Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

विश्वले सिक्नुपर्ने पाठ : बिना ‘लकडाउन’ दक्षिण कोरियाले कसरी जित्दैछ कोरोनाविरुद्धको लडाईँ ?

काठमाडौं । ताइवानपश्चात दक्षिण कोरियाले जसरी कोरोना भाइरसविरुद्धको लडाईं जित्दै गएको छ, त्यसलाई पुरै विश्वले सिक्नुपर्ने देखिन्छ । आज दक्षिण कोरियामा कोरोना संक्रमित तथा कोरानाबाट मृत्यु हुनेको संख्यामा निकै कमी आउँदै गएको छ । जहाँ संक्रमित अधिकांश व्यक्ति स्वास्थ्य लाभ गरि घर फर्किरहेका छन् । अधिकांश संक्रमितको अवस्था सामान्यकरण बन्दै गएको छ ।

केहि साता अघिसम्म मात्रै दैनिक ५÷७ सय कोरोना संक्रमित भेटिने कोरियामा अहिले ५०÷६० जना कोरोना संक्रमित भेटिएका छन् । साथै कोरियामा संक्रमितको मृत्युदर पनि निकै घट्दै गएको छ । अनौठो त के छ भने कोरियाले बिना लकडाउन र बिना कफ्र्यु कोरोनाविरुद्धको लडाईं विस्तारै जित्दै गएको छ ।

के छ कोरियाको पछिल्लो अवस्था ?

बुधबारसम्मको अपडेटअनुसार दक्षिण कोरियामा हालसम्म ९,१३७ जना कोरोना संक्रमित भेटिएका छन् । जहाँ हालसम्म १.३ प्रतिशत अर्थात् १२६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

दक्षिण कोरियामा कोरोना संक्रमितमध्ये ३,७३० जना पूर्णं स्वास्थ्य लाभ गरि घर फर्किसकेका छन् । हाल दक्षिण कोरियामा ५,२८१ जना संक्रमित छन् । जसको उपचार भईरहेको छ । जनाइएअनुसार कोरोना संक्रमित मध्ये १ प्रतिशत अर्थात् ५९ जना बिरामीको अवस्था केहि गम्भिर छ । बाँकी बिरामी सामान्य प्रकृतिकै छन् ।

गत १५ फ्रेबुअरीमा दक्षिण कोरियामा कोरोना संक्रमणको पहिलो घटना देखिएको थियो । संक्रमित भेटिएको एक दुई सातामै त्यहाँ दैनिक ५/७ सय नयाँ बिरामी भेटिएका थिए । तर अहिले कोरोनाका दैनिक ६०/७० मात्रै नयाँ बिरामी भेटिएका छन् । त्यो संख्या पनि निरन्तर घट्दो छ ।

१० मिनेटमै जाँच, एक घण्टामै रिपोर्ट

दक्षिण कोरियाका विदेशमन्त्रि कांग युंगले कोरोना संक्रमणको परीक्षण र उपचार विधि चुस्त र आक्रामक खालको हुँदा कोरोनामाथि विस्तारै जीत हाँसिल गर्दै गएको बताएका छन् । कोरियन सञ्चारमाध्यमसँग कुराकानी गर्दै विदेशमन्त्री युंगले उपचार विधि चुस्त हुँदा विस्तारै जित हाँसिल गर्दै गएको बताए ।

‘हामीले ६ सयभन्दा बढि परीक्षण केन्द्र खोल्यौं । ५० भन्दा बढि उपचार केन्द्र बनायौं ।’ सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले भने, ‘ज्वरो र रुघा खोकीबारे परीक्षण १० मिनेटमै गर्यौं । साथै कोरोनाबारेको रिपोर्ट हामीले एक घण्टामै दिने व्यवस्था मिलायौं । हामी कोरोना संक्रमितको उपचार प्रक्रिया मिलाउन परीक्षण केन्द्र र सूचना सेन्टरलाई पनि निकै सक्रिय बनायौं ।’ विदेशमन्त्रि कांग युंगले कोरोना संक्रमणविरुद्ध सम्पूर्णं कोरियालीहरुको सामुहिक एकताबाटै जीत हाँसिल हुँदै गएको बताए ।

सरकारले शहरभरि लगाएको छ, संक्रमित पत्ता लगाउने क्यामरा

दक्षिण कोरियाले संक्रमण जाँच्नको लागि शहरका विशेष ठाउँभरि थर्मल क्यामरा लगाएको छ । सरकारले बढि मानिसहरुको ओहोर दोहोर हुने होटल, पार्किङ्ग, सार्वजनिक स्थानमा इमरजेन्सी थर्मल क्यामरा लगाएको छ ।

त्यहाँ क्यामराको प्रयोग गरि रुघा खोकीबाट ग्रसित व्यक्ति भेटाउने र उपचार गराउने अभियान थालिएको छ । जनाइएअनुसार कोरियामा क्यामराको प्रयोग गरि कोरोना संक्रमितको तत्कालै पहिचानका साथै उपचारको व्यवस्था गरिन्छ ।

कोरियाले टेस्टिङ्ग साम्रागीको उत्पादनलाई निकै बढाएको थियो

जनवरीको पहिलो साता दक्षिण कोरियामा कोरोनाको पहिलो संक्रमण देखिएको थियो । जसपश्चात त्यहाँका औषधी कम्पनीहरुले परीक्षण साम्रागीको उत्पादन बढाएका थिए ।

दुई हप्तामा जब संक्रमणको दर बढ्यो त्यस समय सरकारले परीक्षण सामाग्रीको उपलब्धतालाई सुनिश्चित गरेको थियो । आज दक्षिण कोरियामा दैनिक १ लाख परीक्षण साम्रागी तयार भईरहेको छ । साथै कोरियाले परीक्षण साम्रागी पनि निर्यात गर्न थालेको छ ।

कोरानाबाट बच्न विशेषज्ञले सिकाएको तरिका भाइरल बनेको थियो

दक्षिण कोरियाका स्वास्थ्य विशेषज्ञले संक्रमणबाट बच्नको निमित्त हातलाई केहि फरक ढंगबाट प्रयोग गर्न सुझाएका थिए । यदि व्यक्तिले दायाँ हातले काम गर्दछ भने मोबाइल चलाउन, ढोका खोल्न, हेण्डल समाउन तथा सामान्य काम गर्न बाँया हातको प्रयोग गर्न विशेषज्ञले सुझाव दिएका थिए । त्यसैगरि बाँया हात प्रयोग गर्नेलाई त्यस्तै जोखीमपूर्णं काम गर्दा दायाँ हातको प्रयोग गर्न सल्लाह दिइएको थियो ।

विशेषज्ञले हातलाई फरक ढंगबाट प्रयोग गर्न सिकाउनुको पछाडि तत्कालै संक्रमण नसरोस भन्ने हो । जुन हात बढि प्रयोगमा आउँछ त्यहि हातले संक्रमण सर्दछ । साथै मुख, आँखा र नाकबाट संक्रमण सर्ने हुँदा व्यक्तिले बढि प्रयोग गर्ने हातलाई त्यस्ता जोखिमयुक्त काममा नलगाउँदा संक्रमणको जोखिम कम हुन्छ ।

विशेषज्ञहरुले सामाजिक सञ्जालमार्फत हातलाई प्रयोग गर्ने नयाँ तरिका सिकाएका थिए । जुन निकै भाइरल पनि बनेको थियो ।

न बजार बन्द गरियो न मानिसलाई रोकियो

कोरोना संक्रमित भेटिएपछि पनि दक्षिण कोरियाले एक दिन पनि बजार बन्द गरेको छैन् । मल, स्टोर, ठूला साना पसलहरु नियमित सञ्चालन गरिरहेको छ । मानिसहरुलाई बाहिर गएर आफ्नो गतिविधि गर्न रोक पनि लगाइएको छैन् । एजेन्सीको सहयोगमा

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies