Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अझै उठेनन् भूकम्पले ढलेका निजी आवास

भक्तपुर । भक्तपुर जिल्लामा २०७२ सालको भूकम्पले क्षति पुर्याएको निजी आवास पुनःनिर्माण निकै सुस्ताएको छ ।

भूकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये भक्तपुरमा पूर्ण लाभग्राही सूचीमा परेर निजी आवास पुनःनिर्माण गर्नेको सङ्ख्या निकै कम रहेको छ । यो अवधिमा जम्मा ३१ प्रतिशतमात्रै निजी आवास निर्माण सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भक्तपुरले जनाएको छ ।

भक्तपुर जिल्लामा कूल २९ हजार २१२ को नाम भूकम्पपीडितको लाभग्राही सूचीमा परे पनि असार २१ गतेसम्म अनुदान सम्झौता गर्न नआउने र २०७६ असार मसान्तसम्म सम्झौता गरेर पहिलो किस्ता पनि नलिने भक्तपुरका चार हजार २४७ भूकम्पपीडितको नाम प्राधिकरणले लाभग्राही सूचीबाट हटाइएको कार्यालयका इञ्जिनीयर एवं सूचना अधिकृत भोजराज भट्टले जानकारी दिए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भक्तपुरका अनुसार २८ हजार ४९८ लाभग्राही सूचीमा रहेकोमा २४ हजार ५५४ ले अनुदान सम्झौता गरेका छन् । त्यसमध्ये जिल्लाका चारवटा नगरपालिकामा प्रथम किस्ता लैजाने २४ हजार ५४१ रहेका छन् । यो अनुपातलाई हेर्दा जिल्लामा ८५ प्रतिशत लाभग्राहीले प्रथम किस्ता लगेका छन् ।

अनुदान सम्झौता गरेकामध्येबाट नौ हजार ५६६ ले दोस्रो किस्ता र नौ हजार १२६ लाभग्राहीले मात्रै तेस्रो किस्ता लिएका छन् । यो अनुपातका आधारमा अनुदान सम्झौता गरेर दोस्रो किस्ता लैजाने ३३ प्रतिशत र तेस्रो किस्ता लैजाने ३१ प्रतिशत मात्रै रहेका छन् । निजी आवास पुनःनिर्माणका लागि पहिलो किस्ताको रु ५० हजार अनुदान लिएर पनि घर नबनाउनेको सङ्ख्या भने १५ हजार ४१५ रहेका छन् ।

जिल्लाका चारवटा नगरपालिकामध्ये सूर्यविनायक नगरपालिकामा भने ६९ प्रतिशतले निजी आवास निर्माण गरेका छन् । यस नगरपालिकामा सात हजार ९९९ ले अनुदान सम्झौता गरेको छ । तीमध्ये छ हजार ९९८ ले प्रथम किस्ता, तीन हजार ६७ ले दोस्रो किस्ता र दुई हजार ९०९ ले तेस्रो किस्ताको अनुदान रकम लगेका छन् ।

भूकम्पमा सबभन्दा धेरै क्षति पुगेको निजी आवासको सङ्ख्या रहेको चाँगुनारायण नगरपालिकामा भने निजी आवास पुनःनिर्माण ३४ प्रतिशत मात्रै सम्पन्न भएको छ । यो नगरपालिकामा नौ हजार ८३५ ले अनुदान सम्झौता गरेको छ । तीमध्ये नौ हजार ८३५ ले प्रथम किस्ता, तीन हजार ९८७ ले दोस्रो किस्ता र तीन हजार ७८० ले तेस्रो किस्ता लिएका छन् ।

त्यस्तै सबभन्दा कम क्षति भएको मध्यपुरथिमि नगरपालिकामा ३१ प्रतिशतले मात्रै निजी आवास निर्माण गरेका छन् । यो नगरपालिकामा दुई हजार ८० जनाले अनुदान सम्झौता गरी प्रथम किस्ता लगेकोमा ७३८ ले दोस्रो र ७२१ ले तेस्रो किस्ताको अनुदान रकम लगेको जिल्ला कार्यालयका इञ्जिनीयर एवं सूचना अधिकृत भट्टले जानकारी दिए ।

भक्तपुर नगरपालिकामा भने निजी आवास निर्माणमा २२ प्रतिशत मात्रै प्रगति भएको छ । यो नगरपालिकामा पाँच हजार ६४० भूकम्पपीडितसँग अनुदान सम्झौता भएकोमा पाँच हजार ६३७ ले प्रथम किस्ता, एक हजार ८७४ ले दोश्रो किस्ता र एक हजार ७१६ ले तेस्रो किस्ता रकम लगेका छन् ।

सूचना अधिकृत भट्टले २०७६ माघ मसान्तसम्म पहिलो किस्ता, २०७७ वैशाख मसान्तसम्म दोस्रो किस्ता र २०७७ असार मसान्तसम्म तेस्रो किस्ता लिइसक्नुपर्ने नियम भएकाले ती अवधिमा सम्पन्न नगर्नेको हकमा रकम फिर्ता गर्ने नीति बनेको बताए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भक्तपुरका प्रमुख ध्रुव गैँडाले धेरैको जग्गासम्बन्धी मुद्दा मामिला, जग्गाको स्वामित्व विवाद, पारिवारिक किचलो भएको, पुराना बस्तीमा जग्गाको क्षेत्रफल सानो र संयुक्त रहेको, नगरपालिकाको मापदण्डअनुसार नरहेको भन्दै नक्सा पास नगर्दा समस्या आएको पाईएको बताए।

स्थानीय तहको नक्साङ्कन मापदण्ड पूरा नुहँदा, पहिला नै घर निर्माण भइसकेका, भग्नावेशष अझै हटाउन नसकेका, आर्थिक अवस्था निकै कमजोर भएका र सरकारले जग्गा कित्ताकाट रोक्दा जग्गा बिक्री गर्न नसकेर घर बनाउन नसक्ने धेरै रहेको पाइएको बताउँदै उहाँले केही लाभग्राहीको मात्रै अर्को स्थानमा बसोबास योग्य घर भएकाले अनुदान सम्झौता गर्न नआएको बताए ।

भक्तपु्र नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घर बनाउने नसक्ने भूकम्पपीडितका लागि सरकारले छुट्टै व्यवस्था गर्नुपर्ने र घर बनाउन पुग्ने रकमको व्यवस्था गर्नुपर्ने बताए । भक्तपुर नगरपालिकाभित्र अझै पनि भग्नावशेष नहट्दा र घर बनाउन नसक्नेले मर्मत गरेर भूकम्पले क्षति पुर्याएकै घरमा बस्दै आएकाले जोखिम बढेको छ ।

लाभग्राहीको सूचीमा परेर पहिलो किस्ता लिई पुनःनिर्माण नगर्नेलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले घर बनाउन लिएको रकम फिर्ता गर्न अनुरोध गर्दै आएको छ । जिल्लामा सात जना लाभग्राहीले अनुदानको रकम फिर्ता गरेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies