Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

बालुवाटारमा नेकपा दुई अध्यक्षबीच केन्द्रिय समितिको एजेण्डाबारे छलफल

काठमाडौं । पार्टी केन्द्रिय समिति बैठक नजिकिदै गर्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटरमा चार घण्टा छलफल भएको छ। आइतबार बिहान १० बजेबाट २ बजेसम्म केन्द्रीय समितिमा लाने राजनीतिक एजेन्डामा छलफल भएको छ ।

बैठकमा एमसीसी कम्प्याक्ट सम्झौता संसद्बाट अनुमोदन गर्ने÷नगर्ने टुङ्गो नलागेकाले केन्द्रीय समितिमा कसरी पेश गर्ने भन्ने बारेमा पनि अध्यक्षद्वयबीच छलफल भएको बालुवाटर स्रोत जनाएको छ। पार्टीभित्रै एमसीसी चर्को बहसमा आएपछि यसलाई कसरी सामना गर्ने भन्नेमा नेताहरू छलफलमा जुटेका हुन्।

पार्टी एकताको १९ महिनापछि पुस २३ गते बोलाइएको केन्द्रीय समितिको बैठक राष्ट्रियसभाको निर्वाचन तयारीमा जुट्नुपर्ने भएकाले माघ १५ गतेका सारिएको थियो। गत मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो।

गत मंसिरमा बसेको नेकपा स्थायी समिति बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा नेताबीच मतभेद बैठकले पार्टी सचिवालयलाई निर्णय लिने जिम्मा दिएको थियो । तर पछिल्लो सचिवालयमा भने यस विषयमा नेताहरूले सामान्य परामर्श गरेर केन्द्रीय समितिमा छलफललाई छाड्ने सोच बनाएका छन्।

स्थायी समितिमा पनि बहुमत सदस्य यथास्थितिमा एमसीसी पारित गर्न नहने पक्षमा देखिएपछि केन्द्रीय समितिमा यसको विपक्षमै बहुमत पुग्ने देखिन्छ। अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल यथास्थितिमा एमसीसी पारित गर्न नसकिने बताउँदै आएका छन्।

यस्तै, दुई अध्यक्षबीच भएको भेटमा उपसभामुख पद कुन दललाई दिने भन्ने विषयमासमेत छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

सभामुख र उपसभामुख फरक(फरक दलको हुनुपर्ने संवैधानिक प्रावधानका कारण खाली रहेको उपसभामुख पदका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपा आफूले पाउनुपर्ने दाबी गर्दै आएका छ‍न्। संसदमा नेकपाको बहुमत रहेकाले नेकपाले चाहेको व्यक्ति नै उपसभामुख हुने भएकाले पनि दुई अध्यक्षबीच छलफल भएको हो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies