Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सिन्धुपाल्चोकको तातोपानीमा चित्रकला प्रशिक्षण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिकाको आयोजनामा गत माघ २८ देखि फागुन ५ गतेसम्म तातोपानीस्थित तातोपानी आधारभूत विद्यालयमा गाउँपालिकाका १० विद्यालयका विद्यार्थीले कला प्रशिक्षण लिएका छन् । विशेषज्ञ चित्र–कलाकार डा रामकुमार भौकाजीबाट दिइएको सो प्रशिक्षणमा ३३ विद्यार्थी सहभागी थिए ।

आवासीय रुपमा दिइएको प्रशिक्षणमा चित्रकला सिर्जनासम्बन्धी अत्याधुनिक शिक्षण प्रणालीअनुसार चित्रकलाको आधारभूत, सैद्धान्तिक तथा व्यावहारिक शिक्षा दिइएको थियो । चित्रकलासम्बन्धी यस्तो प्रशिक्षण सिन्धुपाल्चोकमा पहिलो पटक भएको बताइएको छ । नेपालको चित्रकला शिक्षामा ऐतिहासिक महत्व राख्ने सो कार्यक्रमको मूल उद्देश्य भोटेकोशी क्षेत्रको प्राकृतिक दृश्य, नेपाल र नेपालीको पहिचान दिने सम्पदा, विविध संस्कृति र संस्कार तथा सामान्य जीवनलाई चित्राङ्कित गरेर विश्वसामु प्रकाशमा ल्याउनु रहेको डा भौकाजीले जानकारी दिए ।

प्रशिक्षण समापन समारोहमा गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले एकहप्ते चित्रकला प्रशिक्षण अवधिमा बालबालिकाबाट सिर्जना गरिएका चित्रकलामा परिवर्तन आएको आफूले पाएको बताए । आफ्नो गाउँपालिकाले भविष्यमा बालबालिकाको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न यस्तै प्रभावकारी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने जानकारी पनि उनले दिए ।

गाउँपालिकाका उपाध्यक्ष बादुकी शेर्पा लामाले बालबालिकामा निहित गुणको पहिचान गर्न गाउँपालिकाले ध्यान दिएको बताए । प्रशिक्षक डा भौकाजीले गाउँपालिकाले बालबालिकाको सिर्जनात्मक विकासका लागि देखाएको तत्परता सकारात्मक रहेको बताउँदै नेपालका गाउँपालिकामध्ये भोटेकोशी नै बालबालिकालाई चित्रकला सिकाउने पहिलो गाउँपालिका भएको जिकिर गरे । प्रशिक्षणका लागि तातोपानी आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण नेपाल, तातोपानी शैक्षिक सुधार समितिका अध्यक्ष चेङ्गा शेर्पा, गाउँपालिका वडा नं २ का वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठ, रेडक्रस तातोपानीका अध्यक्ष विष्णु श्रेष्ठलगायतले संयोजन गरेका थिए ।

बालबालिकाले दुगुनागढी, देउराली र लिस्तिकोटमा स्थलगत रुपमा सिर्जना गरेका १८० चित्रकलामध्ये ८० चित्र पनि प्रदर्शनी गरिएको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies