Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

राष्ट्रिय सभामा समाजवादीका नेता पासवानको कविता : समृद्धिलाई कोरोना भाईरसले खाइसक्यो (भिडियोसहित)

काठमाडौं । समाजवादी पार्टीका राष्ट्रियसभा सदस्य रामप्रित पासवानले भ्रष्टाचार बढेर समृद्धिको सपनालाई कोरोनाले खाइसकेको बताएका छन् । बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले बेरोजगार र महंगाईको मारमा आज कोरोनाको सिकार भईरहेको बताए ।

उनले पीडित युवाहरुले चोक चोकमा मुक्तक गाईरहेको बताए । बढ्दो भ्रष्टाचार र महंंगाईप्रति केन्द्रित रहेर पासवानले बैठकमै कविता वाचन गरे ।

https://www.youtube.com/watch?v=Qkz-ZvHMPqE

यस्तो छ उनले वाचन गरेको कविता :

नेपालीहरु खोज्दैछन् विकास र सम्मृद्धि
अनायास देख्दै छन् दण्डहीनता र भ्रष्टाचारमा वृद्धि
तरकारी बजारदेखि सरकारी कार्यालयसम्म भ्रष्टाचार झांगिसक्यो,
सैशवकालमै समृद्धिलाई कोरोना भाइरसले खाइसक्यो ।
समानता स्वतन्त्र सिकिस्त छन् , लोकतन्त्र पनि थला परिसक्यो
संघीयता, गणतन्त्र छटपटिदै छन् यहाँ ,
समावेशीताको पारा झरिसक्यो
आफ्नै भूमिका नागरिकता दिदैनौ ठानेर विदेशी
के अपराध भो जन्मनु भई जनजाति र मधेशी
गास, बास,कपास माग्दा कुरा मात्रै चिल्ला
जनता आवास, भूमि ऐन पनि कहाँ छ र गतिला ?
हिँड्ने सडक माग्दा जहाजको कुरा झिक्छौ
सत्ता टिकाउन, विदेशी डलर पाउन आफैं किन बिक्छौ ?
यहाँसम्म कि सरकार,
यति सम्झौता, गोकर्ण रिसोर्ट र मेलम्ची ठेक्कामा के ठीक छौं ?
सरकार,
न्याय र समानताको नारा लगाउछौ बेस्सरी
समान दोषमा कोही सत्तामा त कोही जेलमा कसरी ?
ढुकुटीमा मोजमस्ती, अनुदानमा गर्छौ भोज,
जनता किन भोकै छ, गर्‍यौ कहिल्यै खोज ?
देश बनाउन युवा शक्ति खाडीमा फाल्दैछन् ज्यान,
के पाए युवाले शिवाय तिरस्कार र अपमान
तिमीलाई छुट कसरी ? गर्न वाइड वडी र एनसेल काण्ड
पुर्खाको पौरख गुमाउँदै हसाई पुरै ब्रह्माण्ड ?
प्याजको भाउ घट्दै गर्दा कुखुराको भाउ आकासिइसक्यो
के गर्‍यौ सरकार, कुखुराको मूल्यले होलीको मुखैमा पिरोलिसक्यो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies