Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

कोरोना भाईरस लागेका पहिलो नेपाली अहिले के गर्दैछन् ?

कोरोनाभाइरस सङ्क्रमण अर्थात् कोभिड-१९ भएको पुष्टि भएका नेपालका प्रथम र एक मात्र व्यक्ति अहिले पूर्ण स्वस्थ भएर आफ्नो दैनिकीमा फर्किसकेका छन्।

ती ३१ वर्षीय व्यक्ति चिनियाँ सहर वुहानबाट रुघाखोकी लागेको अवस्थामा खुन्मिङ हुँदै विमानबाट काठमाण्डू उत्रिएका थिए।

वुहानमा रहेका नेपालीहरू नयाँ भाइरसबाट सङ्क्रमित नभएकाले नेपालमा कोही पनि डराउनुपर्ने अवस्था नआएको उनी बताउँछन्।

उनको उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई सामान्य औषधिका अतिरिक्त अलि फराकिलो दायराको हुने ब्रोड स्पेक्ट्रमको एन्टिबायोटिक औषधि दिइएको थियो।

चिकित्सकहरूका अनुसार नेपालका पर्रथ पहिलो कोरोनाभाइरस सङ्क्रमित ती व्यक्ति अहिले पूरै स्वस्थ भइसकेका छन्।

प्रस्तुत छ बीबीसी न्यूज नेपालीले उनीसँग बिहीवार गरेको कुराकानीमा आधारित यो विवरण -

\"म चीनको वुहान सहरमा अध्ययन गर्छु। ज्यानुअरी र फेब्रुअरीमा विश्वविद्यालयमा जाडोको छुट्टी हुने भएकोले म ज्यानुअरी ९ तारिखमा वुहानबाट खुन्मिङ हुँदै नेपाल आएँ।

मलाई वुहानमा नै रुघाखोकी लागिरहेको थियो। त्यहाँ भाइरसको नयाँ सङ्क्रमण सुरु भइसकेको पनि मलाई थाहा भइसकेको थियो।

त्यसैले शङ्का लागेर ज्यानुअरी १३ तारिखमा म काठमाण्डूको टेकु अस्पताल गएँ जहाँ मलाई अलिकति ज्वरो आएको थाहा भयो।

म वुहानबाट आएको थाहा पाएपछि चिकित्सकले मलाई निरीक्षणमा राखेर उपचार गर्नुपर्ने सल्लाह दिनुभयो।

कोरोनाभाइरस सङ्क्रमणको आशङ्का

त्यसपछि टेकु अस्पतालमै राखेर मेरो उपचार सुरु गरियो। डाक्टरहरूले मलाई औषधिहरू दिनुभयो र राम्रो हेरचाह गर्नुभयो।

मलाई सुईबाट एन्टिबायोटिक औषधि पनि दिइयो। दुई दिनपछि नै मलाई आराम भइहाल्यो।

कोरोनाभाइरस सङ्क्रमणको आशङ्कापछि मेरो खकारको नमुना जाँचको लागि हङकङ पठाइएको थियो। तर म ठिक भएर अस्पतालबाट घर फर्किएँ।

पछि हङ्‌कङबाट मेरो खकारको नमुना परीक्षणको नतिजा आएछ। कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएछ।

डाक्टरले फोन गरेर मलाई भिडभाडबाट टाढै बस्नु र आफ्नो राम्रो हेरचाह गर्नु भन्नुभयो। त्यसपछि म केही डराएँ।

केही दिनपछि ज्यानुअरी २७ तारिखमा काठमाण्डूमै फेरि मेरो परीक्षण गरियो। त्यतिबेला म कोरोनाभाइरस सङ्क्रमणमुक्त भइसकेको पुष्टि भयो।

\'सङ्क्रमणमुक्त\'

तैपनि म सावधान रहिरहेँ। चिकित्सकहरूसँगको सम्पर्कमा रहिरहेँ।

त्यसको दुई दिनपछि ज्यानुअरी ३१ तारिखमा फेरि मेरो खकार जाँच गरियो। म कोरोनाभाइरसको सङ्क्रमणमुक्त भएको फेरि पुष्टि भयो।

त्यसपछि म आफ्नो घर र काठमाण्डू आउजाउ गरिरहेको छु। आफ्नो स्वास्थ्यप्रति सजग छु र आफ्नो राम्रो हेरचाह गरिरहेको छु।

अहिले एक महिना बितिसकेको छ। म पूर्ण रूपमा स्वस्थ भइसकेको छु। मलाई कुनै स्वास्थ्य समस्या छैन।

वुहानको मेरो विश्वविद्यालयमा बिदा भएकोले म नेपालमै आफ्नो अध्ययनमा जुटिसकेको छु।

मेरो घर परिवारका सदस्यलाई मलाई कोरोनाभाइरस सङ्क्रमण भएको र पछि ठिक भएको थाहा छ। मलाई सबैले माया गर्नुहुन्छ। कसैले कुनै भेदभाव गर्नुहुँदैन।

मैले कोरोनाभाइरसबारेका खबरहरू पढिरहेको छु। अहिले चीनको हुबे प्रान्त र त्यहाँको वुहान शहरमा नेपाल फर्किने प्रतीक्षा गरिरहेका नेपालीहरूमा अहिलेसम्म कसैलाई पनि कोरोनाभाइरस सङ्क्रमण भएको मलाई थाहा छैन।

म पनि त्यहाँ रहेका मेरा साथीहरूसँग निरन्तर सम्पर्कमा छु। उहाँहरू स्वस्थ रहेको बताउनुभएको छ।

उहाँहरूलाई नेपालमा अलग्गै जहाँसुकै राख्दा पनि स्थानीय स्तरमा कुनै समस्या हुँदैन। आत्तिनुपर्ने अवस्था छैन।

सबै जनाले (छिउँ गर्दा मुख छोप्ने, साबुनले हात धोइराख्ने जस्ता) आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिन चाहिँ जरुरी छ।

चीन फर्किने योजना

मेरो विचारमा चीनको चिसो मौसमका कारण त्यहाँ नयाँ भाइरसको सङ्क्रमण फैलिइरहेको छ र त्यो नियन्त्रण हुन केही समय लागिरहेको छ।

म नेपाल आउने बित्तिकै यहाँको तुलनात्मक रूपमा न्यानो मौसम पनि मेरो लागि अनुकूल बनेको हुन सक्छ। उपचार सुरु गरेको दुई तीन दिनमै मलाई ठिक भयो र म अहिले यसरी स्वस्थ भएर आफ्नो काममा फर्किन सफल भएको छु।

मेरो विचारमा चिसो हट्ने क्रम सुरु भएसँगै चीनमा पनि कोरोनाभाइरसको सङ्क्रमणको क्रम कम हुन थाल्छ र सबै कुरा बिस्तारै सामान्य हुन थाल्नेछ।

त्यसपछि म फेरि चीनको वुहान फर्किएर आफ्नो अध्ययनमा जुट्ने वातावरण बन्नेछ।\"

–बीबीसी नेपाली सेवाबाट सभार

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies