


राष्ट्रपतिको आगमनमा प्रयोग गरिने बग्गीको रौनक यस पटक देखिएन


-
-
जेठ २ गते, २०७७ - १७:४६

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने स्थल नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन आउँदा राष्ट्रपतिको आगमनमा प्रयोग गरिँदै आएको बग्गी (रिसल्ला) को रौनक यस पटक देखिएन ।
कोभिड–१९ को जोखिमलाई न्यून गर्न सामाजिक दूरी कायम गरी कार्यक्रमलाई चुस्त तुल्याउने सन्दर्भमा यस पटक कार्यक्रममा आमन्त्रित व्यक्तिको सङ्ख्या पनि उल्लेखनीयरुपमा कटौती गरिएको थियो । सामाजिक दूरी कायम गर्ने सन्दर्भमा केही सांसदलाई सभाहलको बाल्कोनीअर्थात अघिपछि विशिष्ट पाहुना, पत्रकार, दर्शकका लागि प्रयोग हँुदै आएको स्थानमा व्यवस्थापन गरिएको थियो ।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट दुवै सदन अर्थात ९प्रतिनिधिसभा र राष्ट्रियसभा०को संयुक्त बैठकलाई सम्बोधन गर्ने परम्परा छ । बाल्कोनीमा उपराष्ट्रपति, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, प्रधानसेनापति र नेपाल सरकारका सचिवका लागि बस्ने कुर्सीको व्यवस्था मिलाइएको थियो ।
नेपालको राष्ट्रिय झण्डा र ध्वजापतकाले कार्यक्रमस्थललाई सिङ्गारिएर झकिझकाउ तुल्याइएको थियो । मुख्य कार्यक्रम सञ्चालन हुँदा सञ्चालनमा ल्याइने फोहरा नजिक तस्वीर खिच्न त्यहा पुगेका फोटो पत्रकार व्यस्त देखिन्थे । उक्त भवनको ल्होत्से हलमा सञ्चारकर्मी र सुरक्षाकर्मीले राष्ट्रपतिको सम्बोधन सुन्न र हेर्न सकिने व्यवस्था मिलाइएको थियो ।
कोभिड– १९ कै कारण यस पटक नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिलाई कार्यक्रममा बोलाइएन । राष्ट्रपतिबाट सम्वोधन भइरहदाँ कतिपय सांसदले टेबुलबाट समर्थन जनाउनुभएको देखिन्थ्यो । अघिल्ला वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने दिनको तुलनामा निकै थोरै व्यक्ति संसद् भवनमा पुगेका थिए ।
सभाहल प्रवेशका लागि पिसिआर परीक्षण नतिजालाई अनिवार्य गरिएको थियो । सदनमा प्रवेश गर्नुअघि साबुनपानीले मिचिमिची हातधुने, स्यानेटाइजरको प्रयोग गर्ने र तापक्रम लिने कार्यमा सांसद पङ्क्तिबद्ध देखिन्थे। संसद्को बर्खे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक तथा कानूनी व्यवस्था छ ।
नेपाल टेलिभिजनलगायतका टेलिभिजन च्यानल र अन्य विद्युतीय सञ्चारमाध्यमले राष्ट्रपतिको सम्बोधनको प्रत्यक्ष प्रसारण गरेका थिए । कोभिड– १९ को प्रभाव विश्वव्यापी भइरहेको बेलामा संवैधानिक बाध्यताकाकारण संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत भएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
तनहुँ जलविद्युत् आयोजना : प्याकेज २ मा एक अर्ब खर्च
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको...वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाउन सभापति देउवाको आग्रह
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले छ हजार...फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गर्नुपर्दछ : मुख्यमन्त्री पौडेल
हेटाैडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गरिने...प्रधानमन्त्रीको भाषणबारे न्यायाधीशले भने : तपाईं प्रभावित हुुनुहुन्न भने हामीपनि हुन्नौं
काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा प्रभावित हुनेगरी प्रधानमन्त्री केपी...ओखलढुङ्गामा मध्यावधि निर्वाचनको तयारी थालियो
ओखलढुङ्गा । यहाँ मध्यावधि निर्वाचनको तयारी थालिएको छ । सरकारले पुस ५ गते सङ्घीय संसद् विघटन गरी आगामी...प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएको तीन मिनेटमै स्थगित
विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको...भारतले अनुदानमा दियो १० लाख डोज कोरोना भ्याक्सिन, भोलि नेपाल आइपुग्ने
काठमाडौं । भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप दिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या...९५ वर्षीय बरिष्ठ अधिवक्ताले भने: प्रधानमन्त्री र उनको पार्टीको लडाइँमा संसद मिचियो
काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।आज...भारतले आजदेखि नेपालसहित ६ वटा देशलाई अनुदान खोप दिदै
काठमाडौं । भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको...खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई...
