काठमाडौं । गुटउपगुटको अन्त्य गर्ने घोषणा गरेको केन्द्रीय समितिको निर्णयलाई चुनौति दिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली पक्षधर नेताहरुले गोप्य भेला गरेका छन् ।
काठमाडौंको गौशालास्थित मदन भण्डारी फाउण्डेशनको कार्यालयमा सोमबार साँझ यस्तो भेला भएको हो ।
अध्यक्ष ओलीकै निर्देशन तथा योजनामा भेला डाकिएको भएपनि ओली र महासचिव विष्णु पौडेल भने सहभागी भएनन् । स्रोतका भन्छ –उक्त भेला आयोजना गर्नुपूर्व प्रधानमन्त्री निवास वालुवाटारमा ओलीले सचिवालय सदस्यहरु इश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी समितिका सदस्यद्वय शंखर पोखरेल र विष्णु रिमाल लगायतकासँग छलफल गरेका थिए ।
बालुवाटार छलफलबाट आफु पक्षधर कोर नेताहरुसँग आगामी रणनीतिबारे छलफल गर्नुपर्ने निष्कर्ष निकालिएपछि बोलाइएको हो । उक्त दिन मध्यान्ह ४ बजेबाट डाकिएको मन्त्रिपपरिषदको बैठक समेत अगाढी सारेर उक्त भेला आयोजना गरिएको बताइन्छ ।
कोको थिए भेलामा ?
उपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका इश्वर पोखरेल, ५ नं. प्रदेशका मुख्यमन्त्रिसमेत रहेका स्थायी समितिका सदस्य शंखर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमाल, भानुभक्त ढकाल, पार्वत गुरुङ्, राजन भट्टराई, राजेन्द्र गौतम लगायतका करिव १ दर्जन केन्द्रीय नेताहरु सहभागी भएको बताईन्छ ।
के बन्यो रणनीति ?
खासगरी पार्टी केन्द्रीय समितिको बैठकमा उठेका विषय, सरकारको प्रतिरक्षा र पार्टीमा आफु पक्षधरहरुको अवस्थाका बारेमा छलफल भएको बताइन्छ ।
सरकारमाथि आलोचना भएको र केन्द्रीय समितिको बैठकमा ओली पक्षधरहरु रक्षात्मक भएको निष्कर्ष भेलाले निकालेको थियो ।
यति होल्डिङ्, एमसिसि, वालुवाटार जग्गा प्रकरण र सरकारका काम कारवाहीमाथि टेकेर अर्का अध्यक्ष पुष्कपमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधव नेपाल पक्षले आमक्रण गरेको चर्चा भेलामा चलेको थियो ।
भेलाको निष्कर्षका रुपमा यति, एमसिसि र सरकारको बचावमा आफु पक्षधर नेता तथा कार्यकर्ताहरुलाई आक्रामकरुपमा प्रस्तुत हुन निर्देशन दिइनेछ ।
साथै पार्टीमा ओली पक्षधरहरुको समुह प्रतिरक्षात्मक बन्दै गईरहेकोले यसलाई आक्रामक बनाउने निष्कर्ष निकालिएको सहभागी एक नेताले बताए ।
भेलामा प्रधानमन्त्रीका सल्लाहाकार समेत रहेका रिमालले प्रधानमन्त्रीको आशय भन्दै कुरा राखेका थिए । उनले पूर्व एमालेलाई एकताबद्ध गर्ने पुर्व माओवादी पक्षधरहरुलाई पेलेर जानुपर्ने बताएका थिए ।
नेपाल, खनाल र गौतमलाई थाहा दिइएन
भेलाबारे साविक एमालेकै अन्य नेताहरु जानकार छैनन् । वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई भेलाबारे जानकारी दिइएको थिएन । महासचिव समेत रहेका पौडेल भने ओलीको योजनामै भेलामा गएनन् । पौडेललाई ओलीले सबै पक्षसँग छलफल गर्ने र विवाद आए मिलाउने कामको जिम्मा दिएका छन् । उनी पनि गुटमै समाहित हुँदा अन्य पक्षले उनलाई नमान्ने अवस्था सिर्जना हुने हुँदा पौडेल योजनामै गुटको भेलामा नगएका हुन् ।
केन्द्रीय समितिलाई नै चुनौति
गुटउपगुटको अन्त्य गर्ने भनेर भरखरै केन्द्रीय समितिले गरेको निर्णियलाई यो भेलाले चुनौति दिएको छ । अझ मृत÷जिवित नेताको नाममा खोलिएका संस्थाहरुका नाममा भएका गुटबन्दी रोक्न भन्दै केन्द्रीय समितिमा चर्को विरोध भएको थियो ।
पार्टी अध्यक्ष समेत रहेका ओलीले आफ्नै गुटको भेला मदन भण्डारी फाउण्डेशनको कार्यलयमा गरेर पार्टी निर्णय आफैंले नमान्ने संकेत गरेका छन् ।
प्रतिकृया लेख्नुहोस्: