Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

र उनी चीनमै रोकिए...

काठमाडौं । गत आइतबार बिहान चीनको हुबेई प्रान्तबाट एक सय ७५ नेपालीलाई नेपाल वायुसेवा निगमको जहाजले उद्धार गरेर नेपाल ल्यायो । उनीहरुलाई भक्तपुरको खरिपाटीमा राखिएको छ ।

यो खबर आजको जनआस्था साप्ताहिकमा छ – नेपालमा रहेका अभिभावक चीनमा रहेका आफन्तलाई कोरोना भाइरस लाग्ला भन्ने चिन्तामा थिए । तीन साताभन्दा लामो समयदेखि हुबेई प्रान्त लक्डडाउन भएकाले नेपालीहरु कोठाबाट बाहिर हिँडडुल गर्न तथा कतै आउजाउ गर्न पाएका थिएनन् । उनीहरु मानसिक तनावमा थिए । नेपाल सरकारले हुबेईबाट विद्यार्थीलाई उद्धार गरेर फर्काएकोमा आफन्तहरु खुसी छन् । फर्केर आउनेहरु पनि फुरुंग परेका छन् । त्यस्तो खुसी सबैमा छाउन भने सकेन । हुबेइएको ऊहान विमानस्थनलबाट ६ जना नपाली भने स्वदेश आउन पाएनन् ।

उनीहरु चीनमै रोकिनुको विस्तृत कारणबारे ऊहानमा चिकित्साशास्त्र अध्ययन गरिरहेको र हाल उद्धारमा खरिपाटीमा आएर क्वारेन्टाइमा बसेका एकजना व्यक्तिले जनआस्थालाई बताएका छन् । ऊहान विश्वविद्यालयमा चिकित्साशास्त्रमा पिएचडी गरिरहेका विगेशमान शाक्य ऊहान विमानस्थलमा आफ्नी श्रीमती र छोरीसहित रोकिए । उनी ऊहान विश्वविद्यालयमा चीनमा चिकित्साशास्त्रमै पिएचडी गर्दै छन् । उनकी श्रीमती पनि त्यहीँ एमडी गर्दै छिन् । उनीहरुकी २२ महिनाकी छोरी पनि थिइन् । बसोबास क्षेत्रबाट विमानस्थल जानु अगाडि पनि उनीहरुमा ज्वरो छ कि छैन भनेर चेकजाँच गरिएको थियो । सबै समान्य नै थियो । तर, विमानस्थलमा गएर लगेज उठाइसकेपछि सुरक्षा जाँचमा जानुअगाडि ज्वरो जाँच गर्दा विगेशमानको तापक्रम ३७.६ डिग्री सेल्सियस देखायो । चीनले कोरोना भाइरसको संक्रमण बढेपछि ३७.१ डिग्री सेल्सियसभन्दा माथि तापक्रम हुनेहरुलाई विमानस्थलबाट अन्यत्र जान दिँदैन ।

विगेशमानकी श्रीमती र २२ महिनाकी छोरी त चेकजाँचमा सफल भएर विमानतिर गइसकेका थिए । उनको एकपटक श्रीमती र छोरीलाई भेट्छु भनेपछि विमानस्थल प्रशासनले ‘ए छोरी र श्रीमती पनि छन् रु’ भन्दै सुरक्षा जाँचबाट भित्र पसिसकेका श्रीमती र छोरीलाई पनि फर्काइदियो ।

चिनियाँ प्रशासनले श्रीमती र छोरीलाई त्यसरी फर्काउनुको कारण चाहिँ कथंकदाचित विगेशमानमा कोरोना संक्रमण भएमा उनीसँगै रहेका श्रीमती र छोरीमा पनि हुन सक्ने शंका भएकाले हो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies