Khabar Dabali Logo
  January 20, Wed

ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छ : अध्यक्ष प्रचण्ड

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढुक्कसँग संसद् बैठक बस्न सक्ने वातावरण बनेको प्रतिक्रिया दिएका छन् । संसद्को वर्षे अधिवेशनको पूर्वसन्ध्यामा आज बानेश्वरस्थित संसद् भवनको निरीक्षण तथा कोभिड–१९ परीक्षणका लागि स्वाब नमूना दिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले बैठक हललाई निर्मलीकरण गर्ने प्रक्रिया सम्पन्न भएको जानकारी पाएको बताए ।

निकै राम्रो ढङ्गबाट बैठक सञ्चालन गर्ने तयारी भइरहेको आफूले पाएको अध्यक्ष दाहालको भनाइ थियो । “बैठक सञ्चालनबारे संसद् सचिवालयको तयारीसम्बन्धी ब्रिफिङ पनि सुनेँ”, पूर्वप्रधानमन्त्री दाहालले भने, “पहिला एक सिट छाडेर बस्ने भन्ने थियो, अहिले दुई सिट छाडेर बस्ने भन्ने भएको छ ।” उनले प्रधानमन्त्रीका लागि दुई वटा लाइन नै छाडेर बस्ने तयारी गरिएको जानकारी दिए । बैठक कक्षको बालकोनीमा पनि बस्ने ढङ्गबाट अगाडि बढेको छ ।

एक/दुई दिनमै बैठक बोलाउँछौँ

फरक प्रसङ्गमा अध्यक्ष प्रचण्ड’ले गृहकार्य नपुगेका कारण स्थायी कमिटी बैठक बस्न नसकेको बताए । प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेर एक÷दुई दिनभित्रै बैठक बोलाउने उनले जानकारी दिए । यसैबीच, स्थायी कमिटीको बैठकलगायतका विषयमा नेकपाका केही स्थायी कमिटी सदस्यले आज पार्टी कार्यालय धुम्रबाराहीमा अनौपचारिक छलफल गरेको बुझिएको छ ।

बैशाख २५ गते, २०७७ - २२:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सन् २०२० मा साउदी अरबमा मृत्युदण्डका घटनामा कमी

रियाद । सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् । एक...   

उखु किसानले सबै रकम भुक्तानी पाएनन् : भुक्तानी नभए आन्दोलन

काठमाडौँ । सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी...   
दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप

दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप

काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...   

आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि

काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो...   

सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा...   

ठुलोभर्याङ्गबाट एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...   

एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु

राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१...   

आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु

सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना...   

सुडान झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते

खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...   

राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top