Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

मदन आश्रित स्मृति दिवस : दासढुङ्गादेखि गोलाघाटसम्म पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

काठमाडौं । सत्ताइस वर्ष अघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनास्थल दासढुङ्गादेखि भण्डारीको शव भेटिएको गाजीपुर हुँदै गोलाघाटसम्मको क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ ।

विसं २०५० साल जेठ ३ गते हालको भरतपुर महानगरपालिका वडा नं २९ दासढुङ्गामा उहाँहरु चढेको जीप दुर्घटना हुँदा दुवैजनाको मृत्यु भएको थियो । आश्रितको शव त्रिशूली नदीमा दुर्घटनाग्रस्त जीपभित्र नै भेटिएको थियो भने भण्डारीको शव गाजीपुरमा भेटिएको थियो । सो ठाउँ पनि अहिले भरतपुर महानगरपालिका वडा नं १८ मा पर्छ ।

मदन भण्डारी फाउण्डेशन चितवनको संयोजन र वागमती प्रदेश सरकारको सहयोगमा दासढुङ्गादेखि गोलाघाटसम्म एकीकृत विकासको अवधारणा अघि सारिएको छ । फाउण्डेशनका अध्यक्ष डा तिलचन्द्र भट्टराईका अनुसार गुरुयोजना तयार भइसकेको छ भने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने क्रममा छ । केही दिनअघिमात्रै दासढुङ्गा क्षेत्रको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित प्राविधिक समूहले स्थलगत निरीक्षण गरेको थियो ।

गुरुयोजनाअनुसार दासढुङ्गामा हाल मदन–आश्रितको अर्धकदको शालिक भएको ठाउँभन्दा माथिको डाँडालाई पर्यटकीय आकर्षक केन्द्रविन्दु बनाइँदैछ । सो ठाउँमा यसअघि नै नेपाल सरकारले ३६ कट्ठा जग्गा खरिद गरिसकेको छ । थप नम्बरी ३३ कट्ठा र ऐलानी १८० कट्ठा खरिद गरी आवश्यक संरचना निर्माण गरिने योजना छ ।

भट्टराईका अनुसार सो ठाउँमा सङ्ग्रहालय, नीतिगत अनुसन्धान केन्द्र, तालिम केन्द्र, आवास भवन, कार्यालय भवन, चमेनागृहलगायत संरचनासँगै भिरालो सो क्षेत्रमा आकर्षक पार्क बनाइनेछ । जहाँबाट रमणीय त्रिशूली नदी, देवघाटलगायत क्षेत्र देख्न सकिन्छ ।

यसैगरी दासढुङ्गाबाट गोलाघाटसम्मको त्रिशूली र नारायणी नदी किनारको ४६ किलोमिटर भागलाई तटबन्धसहितको आकर्षक सडक निर्माण गरिँदैछ । गुरुयोजनाअनुसार नदी वारिपारि नै संरचना निर्माण गरिनेछ । देवघाट क्षेत्र विकास समितिसँग सहकार्य गरेर सो क्षेत्रलाई धार्मिक पर्यटनस्थलका रुपमा विकास गर्ने गरी संरचना बनाइनेछ ।

दियालो बङ्गाला क्षेत्रमा उद्यानसहित सांस्कृतिक केन्द्र निर्माण गरिनेछ । उनका अनुसार उद्योग वाणिज्य सङ्घ पछाडिको नारायणी किनारलाई हाल भइरहेको विकासमा थप सहयोग गर्ने योजना रहेको छ । यस्तै नगर वन क्षेत्रलाई पर्यटकीय पूर्वाधार निर्माण गरी विकास गरिनेछ । शिवघाट मन्दिर क्षेत्रको विकास गरिनेछ भने वन क्षेत्रलाई वनभोजस्थलका रुपमा विकास गरिँदैछ । भट्टराईले त्यस क्षेत्रमा घरबास निर्माणमा सहयोग गर्ने गरी काम अगाडि बढाइने बताए ।

गाजीपुर क्षेत्रमा मदन भण्डारी स्मृति पार्क, बायो डाइभरसिटी अनुसन्धान केन्द्र बन्नेछ भने भ्यू टावर निर्माणका क्रममा रहेको भट्टराईले बताए । यसअघि नै सो क्षेत्रमा केही संरचना बनिसकेका छन् । मदन भण्डारीको शव भेटिएकै ठाउँमा जस्तोरुपमा भेटिएको थियो त्यस्तैरुपमा प्रतिमूर्ति निर्माण गर्ने योजना रहेको छ । झोलुङ्गे पुलबाट प्रतिमूर्तिसम्म पुगेर अवलोकन गर्न सकिने गरी व्यवस्थापन गर्ने योजना छ ।

नारायणी र राप्ती नदीको सङ्गमस्थल गोलाघाटलाई रमणीय पर्यटकीय स्थलका रुपमा विकास गरिँदैछ । एक किलोमिटर वरबाट सवारी जान नमिल्ने गरी साना साना संरचना निर्माण गरेर पैदल हिँडेर प्राकृतिक सुन्दरता अवलोकन गर्ने स्थलका रुपमा विकास गर्ने योजना छ । सो ठाउँमा आन्तरिक र बाह्य पर्यटकले दुई÷तीन घण्टा समय रमाएरै बिताउन सक्ने गरी पूर्वाधार निर्माण गरिने उनी बताउछन् ।

हाल सोका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० गर्न प्रदेश सरकार र सङ्घीय सरकारसँग अनुरोध गरिएको छ । धेरै योजना भएकाले फरकफरक निकायबाट डिपिआर बन्ने काम अघि बढ्ने छन् । डिपिआर तयार भएपछि योजनाको छनोट गरी स्थानीय, प्रदेश र सङ्घीय सरकारले संरचनाको काम गर्ने उनले बताए। यस क्रममा देवघाट क्षेत्र विकास समिति, सामुदायिक वनका समिति, स्थानीय निकायसँग समन्वय र सहकार्य गरेर काम अघि बढाइनेछ ।

मदन–आश्रितको दुर्घटना हुँदा नेकपा (एमाले) चितवनका पार्टी प्रमुख (सचिव) रहेका हालका प्रदेशसभा सदस्य विजय सुवेदी संरचना निर्माण गर्दा प्रतिफल आउने गरी काम गरिने बताउछन्। पहिलो चरणमा दासढुङ्गा र गाजीपुरमा अध्ययन केन्द्रसहितको संरचना बन्ने भन्दै उनले अन्य संरचना जनहितमा हुने गरी निर्माण गरिने बताए । विस्तृत अध्ययन प्रतिवेदनपछि यकिन लागत खर्च आउने भए पनि दीर्घकालीनरुपमा अरबौँ खर्च हुने उनले बताए । यसले नेपालको पर्यटन विकासमा महत्वपूर्ण योगदान दिने सुवेदीको तर्क छ ।

लकडाउनमा पनि सम्झियो मदन–आश्रितलाई

लकडाउनको समय भए पनि मदन–आश्रितलाई नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० चितवनले सम्झिएको छ । ठूलो सङ्ख्या र भीडभाड गर्न नमिल्ने भएपछि आज बिहान दासढुङ्गामा सीमित उपस्थितमा श्रद्धाञ्जलिसभा सम्पन्न भएको छ । सो अवसरमा जिल्ला इन्चार्ज कृष्ण खनाल र जिल्ला अध्यक्ष यमबहादुर परियारले उहाँहरुको स्मरण गर्दै देखाएको बाटोमा पार्टी अघि बढिरहेको बताउनुभयो । विगतका वर्षमा पार्टीले आज सो ठाउँमा स्मृतिसभा गर्ने गथ्र्यो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies