Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

कञ्चनपुरमा एक करोडकाे माछा उत्पादन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा एक वर्षको अवधिमै रु एक करोड मूल्य बराबरका माछा उत्पादन भएका छन् । कृत्रिम र प्राकृतिक पोखरीमा गरी झण्डै ५०० क्विण्टल माछा उत्पादन भएको छ । नगरपालिकाको पशु विकास शाखाले सङ्कलन गरेको तथ्याङ्कअनुसार १३१ पोखरी र पाँच प्राकृतिक तालमा माछापालन हुने गरेको छ ।

पाँच सय आठ कट्ठा क्षेत्रफलमा रहेका कृत्रिम पोखरीमा मात्रै रु ९० लाख ७० हजार मूल्य बराबरका माछा उत्पादन भएका पशु विकास शाखाका पशु विकास अधिकृत नारायणदत्त भट्टले बताउनुभयो । माछा उत्पादनमा लागेका किसानले रहु, भाकुर, रुपचन्द, कमन, विगहेड, नैनी, सिल्भर, ग्रासकार्पलगायत जातका माछापालन गरेका छन् ।

उत्पादन गरेका माछा स्थानीय बजारसँगै पोखरीबाटै व्यापारीले खरिद गरेर लैजाने गरेका छन् । माछा प्रतिकिलो रु ३०० देखि ४०० का दरले बिक्री हुने गरेको छ । नगरपालिकाका किसानले वर्षभरी माछा उत्पादन गरी बेच्दै आएका छन् । नगरपालिकामा सबैभन्दा बढी वडा नं ९ का ज्ञानेन्द्रबहादुर सिंहले आठ पोखरीमा वार्षिकरुपमा १५० क्विण्टल माछा उत्पादन गर्दै आएका छन् ।

उनले रु ३७ लाख ५० हजार मूल्य बराबरका माछा बिक्री गर्दै आउनुभएको छ । अन्य किसानले भने रु तीन लाख ५० हजारदेखि रु ४० हजारसम्म माछा उत्पादन गरी बिक्री गर्दै आएका छन् । एक लाखभन्दा कम मूल्य बराबरको माछा उत्पादन गर्ने किसानको सङ्ख्या भने धेरै रहेको छ । चार जना किसानले चालु आवमै पोखरी बनाई माछापालनको शुरुआत गरेका छन ।

नगरपालिका क्षेत्रभित्र रहेका गौडी सलिना, मणिका, सिद्धनाथ, झारखण्डी, सुनदेवी, निल, शुक्ला, अजिंगर, पुरैना र लरंका ताल मध्ये अजिंगर, पुरैना, लरंका, सिद्धनाथ र झारखण्डी तालमा मात्रै माछापालन हुने गरेको छ । नगरपालिकाका दुई किसानले माछाको ह्याचारी तथा नर्सरी सञ्चालन गरेका छन् । नगरपालिकाको वडा नं ७ का हिक्मत चौधरीले १२ कट्ठा जग्गामा र वडा नं १ का पल्टु चौधरीले दुई दशमलव पाँच बिघामा ह्याचारी तथा नर्सरी सञ्चालन गरेका छन् । उनले ह्याचरी तथा नर्सरीमा उत्पादन भएका माछाका भुरा मात्रै बिक्री गरेर रु १० देखि रु १७ लाख आम्दानी गर्दै आएका छन् ।

नगरपालिकाको वडा नं ३ का गेदु चौधरीले धान खेतमा कमन र विगहेड जातका माछापालन गरी रु एक लाख बढी आम्दानी गर्नुभएको छ । डेढ कट्ठा धानखेतमा सोचेभन्दा बढी आम्दानी भएपछि आउँदो वर्ष त्योभन्दा बढी धान खेतमा माछापालन गर्ने बताएका छन् । धान खेतमा माछापालन गर्ने चौधरी नगरपालिकभित्रका पहिलो किसान हुन्।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies