Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

एकोहोरो सरकारको आलोचना गर्ने बानीलाई त्यागौ – मुख्यमन्त्री पौडेल

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शान्ति सुरक्षाको प्रत्याभूति र आर्थिक समृद्धिको लागि योजना कार्यान्वयनतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको छ बताएका छन् ।

प्रजातन्त्र दिवसको उपलक्ष्यमा वाग्मती प्रदेश सरकारद्वारा आज हेटौँडामा आयोजित समारोहमा उनले सरकारले जनताप्रति उत्तरदायी बहन गर्दै राष्ट्रिय गौरवको आयोजनालगायत जनहितको विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याएको बताए । मुख्यमन्त्रीले एकोहोरो सरकारको आलोचना गर्ने मात्रै बानीलाई त्यागेर रचनात्मक सोच पनि राख्नुपर्ने घारणा व्यक्त गरे ।

उनले राजनीतिक दलको नेतृत्वले आ–आफ्नो दलको स्वार्थभन्दा माथि उठेर संविधान, प्रजातन्त्रको सुदृढीकरण र राष्ट्रियताको संरक्षणको लागि एकै ढिका भएर हिँड्नुपर्ने अवस्था आएको उल्लेख गरे । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले अहिले सुशासनको सम्बद्र्धन गर्दै जनतालाई मौलिक हकको संरक्षण तथा दिगो शान्ति सुरक्षाको प्रबन्ध मिलाउन उच्च प्राथमिकता दिएको बताए ।

सो अवसरमा वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारले आफ्नो क्षेत्रमा सुशासन ल्याउन र दिगो शान्ति सुरक्षा तथा विकासको पूर्वाधारलाई कार्यान्वयनतर्फ जोड दिनुपर्ने विश्वास व्यक्त गरे । उनले सरकारको सिफारिसअनुसार प्रदेशसभाले विभिन्न ४८ वटा विधेयक पारित गरिएको र ती विधेयकबाट सरकारले आफ्नो कार्यसम्पादनमा गतिशीलता ल्याएको छ भने ।

जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले प्रदेश सरकारले स्थानीय निकायलाई समन्वय गरेर जनताको हितको निमित्त सहज ढङ्गबाट उनीहरुलाई सेवा सुविधा उपलब्ध गराउनेतर्फ अग्रसर गराउँदा प्रजातन्त्रको सुदृढीकरणमा सफलता प्राप्त हुने विश्वास व्यक्त गरे । प्रजातन्त्र दिवसको अवसरमा हेटौँडास्थित बुद्धचोकबाट मुख्यमन्त्री पौडेल, वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, मन्त्रीगण, प्रदेशसभाका सदस्य, विभिन्न कार्यालय प्रमुख र सुरक्षाका उच्च अधिकृत सम्मिलित ¥याली बजारको परिक्रमा गरी वाग्मती प्रदेश सरकारको परिसरमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies