Khabar Dabali Logo
  March 30, Mon

जर्मन बुन्डेस लिग : बायर्न म्युनिखको प्रभावशाली जित, लेवान्डोस्कीको निरन्तर गोल

एजेन्सी । जर्मन बुन्डेस लिगमा बायर्न म्युनिखले प्रभावशाली जीत दर्ता गरेको छ । सुरुको १२ मिनेट भित्रै तीन गोल गरेको बार्यन म्युनिखले एफसी कोल्नमाथि ४–१ को जित निकालेको हो ।

बुण्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बार्यनका लागि रोबर्ट लेवान्डोस्कीले तेस्रो मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले यो सिजन लिगका २२ खेलमा २३ गोल गरिसकेका छन् । बुण्डेसलिगामा सुरुका २२ खेलमा २३ गोल गर्ने उनी इतिहासकै दोस्रो खेलाडी हुन् ।

पाँचौँ मिनेटमा किंगस्ली कोम्यानले बार्यनको अग्रता दोब्बर पारे भने १२ औं मिनेटमा सर्गेइ ग्नाब्रीले गोल गरेपछि बार्यनले पहिलो हाफमा ३–० को अग्रता लियो ।

ग्नाब्रीले ६६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे र टिमको खातामा चौथो गोल दर्ता गरे । ७० औं मिनेटमा उथले एफसी कोल्नका लागि एक गोल फर्काए ।

जितपछि शीर्षस्थानमा पुगेको बार्यन म्युनिखको २२ खेलबाट ४६ अंक भएको छ भने दोस्रो स्थानको आरबी लिप्जिगको समान २२ खेलबाट ४५ अंक छ ।

फागुन ५ गते, २०७६ - ०९:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेटौँडाबाटै कोराना भाइरसको परीक्षण हुने

हेटौँडा । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले आजदेखि प्रदेश राजधानी हेटौँडाबाटै...   
नेपाल सरकारलाई सात प्रश्न : यो भ्रष्टाचार होइन भने के हो ?

नेपाल सरकारलाई सात प्रश्न : यो भ्रष्टाचार होइन भने के हो ?

काठमाडाैँ । १. चीनमा पहिलोपटक कोरोना देखिएको ३१ डिसेम्बर अर्थात् १५ पुसमा हो । २३ जनवरी अर्थात् ९ माघमा...   

कोरोना कोषमा नेकपा संसदीय दलले १४ लाख ८० हजार जम्मा गर्ने

कास्की । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभा संसदीय दलले कोरोना उपचार कोषमा...   

कुकुरले पत्ता लगाउने कोरोना संक्रमण, बेलायतमा हुँदै छ यस्तो प्रयोग

एजेन्सी । बेलायतमा कोरोना भाइरसको संक्रमण पत्त लगाउन अनौठो प्रयोग सुरु भएको छ । त्यहाँ कुकुरको सुँघ्ने...   

जलविद्युत् आयोजनाका ५० हजार श्रमिक कामविहीन

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण रोक्न सरकारले गरेको ‘लकडाउन’ का कारण ५० हजार श्रमिक...   
सीमामा रोकिएका नेपाली ट्युब चढेर धमाधम लुकेर नेपाल छिर्दै

सीमामा रोकिएका नेपाली ट्युब चढेर धमाधम लुकेर नेपाल छिर्दै

दार्चुला । नेपाल–भारत लकडाउनको मौका छिपी भारतका विभिन्न क्षेत्रबाट नेपालीहरू ट्युबमार्फत महाकाली...   

दैलेखका दुई शंकास्पदको रिपोर्ट नेगेटिभ

दैलेख । नोबेल कोरोना भाइरस (कोभिड–१९)संक्रमण भएको आशंकामा दैलेखको राकमकर्णाली स्वास्थ्य चौकीको आइसोलेसनमा...   

अमेरिकामा मात्रै काेराेनाबाट दुई लाखको मृत्यु हुनसक्ने विज्ञको चेतावनी

चीनले पठायो अमेरिकालाई स्वास्थ्य सामग्री, भेन्टिलेटरको सबैभन्दा बढी अभाव एजेन्सी । अमेरिकाका एक...   

कोरोना संक्रमितको संख्या ७ लाख नाघ्यो, स्पेनमा एकैदिन गयो ८२१ जनाको ज्यान

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या सात लाख नाघेको छ । सोमबार बिहानसम्म...   

उपत्यकामा लकडाउनले घटायो प्रदूषण

काठमाडौं । प्रायः सधैं तुवाँलो र प्रदूषणले ढाक्ने काठमाडौं उपत्यकाको आकाश र आसपासको वातावरण केही...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top