Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बिकट ठाउँमा औषधिको अभाव, उपल्लो डोल्पामा चामल छ तर वितरणमा समस्या

सुर्खेत । शिवालय गाउँपालिकाभित्र विपन्नलाई खाद्यान्न वितरणसँगै सबैलाई आवश्यक औषधिको कमी हुन नदिन ढुवानीको काम शुरु भएको छ । सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री र अन्य आवश्यक उपकरणको व्यवस्थापका लागि खरिद प्रक्रिया सुरु भएको पालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए ।

अहिलेको समयमा जसले जहाँबाट सक्छ, त्यहीबाट सहयोग गर्ने समय भएको भन्दै उनले जिम्मेवारीबाट पन्छिने काम कसैबाट नहोस् भने । सङ्घीय र प्रदेश सरकारले सोचे जति सहयोग नगरेकोगुनासो गदै अध्यक्ष शाहीले प्रश्न गर्दै भने, “स्रोत र सामग्रीविना कसरी स्वास्थ्यकर्मीलाई परिचालन गर्न सकिन्छ । दुई सेट पिपीई पठाएर हुन्छ ?”

गाउँपालिकाले दैनिक ज्यालादारी गर्ने १५० घरधुरी स्थानीयवासीलाई खाद्यान्न वितरण गरेको छ । गाउँपालिकाले तथ्याङ्क संकलन गरी अति विपन्न तथा गरीब स्थानीयवासीलाई खाद्यान्न वितरण गरेको गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिए । राहतमा २ केजी दाल, १ लिटर तेल र १ केजी नुन चामलसँगै वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिनुभयो । प्रत्येक व्यक्तिलाई २५ देखि ३० केजी सम्मको चामल उपलव्ध गराएको छ । प्रतिघरमा १ वटा दरले साबुन वितरण गरिसकेको छ ।

कूल २ हजार ५०० घरधुरी रहेको गाउँपालिकामा १८ हजार जनसङ्ख्या रहेको छ । गाउँपालिका सवै स्थानीयवासीलाई मास्कको व्यवस्था मिलाएको छ । पहिलो चरणमा २ हजार ५०० सावुन वितरण भइसकेको छ भने थप वितरणको तयारी भएको छ ।

राहत सामग्री पाएसँगै गरीव तथा विपन्न समुदायका सर्वसाधारण खुशी भएका छन् । कोरोना भाईसर ‘कोभिड–१९० कारण सरकारले जारी गरेको ‘लकडाउन’को पालन गदै वसेको गरीब तथा विपन्न परिवारका सर्वसाधारणहरु राहत पाएसँगै सरकार आफूसँग रहेको अनुभूति गरेका छन् ।
गाउँपालिका –५ का हस्त बुढाले घरमा आवश्यक खाद्यान्न पाएपछि खुशी लागेको बताउँदै भने, “घरदेखि बाहिर निस्किन नपाउने अवस्था थियो, घरमा अन्नको गेडा थिएन, गाउँपालिकाका अध्यक्ष शाही आएर चामल दिएर जानुभयो । जे होस् खानेकुराको जोहो भयो । धन्यवाद छ ।”
गाउँपालिकाले कोरोनाविरुद्ध जनचेतना फैलाउन रेडियोमार्फत् सार्वजानिक सन्देश प्रशारण गरेको छ । त्यस्तै स्वास्थ्यकर्मी, प्रहरी र कर्मचारीको सहयोगमा गाउँ गाउँमा माइकिङ समेत जारी राखेको छ । सडक सञ्जालले सबै गाउँपालिका भरी छोएका कारण राहत वितरणमा सजिलो भएको छ ।

गाउँपालिका भित्र आउने मुख्य नाका वडा १ स्थित छेडाचौरमा स्वास्थ्य सहायता कक्ष स्थापना गरी जाँचलाई कडाइ गरिएको छ ।

महिना दिन नपुग्ने खाद्यान्न
नयाँ बाली नपाकेको र पुरानो रित्तिएको अवस्थामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपोहरुमा एक महिना नपुग्ने खाद्यान्न रहेको जनाइको छ । कम्पनीका जिल्ला शाखा प्रमुख धर्मबहादुर बस्नेतले बारेकोट गाउँपालिकाको घाटमा १३० क्विटल, नलगाड नगरपालिकाको चौखामा १ हजार २७१, घोगी ३३३ क्वीन्टल, दशेरामा ५० क्वीटल, सदरमुकाममा १ हजार ९२१ क्विटल चामल मौज्दात चामल रहेको जानकारी दिए।

जुनिचाँदे गाउँपालिका– ११ ताँगामा भने एक गोडा चामल छैन । त्यस्तै नलगाड नगरपालिकाको दल्लीमा चामल ढुवानीको लागि बोलपत्र आह्वान भएपनि अहिलेसम्म ठेक्का सदर भएको छैन । अहिले जिल्ला भरी जम्मा भएको ३ हजार ६३५ क्विन्टल चामल मात्र मौज्दात रहेको छ ।

डोल्पामा सञ्चित तर।।।
छिमेकी जिल्ला डोल्पामा पनि पर्याप्त चामल छ तर जनताको पहुँच पुग्ने ठाउँमा वितरणको प्रबन्ध हुन सकेको छैन । जिल्लाको जुफालमा २२ सय, दुनैमा ३ हजार १४, काईगाउँमा ६००, सर्मीमा १०० क्विन्टल चामल रहेको खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाले जनाएको छ ।

उपल्लो डोल्पाको शे फोक्सुण्डोमा नयाँ डिपोको लागि प्रस्ताव पठाइएपनि अहिलेसम्म प्रस्ताव स्वीकृति गरिएको छैन । उपल्लो डोल्पाको बिक्री केन्द्रमा कत्तिपनि चामल नभएको बताइएको छ । हाल त्यहाँ हवाइ मार्गबाट सामान लाने गरिएको छ । कर्णाली प्रदेश सरकारले उपभोक्ताको पहुँचमा पुग्ने गरी खाद्यान्न ढुवालीको प्रबन्ध गर्ने जनाउँदै आएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies