Khabar Dabali Logo
  January 19, Tue

अतिविपन्न ३५ जना अपाङ्गता भएकालाई राहत

जुम्ला । लकडाउनको समयमा जुम्लाका अतिविपन्न ३५ जना अपाङ्गता भएकालाई राहत वितरण गरिएको छ ।

सिबिएम नेपालको सहयोगमा आइएनएफ तथा अपाङ्ग पुनःस्थापन तथा विकास केन्द्रले सञ्चालन गरेको सवलता परियोजनाअन्तर्गत दृष्टिविहीन, ह्विलचेयर र शारीरिक अपाङ्गता भएका अतिअशक्तलाई चामल, दाल, तेल, दुई नुन र आठ डिटोल साबुन वितरण गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पातारासीमा–१३, चन्दननाथमा १४, तातोपानीमा तीन, सिञ्जामा एक र तिलाका एकजनालाई राहत दिइएको छ ।

परियोजना सुपरभाइजर गङ्गा देवानका अनुसार खाना अभाव भएका ती व्यक्तिको तथ्याङ्क सङ्कलन गरी स्थानीय वडा कार्यालयको समन्वयमा सहयोग गरिएको हो । अति आवश्यक व्यक्तिलाई राहत दिएपछि सानो भए पनि राहत गुणस्तरीय र राम्रो भएको पातारासी गाउँपालिका– ४ का अध्यक्ष कालीबहादुर बुढाले जानकारी दिए ।

केन्द्रका अध्यक्ष नन्दराज धितालले स्थानीय सरकारले तथ्याङ्क सङ्कलन गरेर राहत र जीविकोपार्जनमा सहयोग पुर्याउनुपर्नेमा जोड दिए । राहत पाएपछि अपाङ्गता भएका व्यक्ति खुशी भएका छन् । चन्दननाथ नगरपालिका–९ का पशुपति शाहीले खुशी व्यक्त गरे ।

जेठ २ गते, २०७७ - १३:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेउ हटाएर रानीपोखरीलाई थप सुन्दर बनाईदैँ

काठमाडौँ । काडमाडौँ महानगरपालिकाले रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउन थालेको छ । पुनःनिर्माणपछि...   

गाउँपालिकाद्वारा घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था...   

माघ १५ बाट सिमकोटका विद्यालय सञ्चालनमा आउने

सिमकोट । कोरोना महामारीले बन्द रहेका सिमकोट गाउँपालिकाभित्रका भित्रका विद्यालय यही माघ १५ गतेबाट...   
काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा शुरु

काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा शुरु

काठमाडौँ । काठमाडौँबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा शुरुआत भएको छ । देशदर्शन बससेवा प्रालिले...   

प्रेस सङ्गठनको भेला माघ ८ गते काठमाडौँमा गर्ने निर्णय

काठमाडौँ । प्रेस सङ्गठन नेपाल केन्द्रीय कमिटीको आज सम्पन्न उपलब्ध सदस्यको बैठकले दोस्रो राष्ट्रिय...   

बेलायतका राजदूतमा रेग्मी नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य...   

स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी

गण्डकी । हिमाल पारिको जिल्ला मुस्ताङका किसान यतिखेर स्याउको कलमीमा जुटेका छन् । हिमाली क्षेत्रमा...   

नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि

काठमाडौँ । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया...   

स्थानीय तहमा वित्तीय पहुँच पुग्दै

बझाङ । बझाङ जिल्लाको एक स्थानीय तह बाहेक बाँकी सबै ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशका...   

वन सुधार गर्न प्राविधिकको माग

काठमाडौँ । पछिल्लो समय निकै विवादमा रहेको वैज्ञानिक वन परिमार्जन अर्थात् सुधार गरी लागू गर्न वन प्राविधिकले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top