Khabar Dabali Logo
  September 29, Tue

बाह्रबिसेमा लगाइएको निषेधाज्ञा स्थगित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लगाइएको अनिश्चितकालीन निषेधाज्ञा हाललाइ स्थगन गरेको छ । बाह्रबिसे नगरपालिका बजार क्षेत्रको अरनिको राजमार्गको दाँयाबाँयाको सडक अतिक्रमण गरी स्थानीयवासीले घरटहरा बनाएको सम्बन्धमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानविन समिति गठन भएपछि हाललाई निषेधाज्ञा स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताए ।

आइतबार बसेको सर्वपक्षीय भेलाले बाह्रबिसे नगरपालिकाका अधिकृत युगबहादुर खडकाको संयोजकत्वमा सम्बन्धित वडाका वडाध्यक्षहरु, प्रहरी अधिकृत तथा अमिन सम्मिलित सात सदस्यीय छानविन समिति गठन गरेको छ । छानबिन समितिको प्रतिवेदन आएपछि मात्र उचित निर्णय लिई अघि बढने प्रजिअ चेम्जोङले बताए ।

राजमार्ग साँघुरो हुने गरी अतिक्रमण गरेर दाँयाबाँया वनाइएका घरटहरा भत्काउन नगरपालिकाले पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेपछि शुक्रबार डोजर प्रयोग गरी भत्काइएको थियो । घरटहरा भत्काएको विरोधमा झडप भएपछि स्थितिलाई शान्त गराउन स्थानीय प्रशासनले आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म पाँच जनासम्म भेला भएर हिँडडुल गर्न नपाउने गरी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको थियो ।

माघ ६ गते, २०७६ - १३:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपत्यकामा भीडभाड बढ्न थालेपछि जोरबिजोर प्रणालीमा थप कडाई, ११ सय सवारी कारवाहीमा

काठमाडौं । कोभिड–१९ को जोखिमकाबीच काठमाडौँ उपत्यकामा सवारी तथा मानवीय चाप बढ्न थालेको छ । सवारीसाधान...   

मेलम्ची पछि देशकै दोस्रो ठूलो पोखरा खानेपानी आयोजनाको काम शुरु

कास्की । लगानीका हिसाबले मेलम्ची पछिको देशकै दोस्रो ठूलो पोखरा खानेपानी सुधार आयोजनाको काम पुनः शुरु...   

सर्लाहीका १६ क्रसर उद्योग अनिश्चितकालका लागि बन्द

सर्लाही । जिल्लामा गैरकानूनी रुपमा सञ्चालनमा आएका क्रसर उद्योग अनिश्चितकालका लागि बन्द गरिएका छन्...   

मन्त्रिपरिषद् पुनर्गठनबारे ओली -प्रचण्डबीच आज पनि छलफल

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच...   

२०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण

वाशिङ्टन । सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले सोमबार गरेको छ...   

दलितमाथि भएको भेदभावका घटनामाथि सरकारले कारवाही नगर्दा यस्ता घटना दोहोरिँयो

काठमाडौं । नेपाल दलितमुक्ति सङ्गठनले सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका दोषी पत्तालगाई...   

आज फेरि ह्वात्तै बढ्यो सुनको भाउ, तोलामा कति पुग्यो ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार छापावाल सुन तोलामा ९३ हजार ३०० रुपैयाँमा...   

मटर तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै महोत्तरी, दैनिक सयौँ क्विन्टल मटर चोरी निकासी

महोत्तरी । महोत्तरी जिल्ला विगत केही दिनदेखि नेपालबाट भारततर्फ मटर तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै...   

बुहारी रञ्जनाको हत्या गर्ने सुदर्शन अधिकारी पुर्पक्षमा

काभ्रेपलाञ्चोक । जिल्ला अदालत काभ्रेपलाञ्चोकले बुहारी रञ्जनाको हत्या गर्ने नमोबुद्ध नगरपालिका–८...   

बाँकेमा आज बिहानै कोरोनाका कारण थप दुई जनाको मृत्यु

बाँके । बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top