Khabar Dabali Logo
  March 30, Mon

चीनबाट फर्किएका सबै सकुशल

काठमाडौँ । ‘म डा.रञ्जित शाह, सरुवा रोग विशेषज्ञ हुँ। हामी तपाईंहरूको र्‍याल (थ्रोट स्वाव) संकलन गर्न आएका हौं । तपाईहरू डराउनु पर्दैन । कृपया सहयोग गर्नुहोला ।’

आजको न्नपुर्ण पोष्ट दैनिकमा खबर छ – भक्तपुर खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रको कन्ट्रोल रुमबाट डा.शाहले अनुरोध गरे। खाना खाने तयारी भइरहेका बेला सुनिएको आवाजले क्वारेन्टाइनमा बसेका सतर्क भए। शाहलगायत सबै स्वास्थ्यकर्मीले ‘पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट’ पहिरिएका थिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सरुवा रोग विशेषज्ञ (भाइरोलोजिस्ट) डा.शाह नेतृत्वको खटिएको टोलीले सबैको घाँटी र नाकको स्वाव संकलन गर्‍यो। एक सय ७५ जनाको थ्रोट स्वाव संकलन गर्न चार घण्टा लागेको डा.शाहले बताए ।

‘खाना खाएर थ्रोट स्वाव संकलन गर्दा वाकवाकी लाग्ने सक्ने जानकारी गरायौं। सबैले थ्रोट स्वाव संकलनपछि मात्र खाना खानुभयो,’ डा.शाहले भने ।

स्वाव संकलनपछि स्वास्थ्यकर्मीले इथानोलयुक्त ‘स्प्रे’ शरीरमा छर्के। पोसाक फेरेर भक्तपुर गएका स्वास्थ्यकर्मी साँझ काठमाडौं फर्किंदा खुसी देखिन्थे। डा.शाहले भने, ‘देश र पेसाप्रतिको कर्तव्य पूरा गर्नु जोखिम नै थियो। सबै काम सकेर फर्कंदा खुसी लाग्यो।’

र्‍याल संकलनमा कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट डा.महेश अधिकारी, मेडिकल टेक्नोलोजिस्ट त्रिभुवनप्रसाद शाह, स्मृति श्रेष्ठ, विमलेश अधिकारी, सुनी डंगोल, स्विटी उपाध्याय, विनिता महर्जन, अबिना ओझा र अर्जुन चौधरी खटिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालका अनुसार स्वास्थ्य अवस्थाको पछिल्लो जानकारीका लागि घाँटीको र्‍र्‍याल (थ्रोट स्वाव) नमुना संकलन गरिएको हो।

संकलित थ्रोट स्वाव परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको छ। दाहालले भने, ‘सबैजना सकुशल हुनुहुन्छ। अहिलेसम्म कोभिड–१९ भाइरस संक्रमणको कुनै लक्षण देखिएको छैन।’

कोभिड–१९ संक्रमणपछि चीनबाट उद्धार गरी ल्याइएका नागरिकलाई भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ। उनीहरूलाई त्यहाँ कम्तीमा १४ दिनसम्म राखिनेछ।

क्वारेन्टाइन अवधिभर नियमित स्वास्थ्य जाँच र शंकास्पद लक्षण देखिएमा प्रयोगशाला परीक्षणको व्यवस्था गरिएको छ।

फागुन ६ गते, २०७६ - ०६:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेटौँडाबाटै कोराना भाइरसको परीक्षण हुने

हेटौँडा । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले आजदेखि प्रदेश राजधानी हेटौँडाबाटै...   
नेपाल सरकारलाई सात प्रश्न : यो भ्रष्टाचार होइन भने के हो ?

नेपाल सरकारलाई सात प्रश्न : यो भ्रष्टाचार होइन भने के हो ?

काठमाडाैँ । १. चीनमा पहिलोपटक कोरोना देखिएको ३१ डिसेम्बर अर्थात् १५ पुसमा हो । २३ जनवरी अर्थात् ९ माघमा...   

कोरोना कोषमा नेकपा संसदीय दलले १४ लाख ८० हजार जम्मा गर्ने

कास्की । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभा संसदीय दलले कोरोना उपचार कोषमा...   

कुकुरले पत्ता लगाउने कोरोना संक्रमण, बेलायतमा हुँदै छ यस्तो प्रयोग

एजेन्सी । बेलायतमा कोरोना भाइरसको संक्रमण पत्त लगाउन अनौठो प्रयोग सुरु भएको छ । त्यहाँ कुकुरको सुँघ्ने...   

जलविद्युत् आयोजनाका ५० हजार श्रमिक कामविहीन

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण रोक्न सरकारले गरेको ‘लकडाउन’ का कारण ५० हजार श्रमिक...   
सीमामा रोकिएका नेपाली ट्युब चढेर धमाधम लुकेर नेपाल छिर्दै

सीमामा रोकिएका नेपाली ट्युब चढेर धमाधम लुकेर नेपाल छिर्दै

दार्चुला । नेपाल–भारत लकडाउनको मौका छिपी भारतका विभिन्न क्षेत्रबाट नेपालीहरू ट्युबमार्फत महाकाली...   

दैलेखका दुई शंकास्पदको रिपोर्ट नेगेटिभ

दैलेख । नोबेल कोरोना भाइरस (कोभिड–१९)संक्रमण भएको आशंकामा दैलेखको राकमकर्णाली स्वास्थ्य चौकीको आइसोलेसनमा...   

अमेरिकामा मात्रै काेराेनाबाट दुई लाखको मृत्यु हुनसक्ने विज्ञको चेतावनी

चीनले पठायो अमेरिकालाई स्वास्थ्य सामग्री, भेन्टिलेटरको सबैभन्दा बढी अभाव एजेन्सी । अमेरिकाका एक...   

कोरोना संक्रमितको संख्या ७ लाख नाघ्यो, स्पेनमा एकैदिन गयो ८२१ जनाको ज्यान

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या सात लाख नाघेको छ । सोमबार बिहानसम्म...   

उपत्यकामा लकडाउनले घटायो प्रदूषण

काठमाडौं । प्रायः सधैं तुवाँलो र प्रदूषणले ढाक्ने काठमाडौं उपत्यकाको आकाश र आसपासको वातावरण केही...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top