Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

६२ वर्षका सैनिक अधिकारीले तोडे 'प्ल्याङ्किङ' को विश्व रेकर्ड

एजेन्सी । ६२ वर्षे एकजना पूर्व अमेरिकी विशेष सैनिक अधिकारीले आठ घण्टा १५ मिनेट १५ सेकेन्डसम्म \'प्ल्याङ्क\' (व्यायामको एक प्रकार) गरेर नयाँ विश्व रेकर्ड कायम गरेका छन्।

जर्ज हुडले शिकागोमा \'द लङ्गेस्ट मेल एब्डोमिनल प्ल्याङ्क\'मा त्यस्तो रेकर्ड बनाएको गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले जनाएको छ।

उनले सन् २०१६ मा चिनियाँ नागरिक माओ वेइन्दोङले कायम गरेको आठ घण्टा एक मिनेटको रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गरेका हुन्।

त्यसकालागि आफूले २,१०० घण्टा \'प्ल्याङ्क\' को तयारी गरेको हुडले बताए। रेकर्ड तोडेपछि उनले ७५ पटक पुशअप गरेका थिए।

लगत्तै उनले \'प्ल्याङ्क\' रेकर्डको प्रयास गर्ने कार्यबाट आफूले सन्यास लिएको बताए। प्ल्याङ्किङ एक प्रकारको लोकप्रीय शारिरिक व्यायाम हो जस्मा दुवै कुहिना भूईँमा टेकाएर दुवै खुट्टा पछाडि तन्काइ पाखुरा र खुट्टाका औँलाहरूको भरमा जीउलाई उठाएर घोप्टो परी सुतेको जस्तो आसनमा सकेसम्म लामो समयसम्म बस्ने गरिन्छ।

उनले सन् २०११ बाट प्ल्याङ्किङ गर्न सुरु गरेका थिए। उक्त प्रतियोगिता अघि आफूले दैनिक सात घण्टा प्ल्याङ्क गर्ने गरेको उनले बताए।

\'मैले आफूलाई समयको वास्तविकताबाट पूर्ण रूपमा अलग गर्नुपर्छ। यो एउटा कला र कुशलता हो जुन मैले वर्षौँ लगाएर प्राप्त गरेको छु\', उनले बीबीसीलाई भने।

प्ल्याङ्क गर्ने बेलासम्म रक सङ्गीत सुनिरहेका हुडले त्यसले आफूलाई आफ्नो बाल्यकालको सपना पुरा गर्न मद्दत गरेको बताए।

\'जति बेला म हुर्कँदै थिएँ, म रक एन्ड रोल सङ्गीतबाट प्रभावित थिएँ -भ्यान हेलन, मोटली क्रु, डीप पर्पल। एमटिभीमा उनीहरूको भिडिओ हेर्ने गर्थेँ र त्यसले मलाई मोहित बनाउँथ्यो,\' उनले भने।

\'म सधैँ रक स्टार बन्न चाहन्थेँ। आफ्नो सपना पुरा गर्न २४ घण्टा मात्रै भए पनि - लीमो गाडीको यात्रा, चर्चा अनि प्रचार।\'

\'म आठ घण्टा १५ मिनेट १५ सेकेन्डसम्म म त्यो रक स्टार थिएँ।\'

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies