


९४ प्रतिशतलाई आधारभूत खानेपानी उपलब्ध गराइने


-
रासस
-
जेठ २ गते, २०७७ - २१:२४

काठमाडौ । आगामी आर्थिक वर्षमा ९४ प्रतिशत जनसङ्ख्यालाई आधारभूतस्तरको खानेपानी सेवा उपलब्ध गराइने लक्ष्य राखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा आज प्रस्तुत गरेको सरकारको आगामी आवको नीति तथा कार्यक्रममा आगामी तीन वर्षमा सङ्घ, प्रदेश र स्थानीय तहको सहलगानीमा सबै घरमा खानेपानी सेवा पुर्याइने उल्लेख गरिन् ।
मेलम्ची खानेपानी आयोजनाबाट छिट्टै काठमाडौँमा पानी ल्याउने गरी कार्यान्वयनलाई तीव्रता दिइएको छ । आगामी आवसम्म यस आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिने भएको छ । पहिलो चरणको निर्माण सम्पन्न गरेसँगै याङ्ग्री र लार्के खोलाबाट थप पानी ल्याउने गरी दोस्रो चरणको निर्माण शुरु गरिनेछ ।
सरकारले शुद्ध खानेपानीको आपूर्तिलाई दीगो बनाउन महाकाली, कर्णाली, बबई, कोशीलगायतका नदीमा आधारित थोक वितरण प्रणाली तथा जलाशयपूर्ण खानेपानी आयोजनाको विस्तृत अध्ययन गरी कार्यान्वयनमा ल्याउने योजना बनाएको छ ।
ढल निर्माणतर्फ, तराई–मधेश क्षेत्रका २० जिल्लामा ४११ किमी ढल निर्माण गरिने भएको छ । सरसफाइका लागि चेतनामूलक कार्यक्रमका साथै विशेष कार्यक्रम सञ्चालन गरिनेछ । मुख्य मुख्य शहरहरु र शहरोन्मुख क्षेत्रहरुमा ढल निर्माण र फोहर प्रशोधन र सञ्चालन कार्यक्रम गरिने भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
इजरायलमा पुन : लकडाउन हुने
जेरुसेलम । कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन सुरु गरिने...ब्रोकर कमिसन घटाउँदै बोर्ड
काठमाडौ । धितोपत्र बजारको नियामक निकायका रुपमा रहेको नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर...प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : महासचिव पौडेल
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनःस्थापना...सेती भिरबाट लरी खस्दा तीन जनाको मृत्यु
नवलपुर । कालीगण्डकी करिडोरमा पर्ने सेती भिरमा लरी प्लेटफार्म टेलर (ट्रक) दुर्घटना हुँदा चालकसहित...अत्यावश्यकबाहेकका सेवा एक साता स्थगित
कास्की । पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्र्ने अत्यावश्यकबाहेकका सेवा एक साता स्थगन गरिएको...झापामा दुई कोरोना सङ्क्रमितको मृत्यु
बनियानी । झापामा आज कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । गौरादह–८ का ६३ वर्षीय पुरुषको...विमानस्थलको क्षमता विस्तार गर्न एडिबीको १७ अर्ब ऋण
काठमाडौ । एशियाली विकास बैंक (एडिबी)ले नेपालका दुई प्रमुख अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारका...राष्ट्रपतिका उम्मेदवार पक्राउपछि युगान्डामा हिंसात्मक प्रदर्शन, सात जनाको मृत्यु
कम्पाला । युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि बुधबार युगान्डाको राजधानी...मास्क नलगाउनेलाई दुई हजार जरिवाना हुने
नयाँदिल्ली । भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क...आज गण्डकीमा एक सय ४० सङ्क्रमित, चार जनाको मृत्यु
गण्डकी । गण्डकी प्रदेशमा आज १४० जना कोरोना सङ्क्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ । मृत्यु...

प्रतिकृया लेख्नुहोस्:
- जलविद्युत् लगानी कम्पनीद्वारा नौ वर्षमा १० अर्ब ८८ करोड ऋण लगानी
- अब चिसोका कारण अनाहकमा कसैले पनि ज्यान गुमाउन पर्ने छैन : मन्त्री श्रेष्ठ
- तङ्ग्रिदै पोखराको पर्यटन
- संसद विघटन विरुद्ध सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्न देउवाको आग्रह
- मजदूरलाई घाटाको भागीदार बनाउँछन् ठेकेदार, पाँच महिनादेखि ज्याला नदिएपछि आन्दोलनमा