Khabar Dabali Logo
  January 28, Thu

भारतमा १३ जनाको ज्यान जाने गरी चुहिएको स्टाइरिन ग्यास के हो ?

काठमाडौं । भारतको आन्द्र प्रदेश राज्यस्थित विशाखापटनमा एउटा रासायनिक ग्यास चुहिँदा १३ जना मानिसको ज्यान गएको छ भने ३ सय भन्दा मानिसहरु अस्पताल भर्ना भएका छन् ।

ग्यासको मुस्लो ३ किलोमिटर आसपाससम्म फैलिएपछि मानिसहरु घरबाट बाहिर निस्केर भागेका थिए । भारतीय अधिकारीहरुका अनुसार मासिहरुलाई सुरक्षित स्थानहरुमा सारिएको छ भने उनीहरुलाई चिसो कपडाले मुख छोप्न भनिएको छ ।

यो ग्यासले मानिसहरुलाई आँखा पोल्ने र सास फेर्न गाह्रो हुने भएको थियो । ८० जनाभन्दा बढी मासिहरु गम्भिर छन् र उनीहरुलाई भ्यान्टिलेटरमा राखिएको छ ।

पोलिमर फ्याक्ट्रिमा फ्रिजभित्र राखिएको ग्यास चुहिएको बताइएको छ ।

स्टाइरिन भनेको के हो र त्यसले मान्छेलाई कस्तो असर गर्छ?

  • स्टाइरिन ग्यास रङ्विहीन अथवा हल्का पहेँलो हुन्छ। यो प्रज्ज्वलनशील हुन्छ। पोलिस्टिरिन प्लास्टिक र रेजिन बनाउन प्रयोग गरिन्छ। यी तत्वबाट खानेकुरा राख्ने भाँडाहरू, सामान पोको पार्न आवश्यक प्लाष्टिक, कृत्रिम मार्बल, भुईँमा ओच्छ्याउने बस्तु, फर्निचर लगायत बनाउन सकिन्छ।
  • स्टाइरिनयुक्त हावामा श्वासप्रश्वास गर्दा नाक र घाँटीमा खसखस हुने, खोकी लाग्ने दम आउने र फोक्सोमा पानी जम्न सक्छ।
  • यदि स्टाइरिनको मात्रा बढी भयो भने ‘स्टाइरिन बिमार’ हुन सक्छ जसमा टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता आउने, कमजोरी महसुस हुने थकाइ लाग्ने अचेत जस्तो हुने हुन्छ।
  • केहीलाई मुटुको चालमा अनियमितता हुन सक्छ र बेहोस पनि हुन सक्छ।
  • केही अध्ययनले स्टाइरिन र रक्त क्यान्सरबीच सम्बन्ध हुनसक्ने जनाएका छन् तर त्यसको प्रमाणित अध्ययन निष्कर्षमा पुगेको छैन।

बैशाख २६ गते, २०७७ - ०८:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...   

सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...   

ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...   

बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...   

आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै

काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...   
ओली प्रवृतिसँग आज लड्ने कि भोली !

ओली प्रवृतिसँग आज लड्ने कि भोली !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...   

के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...   

सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...   

सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top