Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

अमेरिकी अर्बपतिको प्रस्ताव : तानाशाहीविरुद्ध लड्नेलाई म १ अरब पैसा दिन्छु !

काठमाडौं । स्वीजरल्याण्डको डाबोसमा चलिरहेको वल्र्ड इकोनोमिक फोरममा एक अमेरिकी अर्बपतिले अनौठो प्रस्ताव राखेका छन् । उनले विश्वमा तानाशाही शासकहरुको कारण मानवता हराउँदै गएको भन्दै तानाशाही शासकविरुद्ध लड्न आफुँले आर्थिक सहयोग गर्न चाहेको बताएका हुन् ।

अमेरिकाका समाजसेवीसमेत भनेर चिनिने अर्बपति जोर्ज सोरोसले विश्व तानाशाही व्यवस्थासँग लड्न १ अरब अमेरिकी डलर सहयोग गर्न चाहेको बताएका हुन् ।

विश्वमै तानाशाहीको राज भयो

सोरोसले बिहिबार वल्र्ड इकोनोमिक फोरमलाई सम्बोधन गर्दै तानाशाही व्यवस्थाको कारण विश्व नै खतरामा पर्दै गईरहेको र मानवता नरहने अवस्थामा पुगेको बताए ।

फोरोमलाई सम्बोधन गर्दै सोरोसले भने, “सिभिल सोसाइटी लगातार कमजोर बन्दै गईरहेको छ । मानवता कम हुँदै गईरहेको छ । यस्तो लागिरहेको छ कि अब आउने केहि वर्षहरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका का राष्ट्रपति शी जिनपिंगका भाग्यले नै दुनियाको दिशा तय गर्नेछ । भ्यादिमीर पुटिन, ट्रम्प र जिनपिंग तानाशाह जस्ता शासक छन् । सत्तामाथि पकड बनाउन उनीहरुले शासन शैली त्यस्तै बनाउँदै लगेका छन् ।”

कार्यक्रममा सम्बोधन गर्दै सोरोसले छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि हिन्दु राष्ट्रको तानाशाह बन्न खोजेको बताएका थिए । उनले मुश्लिम जनसमुदायमाथि ज्यादती गर्दै हिन्दुहरुको भोटको आधारमा सत्तामा रहने दाउ साँधेको बताएका थिए । सोरोसले मोदीको कदमले भारतमा करोडौं हिन्दुहरु संकटमा पर्दै गएको पनि उल्लेख गरेका थिए ।

उनले तानाशाही शासकहरुको विकल्प खोज्न नसकिए विश्व नरहने चेतावनी दिए । विश्व समुदायलाई सम्बोधन गर्दै शोरोसले भने, “अहिले खुला समाजको अवधारणा खतरामा पर्दै गएको छ । यसको अर्को चुनौतीको रुपमा जलवायु परिवर्तन देखा परेको छ ।

मेरो जिन्दगी मुख्य अभियान ओपन सोसाईटी नेटवर्क बनाउनु नै हो । यो यस्तो प्लेटफर्म बन्नेछ, जसमा दुनियाका सबै युनिभर्सिटीका मानिसहरु पढ्न र शोध गर्न सक्नेछन् । जसको लागि मैंले एक अरब डलर सहयोग गर्नेछु ।” एजेन्सीकाे सहयाेगमा

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies