Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बन्द रहेका विमानस्थल सञ्चालनमा ल्याउने सरकारको नीति : मन्त्री भट्टराई

कञ्चनपुर । संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकमा बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालनमा ल्याउन सरकारअघि बढेको बताएका छन् ।

भीमदत्तनगरपालिका कार्यालयले आज यहाँ आयोजना गरेको ‘कञ्चनपुर विमानस्थल पुनःसञ्चालन’ सम्बन्धी छलफल कार्यक्रममा उनले सरकारले नयाँ विमानस्थल स्थापना गर्नुभन्दा पनि बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालन गर्ने नीति लिएको जानकारी दिए ।

मन्त्री भट्टराईले सरकारले विमानस्थल सञ्चालनमा ठूलो लगानी गरेको भन्दै लगानीअनुसार राज्यलाई पनि प्रतिफल आउनुपर्नेमा जोड दिए । “तीनवटै तहको सरकारले साझदारी गरेर विमानस्थल पुनःनिर्माण गरी सञ्चालमा ल्याऔँ”, उनले भने, “त्यसको व्यावसायिक फाइदा पनि बाडँफाँड गर्ने नीतिमा हामी जान सक्छौँ ।”

उनले विमानस्थल सञ्चालनमा आउँदा समुदाय र स्थानीय तहलाई फाइदा पुग्ने भएकाले पुनःसञ्चालनमा तीन तहकै सरकारको भूमिका आवश्यक रहेको बताए । मन्त्री भट्टराईले विमानस्थल आत्मनिर्भर हुनुपर्ने भन्दै समयक्रमअनुसार विमानस्थल अन्तरराष्ट्रिय मापदण्डअनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

त्यसैगरी मन्त्री भट्टराईले मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउने पनि बताउनुभयो । “विमानस्थलसित ६० बिघा जग्गा रहेछ”, उनले भने, “आवश्यक जमिन थप गर्ने प्रक्रिया अगाडि बढाउने छौँ ।” पश्चिमका लागि मझगाउँ विमानस्थल महत्वपूर्ण रहेको भन्दै उनले पुनः सञ्चालनका लागि यहाँका जनप्रतिनिधिहरु उत्सुक्ताका साथ सक्रिय रहेको जानकारी दिए ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टले मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउन आवश्यक रहेको भन्दै सुदूरपश्चिम भ्रमणका लागि आउने विदेशी पर्यटकको हवाई भाडा घटाउनुपर्ने माग गरे । “डेढ लाख जनसङ्ख्या भएको ठाउँमा विमानस्थल सञ्चालन हुन्छ, यहाँ त झन छ लाख जनसङ्ख्या छ”, उनले भने, “स्थानीय तह र प्रदेश सरकार पनि पुनःसञ्चालनका लागि सकारात्मक रुपमा लागेका छन ।”

प्रतिनिधिसभा सदस्य नरबहादुर धामीले पटक÷पटक मझगाउँ विमानस्थल सञ्चालनका निम्ति आफूले संसद्मा कुरा उठाएको बताए । “संसारकै ठूलो झुण्डो भएको बाह्रसिङ्गादेखि एशियाकै लामो झोलुङ्गे पुलसम्म हामीसित छन्”, उनले भने, “यहाँ आउने विदेशी पर्यटकलाई महङ्गो भाडा लगाएर सुदूरपश्चिम भ्रमणमा आउन किन रोकेको रु ।”

नागरिक उड्डन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भीमदत्तनगर नाका महत्वपूर्ण रहेको भन्दै मझगाउँ विमानस्थल सञ्चालनका लागि दुई बिघा जमिन थप गर्नुपर्ने आवश्यकता रहेको बताए।

“विसं २०३० मा मझगाउँ विमानस्थल सञ्चालनमा आएको थियो”, उनले भने, “भीमदत्तनगरलाई काठमाडौँसित जोड्ने रणनीतिक महत्व छ ।” जग्गा अधिग्रहणका लागि तीनवटै सरकारको सहयोग आवश्यक रहेको उनको भनाइ थियो । विसं २०५६ मा असुरक्षाका कारण देखाउँदै उक्त विमानस्थल बन्द भएको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies