Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कोरोना भाइरस : नेपाली संक्रमित छैनन्, सचेत रहन आग्रह

काठमाडौं । कोरिया स्थित नेपाली राजदूतावासले कोरियामा कोरोना भाइरस (कोभिड १९) बाट कुनै पनि नेपाली संक्रमित नभएको बताएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - दूतावासका श्रम कन्सुलर डिल्लीराम बास्तोलाले कोरियाका कतिपय सहरमा कोरोनाको संक्रमण देखा परे पनि यहाँ रहेका कुनै पनि नेपालीलाई संक्रमण देखा नपरेको बताए ।

कोरिया सरकार र राजदूतावासले भने अनुसार सावधानी अपनाए संक्रमणको जोखिममा पर्ने खतरा नरहेको उनले बताए ।

बाहिर विभिन्न हल्ला आईरहेको बेला बास्तोलाले कोरिया सरकार कोरोना भाइरस नियन्त्रण गर्न सूक्ष्म तरिकाले काम गरीरहेकाले चाँडै नै नियन्त्रणमा आउने विश्वास व्यक्त गरे । यहाँ कार्यरत नेपाली कोरोनाको संक्रमण कारण नेपाल फर्कने इच्छा कसैले नराखेको पनि उनले जानकारी दिए ।

धेरै संक्रमण थेगु भन्ने शहरमा देखा परेको जानकारी दिँदै अन्य सहरमा त्यति धेरै प्रभावित नपारेको बास्तोलाले बताए ।

थेगु भन्ने शहरमा ३२ लाख जनसंख्या एक हजार नेपाली त्यस क्षेत्रमा रहेको उनले जानकारी दिए । कोरियामा रहेका नेपाली नागरिकलाई सचेत रहन विभिन्न सचेतना कार्यक्रम गरिरहेको बास्तोलाले जानकारी दिए ।

दूताबासले एक सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमणको शंका लागेमा अवैधानिक रुपमा कोरियामा रहेका विदेशी नागरिकले सार्वजनिक स्वास्थ्य संस्थाहरूमा चेक जाँच तथा उपचार गराउन र सो क्रममा पक्राउ नगर्ने व्यस्था मिलाइएको दूतावासले जारी सूचनामा उल्लेख छ ।

साथै अवैधानिक नागरिकलाई पनि स्वदेश नफर्काउने तथा विरामीको कानुनी हैसियत वारेमा नसोध्न अस्पताललाई निर्देशन दिइएको सम्बन्धमा कोरियाको अध्यागमन विभागले गरेको लिखित पत्रचार बारे प्रेषित गरिएको दुतावासले जानकारी गराएको छ ।

त्यसै गरी, दूतावासले यस अघि पनि सूचना मार्फत कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायका सम्बन्धमा सिओल महानगरपालिकाको कार्यालयबाट प्राप्त जानकारी प्रचार गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कोरियाली सरकार र सम्वद्ध स्वास्थ्य निकायले समय समयमा जारी गर्दै आएका सुरक्षाका उपायहरु प्रभावकारी ढंगले अवलम्बन गरी कोरोना भाइरसबाट सुरक्षित रहन हाल दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीलाई दूतावासले आग्रह गरेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies