Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

राष्ट्रियसभा : ‘अरु हरुवा हुने वामदेव किन नहुने ?’ यसअघि नेकपाले ककसलाई बनायो ?

काठमाडौं । चुनावमा पराजित भएका वामदेव गौतमलाई राष्ट्रियसभामा उम्मेदवार बनाइएकोमा व्यापक आपत्ति जनाएको नेकपाभित्रको ओली समुहले यसअघि गौतमजस्तै पराजित भएकाहरुलाई राष्ट्रिय सभामा निर्बाचित गरेको पाइएको छ ।
माघ ९ मा भएको राष्ट्रिय सभा निर्वाचनबाट पहिलो कार्यकाल सकिएका कुल १९ राष्ट्रियसभा सदस्य माध्ये १८ सदस्य निर्वाचन भइसकेका छन्। बाँकी एक सदस्य नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने संवैधानिक व्यवस्था छ। अर्थमन्त्री युवराज खतिवडा राष्ट्रपतिबाट मनोनीत सदस्य हुन्। उनको कार्यकाल आगामी फागुन २० मा सकिँदै छ।

नेकपाका एक नेताले खबरडबलीसँग कुरा गर्दै भने, –‘अरु हरुवा हुने वामदेव किन नहुने ?’ उनको आरोप थियो –प्रधानमन्त्री ओलीले आफ्ना मान्छेहरुलाई जे पनि गर्ने तर अरुलाई नगर्ने गरेका छन् ।
बुधबार दिउँसो बसेको सचिवालय बैठकले राष्ट्रपतिबाट मनोनीत हुने उक्त एक सदस्यका लागि उपाध्यक्ष गौतमलाई सरकारले सिफारिस गर्ने निर्णय गरेको थियो। तर ओली निकट नेताहरुले निर्वचनमा पराजित नेतालाई राष्ट्रियसभामा मनोनीत गर्न नमिल्ने सुझाव दिएको बुझिएको छ। गौतम २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दियाको क्षेत्र नम्बर १ बाट पराजित भएका थिए। २०७५ असोजमा वामदेव काठमाडौं ७ बाट चुनावी मैदानमा उत्रिने चर्चा चले पनि त्यसले सार्थकता पाउन सकेको थिएन।

उपाध्यक्ष गौतम बाहेक संघीय, प्रदेश र स्थानीय तहको चुनाव हारेका केही नेताहरुलाई प्रधानमन्त्री ओलीले राष्ट्रियसभा बनाएका छन्। चुनाव हारेका ओलीका खास मान्छे झापाका देवेन्द्र दाहाल प्रदेश एकबाट राष्ट्रियसभा सदस्य बनेका छन्। गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा उम्मेदावर बनेका छन्। उनी गत प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट पराजित भएका थिए।

प्रदेश ५ बाट अपांगता कोटामा राष्ट्रियसभा सदस्य बनेका जगप्रसाद शर्मा पनि प्रदेश सभाको निर्वाचनमा दाङ–३ ‘क’ पराजित भएका थिए। कांग्रेस नेता डिल्लीबहादुर चौधरीसँग उनी पराजित भएका थिए। त्यस्तै तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भगवती न्यौपानेलाई राष्ट्रिय सभा सदस्य बनेकी छन्। उनी मेयरमा कांग्रेस उम्मेदवार उदयराज गौलीसँग पराजित भएकी थिइन्।

कपिलवस्तुको वाणगंगा नगरपालिकाको मेयरमा पराजित विमला घिमिरेलाई प्रदेश ५ बाट उम्मेदावर बनेकी छन्। ‘चुनाव हारेका ओलीका खास मान्छेलाई राष्ट्रियसभामा लैजान हुने तर अहिले वामदेवलाई लग्नु हुन्न भनेको सुहाएन कि रु गम्भीर प्रश्न,’ नेकपाका एक नेताले भने।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies