


महिलाका लागि छुट्टै नापको पीपीई अत्यावश्यक


-
-
बैशाख २८ गते, २०७७ - १९:०९

एजेन्सी । व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को संरचना र आकार महिला र पुरुष दुवैलाई भनेर बनाइएको भनिए पनि धेरैजसो महिलालाई प्रयोग गर्न सहज नभएको पाइएको छ।
कोभिड-१९ को उपचारमा खटिने व्यक्तिहरूलाई सङ्क्रमणबाट जोगिनका लागि पीपीई अत्यावश्यक पर्छ।
ती सामग्री “महिलारपुरुष दुवैलाई” जोगाउनका लागि नमुना तयार गरिएको बताइन्छ। यद्यपि स्वास्थ्य सेवामा काम गर्नेहरूले भने सानो आकारका पीपीईहरू पनि केही महिलाका लागि धेरै ठूलो हुने गरेको बताइरहेका छन्।
सन् २०१८ को ब्रिटेनको स्वास्थ्य निकाय एनएचएसको तथ्याङ्क हेर्दा एनएचएसमा काम गर्नेमध्ये ७७ प्रतिशत महिलाहरू छन्। पीपीई एकदमै ठूलो छ भने भाइरसबाट पूर्णतया जोगाउनका लागि यो कम प्रभावकारी हुनसक्छ।
‘पीपीईको नमुना महिलापुरुष दुवैलाई हुने गरी बनाइएको हो र यसले दुवैलाई भाइरसको सङ्क्रमण हुनबाट जोगाउँछ। केही उत्पादन फरकफरक नापमा बनाइएको छ ताकि साना ठूला दुवै आकारका मानिसलाई मिलोस्,’ एउटा विज्ञप्तिमा ब्रिटेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
तर रोएल कलेज अफ नर्सिङले “सबैका लागि एउटै नाप” मा निकालिएका पीपीईलाई समस्याकारी र प्रतिबन्धात्मक भनी व्याख्या गरेको छ।
काममा खटिएका बेला त्यस्ता पीपीई १२ घण्टासम्म पनि लगाउनुपर्ने हुनसक्छ। पीपीईमा पन्जा, मास्क, गाउन र मुख ढाक्ने हेल्मेट पर्छन्।
‘यदि यस्ता सामग्री असहज भए भने नर्सहरूले गर्मी र अस्वस्थ महसुस गर्छन् र बिरामीहरूलाई जाँच्न उनीहरूलाई एकदमै अप्ठ्यारो हुन्छ, सङ्क्रमण रोकथाम र नियन्त्रण क्षेत्रकी प्रमुख रोज ग्यालहरले भनिन्।
एनएचएसमा काम गर्ने केही महिलाहरूले पीपीई लगाउँदा आफ्नो शरीरमा एकदमै नमिलेको देखिएका केही तस्बिर सामाजिक सञ्जालमा राखेका छन्।
दुईवटा मात्रै आकारमा अरू के हुन्छ ?
स्ट्यान्फर्ड विश्वविद्यालयको चिकित्सा विभागसँग आबद्ध अध्येता डा। स्यालस अर्ग्याभन अहिले न्यूयोर्कस्थित अस्पतालको सघन उपचार कक्षमा काम गरिरहेकी छन्।
एन९५ मास्क दुईवटा आकारमा मात्र छ जुन एकदमै विचित्रको कुरा हो,’ उनले भनिन्।
‘दुईवटा आकारका मात्रै पाइने अरू केही छ ? यसको मतलब त यो भयो कि संसारमा दुईवटआकारका मात्रै अनुहारहरू छन्।’
डा। स्यालस आफूलाई सानो आकारको मास्क ठिक हुने तर त्यो पाउन एकदमै मुस्किल हुने बताउँछिन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको अपहेलना मुद्दा दर्ता भएको छ। कानुन व्यवसायीहरूको...लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष प्रचण्डको अठोट
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले...भारतसँगको सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग
सर्लाही । भारतसँग खुला सिमाना रहेका तराईका जिल्लाहरुको सीमानाका लामो समयदेखि नखुल्दा स्थानीयवासी...एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनबाट सङ्घको संशोधित विधान र आर्थिक प्रतिवेदन...अध्यक्ष प्रचण्डका राजनीतिक गुरुको निधन
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक...११ हजार ७८० खोप कर्णाली प्रदेश आइपुग्यो, भोलीबाट लगाउन शुरु
कर्णाली । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश...बामदेब गौतमले भने – जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा जान्छु
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार...शैक्षिक सत्र जेठसम्म लम्ब्याउने तयारी
काठमाडौं । कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक...आयोगको निर्णयपछि उपाध्यक्ष गौतमले भने: अब म दुवै समूहलाई एकतामा ल्याउँछु
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार...शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार वाग्लेले भने: अब तेस्रो जनआन्दोलन सुरु भयो
काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरुद्ध नागरिक आन्दोलन भइरहेको बेला प्रहरीले हस्तक्षेप गरेकोे छ...
