


बैतडी पठाएका चिकित्सक तीन हप्तामै फर्किए


-
-
बैशाख ३१ गते, २०७७ - ०८:५८

बैतडी । कोरोनाको उपचार सहयोग पुर्याउनका लागि सङ्घीय सरकारले बैतडीमा पठाएका तीन चिकित्सक २२ दिनपछि मङ्गलबार फिर्ता भएका छन् । सङ्घीय सरकारले ३३ चिकित्सकलाई सुदूरपश्चिममा खटाएसँगै वैशाख ७ गते तीन चिकित्सक बैतडी पुगेका थिए ।
इन्टरनल मेडिसिन डा विकास साहनी, डा. डिभान्स शाह र अर्थोपेडिक डा प्रकाश दर्जी बैतडीबाट फिर्ता भएका जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताए । बाईस दिनसम्म जिल्ला अस्पतालमा बसेर उनीहरुले कोरोनासम्बन्धी सचेतनाका साथै अन्य सेवा दिएको डा जोशीको भनाइ छ ।
चिकित्सक जिल्लामा रहँदा लकडाउनका बेला धेरै नागरिक समस्यामा परेका र उनीहरुलाई सेवा दिन सहज भएको डा जोशीले बताए । “मधुमेह, हड्डी भाँच्चिएकोलगायतका सेवा दिए, उनले भने, “सामान्य समस्या पर्दा पनि बाहिर पठाउनुपथ्र्यो, उनी जिल्लामा हुँदा निकै सहज भयो ।”
सुदूरपश्चिममा यसअघि पाँच जनामा कोरोना सङ्क्रमण देखिएको भए पनि सबै उपचारपछि घर पर्किसकेका छन् । सुदूरपश्चिममा कोरोनाको सङ्क्रमण देखा परेपछि सङ्घीय सरकारले यहाँ चिकित्सक पठाएको हो । जिल्ला अस्पताल बैतडीमा तीन चिकित्सकको दरबन्दी भए पनि अहिले दरबन्दीका एक जना पनि कार्यरत छैनन् । करारका दुईमध्ये एक जनाको अवधि सकिएको र आफू एक्लै कार्यरत रहेको डा जोशीले बताए ।
जिल्ला अस्पतालमा एक नवौँ तह र दुई आठौँ तहका चिकित्सकको दरबन्दी भएपनि ती सबै दरबन्दी खाली छन् । जिल्ला अस्पतालमा दरबन्दीका चिकित्सक नहुँदा समस्या हुँदै आएको छ । गएको सात महिनायता जिल्ला अस्पताल दरबन्दीका चिकित्सकविहीन बनेको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सन् २०२० मा साउदी अरबमा मृत्युदण्डका घटनामा कमी
रियाद । सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् । एक...उखु किसानले सबै रकम भुक्तानी पाएनन् : भुक्तानी नभए आन्दोलन
काठमाडौँ । सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी...दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप
काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि
काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो...सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा...ठुलोभर्याङ्गबाट एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ
काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु
राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१...आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु
सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना...सुडान झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते
खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...
