Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

भ्यालेन्टाइन्स डेमा विभिन्न होटलमा प्रहरीको छापा, २ दर्जन बढी अविवाहित प्रेम जोडी पक्राउ

एजेन्सी । १४ फेब्रुअरीमा संसारभरीका विभिन्न देशका युवापुस्ताले भ्यालेन्टाइन्स डे मनाउने क्रममा थुप्रै प्रेम जोडीले पुलिस कारवाहीको सामना गर्नुपर्‍यो ।

मुस्लिम बहुल देश इन्डोनेशियाका केही हिस्सामा पुलिसले होटलमा छापा मारेका छन् जसमा दुई दर्जन बढी अविवाहित जोडीलाई पक्राउ गरिएको छ ।

डेली मेलको रिपोर्ट अनुसार इन्डोनेशियामा खुल्ला रुपमा प्रेम गर्न प्रतिबन्ध छ र यसलाई देशको संस्कृति र नैतिकताविरुद्ध मानिन्छ । इन्डोनेशियाको मकस्सर र डेपोकमा आधिकारीले मानिसहरुलाई सार्वजनिक रुपमा प्रेम व्यक्त नगर्न चेतावनी पनि दिएको थियो ।

मकस्सरमा पुलिसले होटलमा छापामारी गर्दै कोठामा भएका अविवाहित जोडीलाई पक्राउ गरे । यीमध्ये एक जर्मनी व्यक्ति पनि समावेश थिए ।

हामीले एक जर्मनी नागरिकलाई उनकी इन्डोनेशियाली पार्टनरसँग मोटलमा भेट्यौं । उनीहरु श्रीमान् श्रीमती थिएनन् त्यसकारण पक्राउ गर्‍यौं,’ स्थानीय सार्वजनिक आदेश कार्यालयका प्रमुख इमान हुडले बताए । पछि पुलिसले पक्राउ गरिएका जोडीलाई ‘विवाह अघिको यौनसम्पर्कले निम्त्याउने हानी’ बारे लेक्चर दिएर छोडिदिएको बताइएको छ । तर पक्राउ परेका पाँच यौनकर्मीलाई पुनर्स्थापना केन्द्र पठाइने निर्णय गरिएको छ ।

मकस्सरमा कण्डमको बिक्रीमा पनि विभिन्न प्रकारको प्रतिबन्ध लगाइएको छ । कण्डम खरिद गर्नेहरुको उमेर पुगेको हुनुपर्छ । स्थानीय अधिकारीका अनुसार कण्डम विवाहित वयस्कका लागि मात्रै हो ।

मकस्सर अधिकारीले कतै पसलमा खुल्ला रुपमा कण्डम बेचिएको त छैन भनेर निगरानीसमेत गरेका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies