Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

रोचक कथा –किन लगाउँदैनन् प्रचण्डले दौरा सूरुवाल ?

सशस्त्र विद्रोहमा लागेका तत्कालीन माओवादी पार्टीका नेतादेखि कार्यकर्तासम्म सबैले दौरा, सुरुवाल र कोटलाई \'सामन्ती पोसाक\' भन्ने गर्थे।

शान्ति प्रक्रियामा आएलगत्तै मन्त्री तथा प्रधानमन्त्री बनेका नेताहरूले शपथ ग्रहण गर्दा पनि त्यो पोसाक लगाएनन्।

तर अहिले उनीहरूको व्यवहारमा परिवर्तन हुन थालेको छ। विभिन्न सार्वजनिक पदमा पुगेका पूर्वमाओवादी नेताहरूले दौरा, सुरुवाल र कोट लगाउन थालेका छन्।

दशवर्षे सशस्त्र विद्रोहको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डले भने अहिलेसम्म दौरा सुरुवाल लगाएको देखिएको छैन।

तर उक्त पोसाकप्रति आफ्नो नकारात्मक दृष्टिकोण नभएको बताउँदै उनी भन्छन्, \"कुनै दिन दौरा सुरुवाल लगाउन सक्छु।\"

कहिले लगाउलान् दौरा सुरुवाल ?
पहिलो पटक प्रधानमन्त्री भएदेखि प्रचण्डले भादगाउँले कालो टोपी लगाउन थाले।

प्रचण्डका सहयोद्धा बाबुराम भट्टराईले पनि प्रधानमन्त्री हुँदा दौरा सुरुवाल लगाएनन्।

माओवादी दल छोडेर अर्कै दल बनाएका उनले गत वर्ष \"देशअनुसारको भेष\" भन्दै दौरा सुरुवाल लगाएको तस्बिर सार्वजनिक गरे।

गत साता बीबीसीसँग कुराकानी गर्दै उनले आफूले दौरा सुरुवाल लगाउन सक्ने बताए।

\"सन्दर्भ मिलेका दिन लगाउनुपर्छ भन्ने मैले सोचेको छु। तर दौरा, सुरुवाल र कोट सधैँ लगाउने भन्ने सायद हुँदैन,\" उनले भने।

विभिन्न जातजाति र धर्मावलम्बीका कार्यक्रममा जाँदा आफूले उनीहरूको पहिचान झल्किने पोसाक लगाउने गरेको प्रसङ्ग निकाल्दै उनले दौरा, सुरुवाल र कोट पनि त्यसरी नै लगाउने बताए।

पूर्वमाओवादी कमान्डर नन्दबहादुर पुन (बीच) उपराष्ट्रपति भएपछि दौरा, सुरूवाल र ढाका टोपीमा सजिएर औपचारिक समारोहमा भाग लिन्छन्
नेकपा एमालेसँग पार्टी एकीकरण भएपछि प्रचण्ड अहिले नेकपाका दुईमध्ये एक अध्यक्ष छन्।

पार्टी एकीकरण हुनुअघि आफूले पार्टीमा \"इच्छा भएका साथीहरूले [दौरा सुरुवाल] लगाउँदा राम्रै हुन्छ\" भनेको स्मरण गरे।

विसं २०६२/२०६३ को आन्दोलनअघिसम्म दौरा, सुरुवाल, कोट र टोपीलाई पुरुषको राष्ट्रिय पोसाक मानिन्थ्यो।

तर गणतन्त्र स्थापना हुनुअघि जारी भएको अन्तरिम संविधानमा त्यो व्यवस्था हटाइयो।

नेपालको नयाँ संविधान राष्ट्रिय पोसाकको विषयमा मौन छ।

अहिलेसम्म किन दौरा सुरुवाल लगाएनन्?

प्रचण्डका अनुसार उनले अहिलेसम्म दौरा सुरुवाल लगाएका छैनन्।

राजनीतिक कारणले नै आफूले दौरा नलगाएको उनको तर्क छ।

\"मलाई के लाग्छ भने राजतन्त्रकालीन संस्कृति, परम्परा, वेशभूषा राजा-महाराजाले विकास गरेर ल्याएका हुन्,\" उनले भने।

\"मैले त्यसको ठाउँमा सबै नेपालीको पहिचान झल्किने एउटा साझा आन्दोलनको नेतृत्व गरेँ,\" उनले भने, \"मैले एउटा पोसाकमा गएर केन्द्रित भइदिँदा अरू वेशभूषा, संस्कृति र परम्परा भएका जनताको मनमा के लाग्ला भन्ने कारणले मैले नलाएको हुँ।\"

विभिन्न समुदायका वेशभूषामा प्रचण्ड देखा परिरहन्छन्
\"सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता भनेर यहाँ आइपुगिएको छ।\"

\"संविधान र सबै कुराको मनोवैज्ञानिक पक्षलाई विचार गर्दा मैले हतार गरेर लगाएर हिँड्नुपर्ने छैन भन्ने परेको छ। यो कुनै विरोधको कुराले हैन, भावनात्मक कुराले मात्रै हो,\" स्पष्टीकरण दिँदै उनले भने।

टाई-सूटमा कालो टोपीको संयोजन किन?

दुई पटकसम्म प्रधानमन्त्री भएका प्रचण्ड प्राय: सार्वजनिक कार्यक्रममा टाई-सूट र भादगाउँले टोपीमा देखिन्छन्।

उक्त पोसाक रोज्नुको कारण सुनाउँदै उनी भन्छन्, \"कम्युनिस्ट भनेका अन्तर्राष्ट्रवादी हुन्। माओको पालामा चिनियाँ कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले कोट लगाउँथे अहिले त्यसलाई सूट र टाईमा परिणत गरिएको छ।\"

\"लेनिन, मार्क्स र एङ्गेल्सले पनि सूट र टाई नै लगाउँथे। कम्युनिस्ट हुनुको नाताले उनीहरूले राष्ट्रवाद र अन्तर्राष्ट्रियतावादको जोड मिलाउनुपर्ने हुन्छ।\"

\"राष्ट्रवादभित्र अन्तर्राष्ट्रवाद र अन्तर्राष्ट्रवादभित्र राष्ट्रवाद हुन्छ। मैले पहिलो पटक प्रधानमन्त्री हुँदा त्यस बेलामा के पोसाक लगाउने भन्ने विषयमा ठूलै बहस भएको थियो। मैले त्यस बेलामा के गर्नु उचित हो भन्ने बारेमा गम्भीर ढङ्गले विचार गरेको थिएँ।\"

चीन र रुसी कम्युनिस्ट नेताको प्रभावमा आफूले टाई-सूट र टोपीको संयोजन रोजेको प्रचण्डको भनाइ छ

त्यस बेला कोट, पाइन्ट, टाई र भादगाउँले टोपी लगाएर गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको रूपमा प्रचण्डले शपथ लिएका थिए।

उनले पोसाकको परम्परालाई आफूले बारम्बार भन्ने गरे जसरी नै \"क्रमभङ्ग\" गरिदिएका थिए।

त्यस बेलाको निर्णय सम्झिँदै प्रचण्ड भन्छन्, \"नेपालीहरूको ठ्याक्कै राष्ट्रिय पहिचान झल्किने भनेको टोपी नै हो। किनभने टोपी सबैतिर लगाइन्छ, कुनै न कुनै रूपमा टोपीको आकारप्रकार फरक भए पनि टोपी आम रूपमा लगाइन्छ। त्यसैले नेपालको राष्ट्रियतालाई झल्काउन मैले टोपी रोजेँ।\"

उनले आफू कम्युनिस्ट भएकाले टाई र सूट रोजेको बताए।

उनले भने, \"आजभोलि मलाई खुसी लाग्छ - साथीहरू अहिले टाई, सूट र टोपी लगाउने साथीहरू बढेका छन्। राष्ट्रिय भावना पनि त्यहाँ मुखरित होस् र एउटा कम्युनिस्ट नेता हुनुको नाताले अन्तर्राष्ट्रियतावाद पनि देखियोस् भनेर यो पोसाक रोजिएको हो।\"

-विविसि नेपाली सेवाबाट सभार

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies