


कोरोना निस्तेज पार्न ‘एन्टिबडी’ ले जगाएको आशा


-
-
बैशाख २५ गते, २०७७ - ०७:५५

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई जित्न सक्ने ‘मोनोक्लोनल एन्टिबडी’ (एन्टिबडी ४७ डि११) वैज्ञानिकहरूले प्रयोगशालामा तयार पारेका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – यसको सहयोगबाट कोरोनाको उपचार हुने तथा महामारी फैलनबाट रोकिने उनीहरूको अपेक्षा छ ।
मोनोक्लोनल एन्टिबडी प्रयोगशालामा सिर्जना गरिने त्यस्तो प्रोटिन हो, जसले शरीरभित्रका भाइरस र ब्याक्टेरियासँग लड्न सक्ने अन्य प्रोटिन पैदा गर्छ ।
नेदरल्यान्ड्सस्थित युट्रेच विश्वविद्यालयको प्रयोगशालामा गरिएकोे ‘सेल कल्चर’ परीक्षणमा उक्त एन्टिबडीले कोरोना भाइरसलाई मत्थर पार्न सफल भएको छ । उक्त एन्टिबडी कोरोना संक्रमणको उपचारका लागि उपयोगी साबित हुन सक्ने आशा वैज्ञानिकहरूमा देखिन्छ ।
कोरोनाबाहेकका रोगका लागि पनि विभिन्न औषधिसँग संयुक्त वा एकल रूपमा सो एन्टिबडी उपयोगी हुने दाबी नेचर कम्युनिकेसन जर्नलमा छापिएको रिपोर्टमा उल्लेख छ ।
के हो मोनोक्लोनल एन्टिबडी ?
मोनोक्लोनल एन्टिबडी प्रयोगशालामा सिर्जना गरिने त्यस्तो प्रोटिन हो, जसले शरीरभित्रका भाइरस र ब्याक्टेरियासँग लड्न सक्ने अन्य प्रोटिन पैदा गर्छ ।
यस्तो एन्टिबडीले मानव शरीरमा भएको रोग प्रतिरोधात्मक प्रणालीलाई सहयोग पुर्याउँछ, जसका कारण शरीरभित्र प्रवेश गर्ने भाइरस निश्तेज हुन्छन् । एन्टिबडीले शरीरका विभिन्न भागमा रहेका भाइरसका प्रोटिनलाई पहिचान गरी मत्थर बनाउँछ ।
मोनोक्लोनल एन्टिबडी यसअघि पनि केही औषधिसँगको संयुक्त प्रयोगबाट क्यान्सर निदानमा उपयोगी भएको विज्ञहरू बताउँछन् । इबोलाको निदानमा पनि अन्य दुई एन्टिबडी थोरापी प्रभावकारीसिद्ध भएका थिए ।
कसरी गर्छ काम ?
– ‘एन्टिबडी ४७डि११’ले, कोरोना शरीरभित्र छिर्न दिने ‘स्पाइक प्रोटिन’लाई लक्षित गर्छ र यो भाइरसका प्रोटिनलाई मत्थर पार्छ । युट्रेच विश्वविद्यालयले गरेको अध्ययनमा उक्त एन्टिबडीले कोभिड–१९ मात्र नभई ‘सार्स कोरोेना’विरुद्ध पनि काम गर्ने देखिएको छ । यस्ता एन्टिबडी प्रायः प्रयोगशालामै बन्छन् ।
– वैज्ञानिकहरूले यस एन्टिबडीलाई मानव शरीरका लागि उपयुक्त हुने गरी तयार गर्न थालेको नेचर कम्युनिकेसन जर्नलमा उल्लेख छ ।
– प्रयोगशालामा प्रभावकारी देखिएको उक्त एन्टिबडी ‘क्लिनिकल’ रूपमा प्रयोग गर्दा कत्तिको प्रभावकारी रहन्छ र त्यसले कोरोनाविरुद्ध कसरी लड्न सक्छ भन्ने हेर्न बाँकी रहेको अध्ययनमा संलग्न भाइरोलोजिस्ट डा. बेरेन्ड जोन बोस र उनका सहकर्मीले उल्लेख गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मकवानपुरमा विप्लवका कार्यकर्ताले जलाए बोलेरो
काठमाडौं । मकवानपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता कार्यकर्ताले...माघ १४ बाट कोरोना खोप लगाइने
काठमाडौं । भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री...प्रधानमन्त्रीलाई गालीको वर्षा !
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार...६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा
काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा...ओली समूहसँग सहकार्य नगर्न देउवामाथि आफ्नै पार्टी भित्रबाट दबाब
प्रदेशमा सत्तासमीकरणबारे कांग्रेस सभापति छलफलमा काठमाडौं । प्रदेशको सत्तासमीकरणमा प्रधानमन्त्री...कांग्रेसमा जुटेन सहमति
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण वाग्मतीसहितका प्रदेश...खोपको सहज पहुँच कहिले ?
चार निजी कम्पनीको निवेदन तर आयात अनुमति तत्काल नदिने सरकारको रणनीति काठमाडौं । भारतले कोभिड–१९ को...प्राकृतिक ग्याँस ल्याउन पाइपलाइन बिछ्याउने तयारी शुरु
काठमाडौं । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीको सुनौलीसम्म अन्तरदेशीय प्राकृतिक ग्याँस (लिक्युफाइड...कोभिड–१९ विरुद्धको खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने
काठमाडौं । भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित...सप्तरीमा ट्र्याक्टर दुर्घटना : दुईको मृत्यु, पाँच घाइते
सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको...

प्रतिकृया लेख्नुहोस्:
- आफ्नै आमाको हत्या गरेको अभियोगमा ३३ वर्षीय प्रेम पक्राउ
- कोभिड–१९ विरुद्धको खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने
- दुई चरणको प्रदर्शनबाट सन्तुष्ट छ कांग्रेस ?
- लोकसेवाले साढे चार हजार पदमा विज्ञापन खोल्दा साढे चार लाख आवेदन
- सरकारले अपहेलना गरेको भन्दै दुवै प्रहरी जोखिम भत्ता नलिने निष्कर्षमा पुगे