Khabar Dabali Logo
  January 22, Fri

सिंहदरबारको अधिकार घरमा आएको अनुभूति गर्दै ज्येष्ठ नागरिक

कास्की । पोखरा महानगरपालिका–२० भलामका ७० वर्षीय रेवतीविलास पौडेलले यतिखेर सिंहदरबारको अधिकार घरमै आएको अनुभूति गरेका छन्। मुटु र मिर्गौला रोगको लामो समयदेखि औषधि सेवन गर्दै आएका ७० वर्षीय पौडेलले दुःख परेको बेला आवश्यक औषधि घरमै आएपछि अधिकार प्राप्त भएको अनुभूति गरेको हो ।

उच्च रक्तचाप र दमको रोगबाट पीडित पोखरा महानगरपालिकाको कर्णालीका रूपमा परिचित वडा नं २० कै मौजाकी ८१ वर्षीया दिलशोभा गुरुङले भने, “औषधि सकिएर चिन्तामा परेको अवस्थामा हातमै औषधि पाएपछि बाँच्ने आशा पलायो ।” मधुमेह, उच्च रक्तचापलगायका विभिन्न छ थरिका औषधि दैनिक प्रयोग गर्दै आएका स्थानीय समाजसेवी ७० वर्षीय तेजबहाुर गुरुङ र मुटुरोगीसमेत रहनुभएकी मनकुमारी पौडेलले निःशुल्क औषधि पाएपछि खुशी व्यक्त गरे।

कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न सरकारले गरेको बन्दाबन्दीका कारण औषधि सकिएको बेलामा जनप्रतिनिधि घरघरै पुगेर हातहातमा औषधि बाँडेपछि उनीहरुमा खुशीयाली छाएको हो । बन्दाबन्दीको अवधि लम्ब्याउँदै गएपछि पोखरा महानगरपालिका–२० का जनप्रतिनिधिले वडाभित्रका उच्च रक्तचाप, मधुमेह, मुटुरोग, मानसिक समस्या, दम तथा थाइराइडलगायतका रोगको नियमित औषधि सेवन गर्ने ४४५ जनालाई निःशुल्क औषधि वितरण गरिएको वडाध्यक्ष सिमबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार वडास्तरबाट स्वास्थ्य क्षेत्रमा छुट्याएको रकममा केही थप गरी राहतस्वरुप पहिलो चरणमा रु दुई लाख ५० हजार बराबरको औषधि वितरण गरिएको हो । बन्दाबन्दीका कारण विकट ग्रामीण भेगमा बसोबास गर्ने बिरामी पोखरा बजारसम्म आउन समस्या झेल्नुपर्ने र बजार आए पनि औषधि नपाउने समस्या भएको देखिएकाले बुबाआमालाई घरघरमा पुगेर हातहातमा औषधि वितरण गरेको उनले जानकारी दिए।

वडा सदस्य भीमप्रसाद बाँस्तोलाका अनुसार आफूहरु वडावासीको दुःखसुखमा साथ दिनका लागि जनप्रतिनिधि भएको भन्दै वडाबाट प्रदान गरिने सेवासुविधा सबैलाई समानरूपमा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

वडाभित्र दैनिक औषधि सेवन गर्ने सम्पूर्ण दीर्घरोगीको तथ्याङ्क तयार गरेर सोहीअनुसारका खरिद गरी औषधि प्रत्येक ज्येष्ठ नागरिकको घरमै पुगेर वितरण गरेको बताउँदे उनले भने, “छुटपुट भएका १५ बिरामीको पनि लगत तयार गरिएको छ, निकट भविष्यमा औषधि वितरण गर्ने तयारी भइरहेको छ ।”

बैशाख २८ गते, २०७७ - ११:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजधानीको शङ्खरापुरमा एक विद्यालय एक योग शिक्षक

काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिकाले राष्ट्रिय योग दिवसका अवसरमा साताव्यापी...   

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले दुई गैँडा मरेका छन् । निकुञ्जको पुरानो पदमपुरस्थित...   

बर्दीमै तास खेल्ने १४ प्रहरीलाई कारवाही

सर्लाही । सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई...   

टी–१० क्रिकेट लिग खेल्न पारस, कुशल र करण युएईतर्फ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब...   

भोलिदेखि सप्ताहव्यापी शहीद दिवस

काठमाडौं । विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले भोलि (माघ १०) देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा...   

वाग्मती प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुने

वाग्मती । वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको प्रदेशसभा...   

वाग्मती प्रदेशका तीन प्रहरी कर्मचारी निलम्बनमा

वागमती । सवारी चालकसँग घुस रकम लिने तीन जना प्रहरी कर्मचारीलाई पछिल्लो पटक वाग्मती प्रदेश प्रहरी कार्यालय...   
आन्दोलनका विषयमा फैलाइएका कुनै पनि भ्रममा नपर्न प्रचण्ड–नेपाल समूहको अपिल

आन्दोलनका विषयमा फैलाइएका कुनै पनि भ्रममा नपर्न प्रचण्ड–नेपाल समूहको अपिल

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्षमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल...   

नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब

काठमाडाै‌ । धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । लगातार उकालो लाग्दै...   

ओलीलाई लगाइएका अभियोगपत्र फिर्ता लिएमा पार्टी एकता हुन्छ : पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं नेकपाका महासचिव महासचिव विष्णुप्रसाद...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top