Khabar Dabali Logo
  March 30, Mon

तुइनबाटै गाडी, ६० हजारसम्म भाडा

रुकुम । ठूलीभेरी नदी वारपार गर्न तल्लु–छोटेबगरमा पुल छैन । तर पनि वारिका गाडी पारि पुग्छन्, पारिका गाडी वारि आउँछन्– तुइनमा झुन्डिएर । सवारीधनीले पारि लगे ६० हजार र वारि ल्याए ३० हजार रुपैयाँ तुइन सञ्चालकलाई तिर्छन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ . जाजरकोट–डोल्पा सडकअन्तर्गत तल्लु–छोटेबगर खण्ड जोड्न गाडी तार्नकै लागि तुइन बनाइएको हो । तुइनमा झुन्ड्याएर गाडी आठबीसकोट नगरपालिका–४ छोटेबगरसम्म ल्याउने गरिएको हो ।छोटेबगरदेखि डोल्पासम्म गाडी चल्छ । बिग्रेका गाडी मर्मतका लागि राडीबजार, सुर्खेत र नेपालगन्ज लैजान पनि छोटेबगरबाटै नदी तारिन्छ । तुइनमार्फत तारिएका जिप, ट्याक्टर रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको छोटेबगरेखि त्रिवेणीसम्म र त्यहाँदेखि डोल्पाको दुनैसम्म सञ्चालन भइरहेका छन् ।

डोल्पा–जाजरकोट सडकको छोटेबगर–डोल्पा खण्डको ट्र्याक खुलेपछि २०७१ सालमा तुइन बनाइएको हो । आठबीसकोट नगरपालिका–४, ५ र ६ का स्थानीयले आफ्नै लगानीमा तुइन निर्माण गरेका हुन् । नदीमाथि तुइन जडान गर्न १७ लाख ५० हजार रुपैयाँ लगानी भएको स्थानीय घनश्याम भण्डारीले बताए ।

डोल्पाको खदाङ र त्रिपुराकोटस्थित ठूलीभेरी नदीमा पनि पुल छैन । अहिले डोल्पामा मात्रै ३० वटाभन्दा बढी जिप चल्छन् भने त्यही क्षेत्रमा ट्याक्टर सय वटाभन्दा बढी छ । छोटेबगर–खण्डमा पनि जिप र ट्याक्टर गरी डेढ सय सवारी छन् । सबै सवारी यही तुइनमार्फत तारिएको उनले बताए ।
‘तल्लुबगरबाट छोटेबगर लगे एउटा जिप वा ट्र्याक्टर तारेको ६० हजार र छोटेबगरबाट तल्लुबगर ल्याए ३० हजार भाडा लाग्छ,’ उनले भने । सडक बनेको ५ वर्षसम्म पुल निर्माणको कुनै प्रक्रिया अघि बढेको छैन् ।

फागुन ५ गते, २०७६ - ०८:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेटौँडाबाटै कोराना भाइरसको परीक्षण हुने

हेटौँडा । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले आजदेखि प्रदेश राजधानी हेटौँडाबाटै...   
नेपाल सरकारलाई सात प्रश्न : यो भ्रष्टाचार होइन भने के हो ?

नेपाल सरकारलाई सात प्रश्न : यो भ्रष्टाचार होइन भने के हो ?

काठमाडाैँ । १. चीनमा पहिलोपटक कोरोना देखिएको ३१ डिसेम्बर अर्थात् १५ पुसमा हो । २३ जनवरी अर्थात् ९ माघमा...   

कोरोना कोषमा नेकपा संसदीय दलले १४ लाख ८० हजार जम्मा गर्ने

कास्की । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभा संसदीय दलले कोरोना उपचार कोषमा...   

कुकुरले पत्ता लगाउने कोरोना संक्रमण, बेलायतमा हुँदै छ यस्तो प्रयोग

एजेन्सी । बेलायतमा कोरोना भाइरसको संक्रमण पत्त लगाउन अनौठो प्रयोग सुरु भएको छ । त्यहाँ कुकुरको सुँघ्ने...   

जलविद्युत् आयोजनाका ५० हजार श्रमिक कामविहीन

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण रोक्न सरकारले गरेको ‘लकडाउन’ का कारण ५० हजार श्रमिक...   
सीमामा रोकिएका नेपाली ट्युब चढेर धमाधम लुकेर नेपाल छिर्दै

सीमामा रोकिएका नेपाली ट्युब चढेर धमाधम लुकेर नेपाल छिर्दै

दार्चुला । नेपाल–भारत लकडाउनको मौका छिपी भारतका विभिन्न क्षेत्रबाट नेपालीहरू ट्युबमार्फत महाकाली...   

दैलेखका दुई शंकास्पदको रिपोर्ट नेगेटिभ

दैलेख । नोबेल कोरोना भाइरस (कोभिड–१९)संक्रमण भएको आशंकामा दैलेखको राकमकर्णाली स्वास्थ्य चौकीको आइसोलेसनमा...   

अमेरिकामा मात्रै काेराेनाबाट दुई लाखको मृत्यु हुनसक्ने विज्ञको चेतावनी

चीनले पठायो अमेरिकालाई स्वास्थ्य सामग्री, भेन्टिलेटरको सबैभन्दा बढी अभाव एजेन्सी । अमेरिकाका एक...   

कोरोना संक्रमितको संख्या ७ लाख नाघ्यो, स्पेनमा एकैदिन गयो ८२१ जनाको ज्यान

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या सात लाख नाघेको छ । सोमबार बिहानसम्म...   

उपत्यकामा लकडाउनले घटायो प्रदूषण

काठमाडौं । प्रायः सधैं तुवाँलो र प्रदूषणले ढाक्ने काठमाडौं उपत्यकाको आकाश र आसपासको वातावरण केही...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top