


राज्यमन्त्री रामवीर मानन्धरदृारा उपत्यकामा सञ्चालित मेसको अनुगमन


-
-
बैशाख २४ गते, २०७७ - १४:१९

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित सामुहीक मेसको स्थलगत अनुगमन गरेका छन् । बुधबार काठमाडौंको चमति, भुईंखेल र बुद्धपार्कमा सञ्चालित मेसको अनुगमन गरिएको हो ।
चमतिमा सञ्चालित मेसमा दैनिक करिब तीनसय जनाले खाना खाने गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए । मन्त्री मानन्धरले चमतिमा सञ्चालित मेसमा खाना खान आउनेका लागि ज्वरो मापन गर्नका लागि थर्मल गन उपलब्ध गराएका थिए । थर्मल गन ग्रहण गर्दै चमति ज्यापु समाजका अध्यक्ष पुर्णकाजी ज्यापुले आफुहरुको अभियानमा मन्त्रीले हौसला प्रदान गरेको बताए ।
स्वयंभुको भुईंखेलमा भने दैनिक सात सय जनाभन्दा बढीले खाना खाने गरेका छन् । स्थानीय बुद्धिजिवी र सहयोगि विभिन्न संस्थाहरुले खाना खुवाउन आवश्यक प्रवन्ध मिलाउने गरेको आयोजकले जनाएका छन् । भुईंखेलमा अहिलेसम्म २८ हजार भन्दा बढी सर्वसाधारणलाई खाना खुवाइएको आयोजकका अगुवा किरण शाहीले जानकारी दिए । दैनिक रुपमा डेढ सय मुस्लिम परिवारका लागि होम प्याकिङको समेत व्यवस्था मिलाईएको शाहीले बताएका छन् ।
यस्तै स्वयंभुको बुद्ध पार्कमा पनि दैनिक साढे तीन सय भन्दा बढी सर्वसाधारणलाई खाना खुवाउने गरिएको मनाङ विमन्स समुहले जानकारी दिएको छ । महिलाहरुको अग्रसरतामा विभिन्न सहयोगि दाताहरुको समन्वयमा खाना खुवाईएको हो । अनुगमनका क्रममा मन्त्री मानन्धरले मानव सेवाका लागि दैनिक रुपमा खटिनेहरुको योगदान अमुल्य रहेको बताए । मन्त्री मानन्धरले विपद्को घडीमा विपन्न तथा कमजोर अवस्थाका नागरिकको रक्षाका लागि सबै नागरिकले आ-आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताए ।
उपत्यकाका विभिन्न स्थानमा सञ्चालित सामुहीक मेसमा दैनिक पाँचदेखि सात हजारसम्मले खाना खाने गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपाल कसरी अपमानित हुँदै आयो ?
नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना
काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो
काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो
काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता
काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे
काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने
काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने
काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि
काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई
जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...
