Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

ओली सरकारको दुईवर्ष, कामभन्दा गफ धेरै

सकारात्मक पक्ष

केपि शर्मा ओलीले सरकारको नेतृत्व गरेसँगै चीनसँग भएको समझदारीबाट मुलुक नयाँ कोर्षमा प्रवेश गरेको छ । भूपरिवेष्ठित मुलुक भएको कारण खुम्चिएर बस्नुपर्ने बाध्यता र भोग्नुपर्ने नाकाबन्दी जस्ता समस्याबाट मुलुक बाहिर निस्किएको छ । तर, पछिल्लो समय एमसीसी सम्झौताप्रति सरकारले लिएको अडानसँगै चीनसँगको भूजडित सम्बन्धमा कतै चिसो पानी छर्किने त होइन् भन्ने आशंका पैदा भएको छ ।

सरकारले पूर्वाधार विकासको लागि प्रतिबद्धता जनाएको छ । यसलाई सरकारको सपना वा विपना जे भनेपनि सरकार अगाडि बढेको जस्तो देखिएको छ । तर, पटकै विच्छे बजेट संशोधन गर्नुपर्ने परम्परा भने कायम छ । त्यसले अलि जाँगर चलाउनु पर्ने ठाउँ छ जस्तो मलाई लागेको छ ।

अर्को, ओली सरकार बनेपछि अन्तर्राष्ट्रिय सम्बन्धको हिसाबले कुटनीतिक मिसनहरु धेरै ठाउँमा खोलिएको छ । अन्तर्राष्ट्रिय जगतमा नेपालको सम्बन्ध पनि बढ्दै गएको छ । यो सकारात्मक पाटो हो किनभने नेपाल ठुला मुलुकको बीचमा रहेकोले धेरै प्रचार प्रसारको कमि थियो । त्यसमा अहिले बृद्धि भइरहेको छ । वैदेशीक सम्बन्ध पनि अगाडि बढ्दै गइराखेको छ । यी विषयलाई ओली सरकारले गरेको महत्वपूर्ण उपलब्धीको रुपमा लिन सकिन्छ ।

नकारात्मक पक्ष

सरकार स्थायी भयो तर कर्मचारी तन्त्रमा अझै पनि स्थायीत्व छैन कि जस्तो देखिन्छ । कार्यसम्पादनको आधारमा कर्मचारीलाई करार गर्ने, अनि करार गरेको १५ दिनमा सरुवा गराइदिने प्रचलन अझैपनि रोकिएको छैन । त्यसले काम गर्न निकै जटिलता देखाएको छ । कर्मचारी सरुवामा अस्थिरता पैदा हुँदा हरेक पटक उसले नयाँ शिराबाट काम गर्नुपर्ने हुन्छ । यसले सरकारको मिसनलाई पुरा गर्न गाह्रो पर्छ । यिनै चक्रबाट समस्या आइराखेको हुनाले यी कमजोरीलाई हटाउनको निमित्त सरकारबाट प्रयत्न भयो भनेदेखि जाति हुन्छ ।

आर्थिक बृद्धिदरमा सकारात्मक सुधार देखिएपनि प्रदेशमा पूँजीगत खर्च गर्न केहि समस्या परेको कुराहरु आइराखेको छ । जे भएपनि आर्थिक बृद्धिदर ६ प्रतिशतको हाराहारीमा आएको तथ्यले प्रमाणित गरिहेको छ । सरकारले यस पटक ८ प्रतिशत आर्थिक बृद्धिदर कायम राख्ने जुन लक्ष्य लिएको थियो त्यसमा भने हम्मे पर्ने देखिन्छ । समग्रमा पूँजीगत खर्चमा केही समस्या देखिएपनि अहिलेको स्थितिमा आर्थिक बृद्धिदर सन्तोषजनक नै मान्नुपर्छ ।

चुनौति

यति होल्डिङसलाई नेपालभरको जग्गा बुझाउनु पर्ने बाध्यता के होला भन्ने प्रश्न विपक्षीबाट मात्र होइन सरकारकै शुभचिन्तकहरुबाट समेत उठेको छ । यो गम्भिर विषय हो । प्रधानमन्त्रीले त्यतिकै खेरजाने जग्गालाई सदुपयोग गरिएको भनिए पनि यति होल्डिङ्गसलाई काखि च्याप्नुपर्ने बाध्यता के हो, त्यसमा सरकार प्रष्ट हुनुपर्छ । प्रधानमन्त्रीले आफ्नो बचाउको पक्षमा जति तर्क गरेपनि यति होल्डिङसको विषयमा ओली सरकारले थप निर्णय गरेको हुनाले उसको निष्पक्षतामाथि शंका गर्ने ठाउँ प्रशस्त छन् ।

यस्तै, ओली सरकारको पालाको विभिन्न काण्डहरुमध्ये प्रमुख चुनौतिको रुपमा रहेको निर्मला हत्याकाण्ड पनि हो । यसमा सरकार सफल भएको देखिएको छैन् । सरकारको त्यत्रो बलियो राज्यसंयन्त्र रहेको छ तर पनि अहिलेसम्म अपराधी पत्ता लगाउन नसक्नु प्रमुख चुनौति हो । यस्तै, बालुवाटार जग्गा प्रकरण काण्ड, ३३ किलो सुनकाण्ड, वाइडबडी काण्ड, नेपाल ट्रष्ट प्रकरण, यति काण्डमा सरकारले गम्भिर ध्यान नदिएको देखिन्छ ।

वाइडबडी काण्डमा सरकारले निष्पक्ष छानविन गर्छाैं भनेपनि त्यसले राम्रो काम गर्छ जस्तो लाग्दैन् । वाइडबडी काण्ड छानविन गर्न सरकारले निपक्ष छानविन समिति गठन गरेको भनिए पनि त्यसले नियुक्ति नै नपाई विघटन भएको छ । भन्न जति सजिलो भएपनि काम गर्न त्यति गाह्रो रहेछ यसबाट पुष्टि हुन्छ । वाइडबडी प्रकरणमा त प्रधानमन्त्री आफैंले फलानकोको संलग्नता छैन् भनेर फैसला नै गरिदिनुभयो । खासमा घोटलामा कसको सहभागिता रहेको छ÷छैन भन्ने कुराको निक्र्यौल प्रधानमन्त्रीले गर्ने होइन् ।

अर्को, पेचीलो विषय भनेको एमसीसी सम्झौता हो । यस विषयमा सरकारले जति नै तर्क पेश गरेपनि नेपाली जनता आस्वस्थ हुन सकेका छैनन् । प्रधानमन्त्री ओलीले एमसीसीकै पक्षमा लाबिङ गरिरहनुभएको छ । यो बुझिनसक्नु छ ।

यस्तै, सीमा विवाद ओली सरकारको अर्को प्रमुख चुनौति हो । भारतसँगको सीमा विवाद समाधान गरी गुमेको भूमि फिर्ता ल्याउन प्रधानमन्त्री ओलीलाई ऐतिहासिक रुपमै अवसरसँगै चुनौति पनि छन् । प्रधानमन्त्री ओलीसँग झण्डै दुईतिहाइको सरकार छ । भारतमा गाभिएको नेपालको भूमि फिर्ता गर्नको लागि सिंगो राष्ट्रले सरकारलाई साथ दिन्छ । उहाँले यो पहल कदमी लिनै पर्ने हुन्छ । हुन त प्रधानमन्त्री ओलीले भारतले दाबी गरेको जग्गा नेपालकै भएको र हामी जसरी पनि फिर्ता गर्छाैं भनेर प्रतिबद्धता जायर गर्नुभएको छ । सीमाको विषय अहिलेको विषय पनि होइन । बर्षौदेखि सरकारले कानमा तेल हालेर बसेका हुनाले समय लाग्न सक्छ । सरकारले कुटनीतिक पहल पनि गरिरहेको छ । छिट्टै समाधान होला भन्ने विश्वास लिएका छौं ।

त्यसकारण यस्ता कुरामा सरकारको ध्यान जति जान पर्ने हो त्यति नपुगेको हो कि जस्तो लाग्छ । यी मध्ये केहि विषयमा विगतको सरकारले गरेको कमजोरी अहिले सतहमा आएको छ । सतहमा आएकै विषयलाई सोलोडोलो रुपमा सबै ओली सरकारलाई दोषी करार गर्दा अन्याय हुन्छ भन्ने मलाई लाग्छ ।

समग्रमा सरकारको दुई बर्षीय कार्यकालको मुल्यांकन गर्दा सयमा ४५ प्रतिशतमात्र सफल भएको देखिन्छ । योबीचमा कामभन्दा अलि बढि गफ धेरै भए भन्ने लाग्छ । भूकम्प पीडितका विषयमा, संविधान निर्माण तथा कार्यान्वयनका आश्रित कमजोरी छन् । त्यसकारण सरकारले अब एक बर्ष सक्रिय रुपले लागेर जसअपजस लिने काम गर्नुपर्छ । बाँकी दुई बर्ष सरकार साधु सन्त भएर देश र जनताको लागि लाग्न सकियो भने ओली सरकार सफल भएको ठहर्छ ।

(लेख दिपेन्द्रबहादुर क्षेत्रीसँग सरकारको समिक्षाबारे गरिएको कुराकानीमा आधारित छ ।)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies