Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

प्रत्येक हप्ता वाग्मती सफाइ जारी, तर सिधै ढल हाल्ने क्रम रोकिएन

काठमाडौं । वाग्मतीलगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान प्रत्येक हप्ता शनिबार झैँ जारी रहे पनि नदीमा ढल हाल्ने काम भने रोकिएको छैन ।

वाग्मतीको मुहानस्थित गोकर्णेश्वर नगरपालिका वडा नं २ र ४ को सीमास्थित कोलमती खोलामा सडक बिस्तारका क्रममा सिधै ढल हालिएको छ । काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले सडक बिस्तार गर्ने क्रममा वडा नं ४ किसिगालबाट नदीमा सिधै ढल हालिएको हो । ढल कोलमती खोलाको करिब १०० मिटर दूरी पार गरेपछि वाग्मती नदीमा मिसिन्छ ।

यसतर्फ सरोकार भएका निकायको ध्यान जान सकेको छैन । नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुगांनाले आइतबार के भएको हो भन्ने बुझ्न प्राविधिक पठाइने बताउनुभयो । नदीमा ढल हाल्न नदिइने उनको प्रतिबद्धता छ ।

वाग्मती सफाइ महाअभियानको ३५५औँ हप्तामा तिलगङ्गा क्षेत्रको नदी किनारमा सफाइ गरियो । एक्काइस संस्थाका ३५० अभियानकर्मीेले गरेको सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । वाग्मतीको मुहानदेखि नै सफा गरौ्ँ भन्ने अभियान चलाएको वाग्मती सुन्दरता सरोकार मञ्चले ३१६औँ हप्ताको कार्यक्रम गोकर्णेश्वर–८ माकलबारी क्षेत्रमा सफाइ गरेको छ ।

नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, सल्लाहकार दीपक रिसाल, प्रवक्ता तथा वडा नं। ८ का अध्यक्ष मनोजकुमार ढुंगाना, अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख लीलाप्रसाद ढकाल, नेपाल मेडिकल कलेजका अध्यक्ष डा। भोला रिजाल, जया मल्टीपल क्याम्पसका प्रमुख भवानीप्रसाद पौडेललगायत अभियानकर्मीको सक्रियता थियो ।

सफाइका क्रममा कुहिने फोहरलाई खाडल खनेर गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी दिए । मञ्चले वडास्तरसमेतमा समिति गठन गरी सफाइ अभियानमा परिचालन गर्दै आएको छ । यस क्षेत्रको वाग्मती सौन्दर्यकरणसमेतले पछिल्लो समय निरन्तरता पाएको छ । छिटोभन्दा छिटो सौन्दर्यकरणको काम सक्ने गरी निर्माण व्यवसायी परिचालन गरिएको बताइएको छ ।

विष्णुमती सफाइ अभियानको २८३औँ हप्तामा तारकेश्वर नगरपालिका वडा नं ६ र ८ को सङ्गमस्थित महादेव खोला क्षेत्रमा सफा गरियो । महादेव खोलाको निलो पुलबाट रातो पुलसम्म भएको सफाइमा सुरक्षा निकायका साथै स्थानीय सङ्घसंस्थाको सक्रियता रहेको थियो । सफाइबाट सात टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी गराए ।

खोलासँगै त्यहाँको सडक क्षेत्रमा पनि सफाइ गरिएको थियो । सो अवसरमा सडकमा फोहर नफाली डष्टविनमा हाल्नसमेत अनुरोध गरिएको थियो । विष्णुमतीको माथिल्लो भागमा सफाइ गरिए पनि तल्लो बालाजुभन्दा तलको क्षेत्रमा नदी फोहर छ । यस क्षेत्रको सफाइमा ध्यान नदिइएको यो मार्ग भएर हिँड्ने यात्रुको गुनासो छ । स्थानीयवासीले सिधै ढल नदीमा हाल्दा पनि कसैले रोक्न सकेको छैन ।

मनोहरा नदी सफाइको १५४औँ हप्तामा बालकुमारी पुल क्षेत्रमा सफाइ गरियो । सफाइमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत १५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइबाट दुई गाडी फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्र दङ्गालले जानकरी दिए ।

चक्रपथ उत्तरखण्ड सफाइको १५३औँ हप्तामा नयाँबसपार्कबाट बिजीमलसम्मको क्षेत्रमा सफाइ गरियो । तीन सय जनाभन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट चार टन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले जानकारी दिए ।

क्यानडाबाट आजै नेपाल आउनुभएका गोपाल भण्डारी र उहाँकी श्रीमती पनि सफाइ सहभागी भएर हौसला बढाएका थिए । रात्रीकालीन व्यवसायीका कारण त्यस क्षेत्रमा धेरै फोहर थुप्रिएको भेटिएको थियो । पैदलमार्ग ९फुटपाथ०मा रात्रिकालीन व्यापार गर्नेलाई काठमाडौँ महानगरपालिकाले व्यवस्थित नगरेको स्थानीयवासीको गुनासो छ ।

स्थानीय श्याम महर्जन महानगरपालिकाका कर्मचारीप्रति व्यवसायी मासिक रु ५०० उठाएर पैदलमार्गमै व्यापार गर्न दिँदा फोहर बढेको बताउछन् । यसरी उठाएको पैसाले जनप्रतिनिधिको मुखसमेतमा बुझो लगाउने गरेकाले बटुवा हिँड्नै नसक्ने गरी व्यापार हुँदासमेत राजधानीको महानगर चुप बसेको उहाँको गुनासो छ । चक्रपथ पश्चिम खण्ड सफाइको १३५औँ हप्तामा सोल्टदोबाटो क्षेत्रमा सफाइ गरी दुई ट्रक फोहर व्यवस्थापन गरियो । सफाइमा प्रदेशसभा सदस्य राजेश श्रेष्ठसहित ३५० भन्दाबढी अभियानकर्मीको सक्रियता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies