Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

राजीनामा दिएका बाँस्कोटामाथि के हुनसक्छ कारबाही ? के छ कानूनी व्यवस्था ?

काठमाडौं । सेक्यूरिटी प्रिन्टिङ प्रेस खरिदको विषयमा स्विस कम्पनीका प्रतिनिधिसँग गरेको कमिसन बार्गेनिङको अडियो सार्वजनिक भएसँगै गोकुल बाँस्कोटाले आफ्नो मन्त्रीपदबाट राजीनामा दिए । घटना सार्वजनिक भएलगत्तै चौतर्फी रुपमा आलोचना भएसँगै बाँस्कोटाले सञ्चारमन्त्रीको पदबाट राजिनामा दिएका हुन् ।

सार्वजनिक विवादास्पद अडियोमा बाँस्कोटाले सेक्यूरिटी प्रिन्टीङ प्रेसको खरिदका लागि स्विस कम्पनीका नेपाल प्रतिनिधि विजयप्रकाश मिश्रसँग ७० करोडको कमिसनबारे बार्गेनिङ गरेका छन् । बाँस्कोटाले गरेको घुसको डिलिङ्ग विदेशी कम्पनीबाट सामान खरिदमा अहिलेसम्मको सबैभन्दा ठूलो घुस प्रकरण पनि हो । नीतिगत भ्रष्टाचारका विषय बाहिर आएको भएपनि मन्त्रीले नै बार्गेनिङ्ग गरेको विषय भने अहिलेसम्म सार्वजनिक भएको थिएन् ।

कमिसन काण्ड प्रमाणित भए हुनसक्छ १० वर्षसम्मको सजायँ

मन्त्री बाँस्कोटाले कमिसन बार्गेनिङ्ग गरेको प्रकरणमा आवश्यक खोजी अनुसन्धान त अवश्य होला नै तथापि उनिमाथि कारबाही चाहिँ कस्तो खालको हुन्छ भन्ने प्रश्न उब्जिएका छन् । नेपालको राजनीतिका इतिहासमा देखिएको यस प्रकारको घटनामाथि विद्यमान दुई कानुन आर्कषित हुनसक्ने कानून विद्हरु बताउँछन् ।

कानूनविद् उपेन्द्र पौडेल बाँस्कोटासँग जोडिएको कमिसन प्रकरणमा भ्रष्टाचार निवारण ऐन र सम्पत्ति शुद्वीकरण ऐन आर्कषित हुनसक्ने बताउँछन् । उनले जनाएअनुसार भ्रष्टाचार निवारण ऐनको दफा ३ अनुसार उनिमाथि अख्तियारले अनुसन्धान गर्न सक्ने देखिन्छ ।

भ्रष्टाचार निवारण ऐनको दफा ३ मा र उपदफा १ बाँस्कोटाको हकमा आर्कषित हुने देखिन्छ । उक्त दफाअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्नसक्ने देखिन्छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर प्रमाणीत भए उनिमाथि दफा ३ को उपदफा (झ) अनुसार कमिसन काण्ड प्रमाणित भएमा आठ वर्षदेखि दश वर्षसम्म कैद र कमिसन लिइसकेको भए सो समेत जफत हुने व्यवस्था छ ।

यस्तो छ भ्रष्टाचार निवारण ऐनमा व्यवस्था

\"\"

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies