काठमाडौ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सदस्यहरुले भारतीय सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन सरकारसँग माग गरेका छन् । सीमा क्षेत्रमा भोकभोकै बस्नुपर्ने अवस्था आएको भन्दै नेकपामा सांसदहरुले तत्काल उद्धार गरी उनीहरुको उचित व्यवस्थापन गर्न आग्रह गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद, पूर्वमन्त्री जनार्दन शर्माले सीमा क्षेत्रमा नेपाली अपलत्र परेको भन्दै स्वदेश ल्याउने वातावरण तयार पार्न सरकारसँग आग्रह गरे । नेकपाका अर्का सांसद झपटबहादुर रावलले सीमापारि जोखिम मोलेर नेपाली बस्न बाध्य भएको भन्दै उनीहरुलाई फिर्ता ल्याउन आग्रह गरे । रावलले भने, “भोकाएर अलपत्र परेर बसिरहेको भन्ने जानकारीमा आएको छ, उनीहरुका बारेमा गम्भीर हुनुपर्छ, सरकारले चाँडै कदम चालोस् ।”
नेकपाकै अर्का सांसद वृजेशकुमार गुप्ताले कोरोनाका कारण सीमा क्षेत्रमा अलपत्र अवस्थामा नेपाली बसिरहनु दुःखद भएको बताए । उनीहरुलाई भारतले समेत धपाइरहेकाले अवस्था गम्भीर बनेर भन्दै तत्काल स्वदेश ल्याउनुपर्ने आवश्यकता औँल्याए। सांसद महेश्वरजङ गहतराजले भारतले आफ्नो क्षेत्रबाट क्वारेन्टाइन हटाइसकेको जिकिर गर्दै धेरै नेपाली सीमामा अड्किएर बसेको बताए । अर्का सांसद लक्ष्मीकुमारी चौधरीले सुत्केरी, महिला, अशक्त, गर्भवती तथा किरियापुत्रीसमेत सीमा क्षेत्रमा अलपत्र परेको भन्दै उद्धार गरी स्वदेश ल्याउन माग गरे ।
यस विषयमा राज्य व्यवस्था तथा सुशासन समितिले यसअघि दिइएको निर्देशन पालना गर्न सरकारलाई पुनः आग्रह गरेको छ । सोही क्रममा नेपाल र भारतले पनि सीमावर्ती क्षेत्रमा क्वारेन्टाइन बनाएर अलपत्र परेकालाई व्यवस्थापन गर्दै आएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: