Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

आश्रमले भेटाइदियो भारतका सुखबहादुरकाे आफन्त

बागलुङ । गत मङ्सिर १७ गते राति हरियाणा, भारतका सुखबहादुर बेवारिसे अवस्थामा बागलुङ बजारमा भेटिए। नबोल्ने, नसुन्ने, कमजोर र खोकिरहेको देखेपछि प्रहरीले उनलाई उद्धार गरी मानवसेवा आश्रममा पुर्यायो । भौँतारिएर बिरानो ठाउँमा आइपुगेका सुखबहादुरले सुरक्षित आश्रय पाए । सडकबाट उद्धार गर्ने बेला उनीसँग सानो हातेझोलाबाहेक केही थिएन । झोलाभित्र परिचय खुल्ने कागजात, मोबाइल र फोटा थिए । मोबाइलमा ‘सिमकार्ड’ थिएन, न कसैको सम्पर्क नम्बर थियो ।

मतदाता परिचयपत्र र अस्पतालको कागजले उनको पहिचान खुल्यो । चिकित्सकले ‘पूर्ण बहिरा’ भनेर प्रमाणित गरेको कागज सुखबहादुरसँग भेटियो । उनी कसरी बागलुङसम्म आइपुगे केही थाहा हुन सकेन । सुखबहादुरको अरु स्वास्थ्य अवस्था सामान्य छ, मात्र बोल्दैनन्, सन्दैनन्।

“आश्रम आएदेखि नै म जान्छु भनेर इशारा गर्थे”, आश्रमकी संयोजक सुमिरा लामाले भनिन्, “परिवार, आफन्तसँग पुनर्मिलन गराउनुपर्छ भनेर हामीले शुरुदेखि नै कोसिस गरिरहेका थियौँ ।” दोहोरो कुराकानी नहुने भएपछि सुखबहादुरको घरपरिवार, आफन्तबारे थाहा पाउन सहज थिएन ।

आश्रममा बस्दा सुखबहादुरलाई घर र आफन्तको सम्झनाले सताउन थाल्यो । घरको माया हातको सङ्केत र मुहारको हाउभाउमा झल्किन्थ्यो । उनी बेलाबेला आत्तिने र बेचैनजस्तो देखिन्थे । आश्रम बसेको झण्डै दुई महिना पुग्न लाग्दा सोमबार सुखबहादुरले चैनको सास फेरे । खुशी फर्कियो ।

उनी केही दिनपछि हरियाणाको फरिदाबाद शहरमा रहेका आफन्तकहाँ पुग्दै छन्। सुखबहादुरले नै बल्लबल्ल लेखेर दिएको मोबाइल नम्बरले उनलाई आफन्तसँग पुनर्मिलन गराउने आश्रमको धोको पूरा भएको हो । “जानीनजानी लेख्छन्, धेरैचोटी दिएको नम्बर मिलेको थिएन”, लामाले भने, “यसपालि चाहिँ नम्बर मिल्यो, कुराकानी भयो ।”

सुखबहादुरले लामालाई छिमेकी राजु थापाको नम्बर दिएका थिए । लामाले सुखबहादुरलाई सडकबाट उद्धार गरी आश्रममा ल्याइदिएको थापालाई सुनाइन् । घरबाट हराएको व्यक्ति एकाएक भेटिएको खबरले थापा परिवारमा खुशी छायो । मोबाइलमा गरिएको कुराकानीले मात्र आफन्त भेटिए भन्नेमा आश्रम विश्वस्त भएन ।

लामाले सुखबहादुरलाई थापासँग ‘भिडियो’ कुराकानी गराइदिने जुक्ति निकालिन् । लामाले थापालाई फेसबुकमा साथी बनाउन प्रस्ताव पठाइन् । थापाले स्वीकार गरे । लामाले थापालाई ‘भिडियो कल’ गरिन् । लामाले सँगै रहेका सुखबहादुरलाई थापासँग ‘भिडियो कल’मा भेट गराइदिन् ।

सुखबहादुरले दुई हात जोडेर नमस्ते गर्दै इशाराले बोले । थापा र सँगै रहेकी उनकी श्रीमती सारिका सुखबहादुरलाई देखेर भावुक भए। सुखबहादुर र सारिका ‘भिडियो कल’मै रोए। थापाले छिट्टै लिन आउँछु भनेपछि सुखबहादुर खुशी भए । आश्रमका सदस्य पनि रमाए ।

अविवाहित ५० वर्षीय सुखबहादुरको परिवारमा कोही छैनन् । बुबाआमा गुमाइसकेका उनको सरकारी कागजातमा सुखबहादुर नाम छ, थर छैन । परिवारका सदस्य कोही नभएपछि उनी छिमेकी थापा परिवारसँग बस्दै आएका थिए । “उनी मेरो बुबाको साथीको छोरा हो, आमाबुबा बितेपछि हामीसँगै बस्दै आएका छन्”, थापाले भने ।

गएको अङ्ग्रेजी महिना ‘डिसेम्बर’ ३ मा सुखबहादुर घरदेखि बेपत्ता भएको उनको भनाइ थियो । “कसरी बागलुङ पुग्नुभयो हामी पनि अचम्मित छौँ, मानवसेवा आश्रमले ठूलो गुन लगाएको छ, हामीले कहिल्यै बिर्सने छैनौँ”, थापाले भने। उनले समय मिलाएर केही दिनभित्रै सुखबहादुरलाई लिन बागलुङ आउने बताए ।

बढी मदिरा सेवन गर्ने बानीका कारण बाटो बिराएर बागलुङ आएको हुनसक्ने थापाको भनाइ थियो । यसअघि पनि स्याङ्जामा रहेका थापाका आफन्तलाई भेट्न सुखबहादुर नेपाल आउने गथ्र्ये । थापा र सुखबहादुरका बुबा रोजगारीका क्रममा अर्घाखाँचीबाट भारतको हरियाणा पुगेका थिए । पछि परिवारको स्थायी बसोबास भारतमै भयो । थापा र सुखबहादुर उतै जन्मिए । भारतको नागरिक भए ।

“नागरिकता भारतको भए पनि हामीलाई नेपालको माया छ, दिदीबहिनी, आफन्त त्यतै छन्, बेलाबेला घुम्न र भेटघाटका लागि नेपाल जान्छौँ”, थापाले भने । जिल्ला प्रहरी कार्यालय बागलुङले बेलैमा सुखबहादुरको उद्धार गरेका कारण आफन्तसँगको पुनर्मिलन सम्भव भएको आश्रमकी संयोजक लामाले बताइन् ।

उनका अनुसार विभिन्न जिल्लाका आश्रममार्फत सडकमा अलपत्र १८ भारतीय नागरिकलई उनीहरुको परिवारसँग पुनर्मिलन गराइएको छ । आश्रमको प्राथमिकता पारिवारिक पुनर्मिलन गराउने हो । बागलुङको आश्रममा ३९ असहायले आश्रय पाइरहेका छन् । कोही मानसिक सन्तुलन गुमाएका, कोही परिवार र आफन्त गुमाएका छन् ।

मनोरोग, अपाङ्गता, गरिबीजस्ता कारणले साहाराविहीन बनेका पनि आश्रममा छन् । परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले चार वर्षअघि बागलुङमा आश्रम खोलिएको थियो । आश्रमले बागलुङलाई ‘सडक मानवरहित जिल्ला’ बनाउने अभियान थालेको छ । आश्रममा सुरक्षित आवाससँगै शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा उपलब्ध गराइएको छ । आश्रम सञ्चालनको लागि देश विदेशमा रहेका नेपालीले आर्थिक सहयोग गर्दै आएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies