष्ट पार्टी विसुद्ध सिन्द्धातको आधारबाट विसुद्धततालाई खोजेर जान सम्भव हुँदैन् ।

त्यही कारण नै माक्र्सवादमा विकासको कुरा गरिएको हो । विकासको कुरा गर्दाखेरि एउटा समयमा एउटा सापेक्षित कुरा ठिक हुन्थ्यो भने अर्को समयमा त्यहि कुरा अन्तरविरोधमा आउने परिवर्तनले त्यहि अर्को कुरा सापेक्षित रुपमा ठिक हुन जान्छ । समयको सापेक्षतामा कुनै कुरा सत्य भईदिन्छ भने कुनै कुरा असत्य भईदिन्छ । अहिलेको पार्टीको परिस्थितिलाई त्यहि ढंगले हेर्दा उपयुक्त हुन्छ ।

फेरि पनि हामी आशावादी हुन आवश्यक छ । हामीले माक्र्सवादका सार्वभौम सच्चाईलाई पक्रेर विचारको निर्माण गर्ने कुराहरुमा एकता, संघर्ष र रुपान्तरणको प्रक्रियालाई निरन्तर रुपमा अगाडि बढाउनु पर्दछ ।

फेरि पनि, नेकपाभित्रको पछिल्लो अवस्थालाई हेर्दा फुट र विभाजनतर्फ धकिलिए जस्तो पनि देखिन्छ । पछिल्ला घटनाहरुले निकै शंकाहरु पैदा गरेका छन् । यसलाई यहाँले कसरी हेर्नुभएको छ ?

त्यहाँभित्र केहि त्रुटी भएको कारण यी विषय यसरी बाहिर आएका हुन् । त्यहाँ विचारको क्षेत्रमा त्रुटी छ, सिद्धान्तको क्षेत्रमा त्रुटी छ, संगठनको क्षेत्रमा त्रुटी छ, सामाजिक परिस्थितिलाई बदल्ने कार्ययोजनामा त्रुटी छ । जसका कारण नै त्यो स्थिति देखा परेको हो । यो चुनौति हो, यसलाई सामना गर्न सक्नुपर्छ ।

अन्तरविरोधको भूमरीमा नपरेको कारण पनि कतिपयलाई अन्तरविरोध देखिने वित्तिकै पार्टी विभाजन वा फुटतर्फ जाने त होइन् भन्ने पनि लागेको छ । बुझ्नुपर्ने कुरा पार्टीभित्र सत्ता र शक्तिको लागि संघर्ष निरन्तर हुन्छ । सत्ताको प्रतिस्पर्धालाई विचारसँगको प्रतिस्पर्धासँग जोडियो भने त्यसले समाधान दिनसक्छ । तर अहिले नै फुटिहाल्छ भनेर निष्कर्ष निकाली हाल्नु गलत हुन्छ ।

हामीले विश्वकम्युनिष्ट आन्दोलनमा धेरै कुरा देखेका छौं । हामीले रुसी कम्युनिष्ट आन्दोलन र चिनियाँ कम्युनिष्ट आन्दोलनभित्रका अन्तरद्वन्द्वलाई पनि नियालेका छौं । अनि फुटेका पार्टीहरु आफ्ना गल्तीलाई स्वीकार गर्दै पुनः मिलेको पनि हामीले देखेका छौं ।

अबको नेकपा कता तिर जान्छ ? आम सुभेच्ुछक कार्यकर्ताले के भनेर बुझ्ने ?

यसको बुझाई फरक–फरक छ । वैचारिक धरातलबाट हेर्नेले एउटा ढंगले बुझ्छ, यसलाई तात्कालिक राजनीतिक ढंगले हेर्नेले अर्को ढंगबाट बुझ्छ । साथै आम नागरिकले कम्युनिष्ट पार्टीलाई कसरी हेरेका छन् भन्ने कुरा अलग छ । आम जनताले त्यसको सैद्धान्तिक पक्षको गहिराईमा हेर्दैन् । उसले दिने सामाजिक परिवर्तनमा तत्कालिक चिजहरु के दिन सक्छ भनेर हेर्छ । विचारको पक्षमा आउनेले मात्रै यहाँ भएको विचारको लडाईंलाई बुझ्छ ।

साथै अहिलेको अन्तरद्वन्द्वलाई वैचारिक रुपले हल गर्न सक्यौं भने पार्टी सुद्धिकरण र सुद्धिढिकरणको दिशातर्फ अगाडि जान्छ । गर्न सकेनौं भने सत्ता प्रतिस्पर्धाको दिशातर्फ जान्छ । फुट नै या विभाजनतर्फ जान्छ भनेर बुझ्नु गलत छ ।

जेठ ३ गते, २०७७ - १३:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top