Khabar Dabali Logo
  February 22, Sat

बाँकेमा दिनहुँ बढ्दै आपराधिक घटना

बाँके । केही वर्षयता बाँकेमा आपराधिक घट्ना बढ्दै गएका छन् ।

पछिल्लो पाँच वर्षयता आपराधिक घटनामा वृद्धि हुँदै गएको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कले देखाएको छ । सङ्गठीत अपराध, चन्दा आतङ्क, महिला हिंसा, हत्याजस्ता गम्भीर प्रकृतिका घटनामा प्रहरीले सूक्ष्म अनुसन्धान गर्न नसक्दा अपराधको दर उच्चरुपमा बढेको हो ।

विगतभन्दा पछिल्लो वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार, चोरी डकैतीजस्ता गम्भीर प्रकृतिका अपराध बढेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । अपराधको सङ्ख्या बढ्दैमा मात्र सुरक्षा खस्कियो भन्न नमिल्ने प्रहरीको दाबी छ । “अपराधबारे प्रहरीमा रिपोर्टिङ गर्ने क्रममा वृद्धि भएकाले सङ्ख्या बढेको हुन सक्छ”, बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीले भने, “शान्ति सुरक्षा भनेको तथ्याङ्कभन्दा पनि अनुभूत गर्ने कुरा हो ।”

प्रहरी उपरीक्षक ओलीले आम नागरिकमा प्रहरीप्रतिको विश्वास बढेका कारण मुद्दाको चाप बढेको बताए । उनले भने, “विगतमा प्रहरीमा आउन हिच्किचाउनेहरु आज सहजै प्रहरी कार्यालयमा आएर न्याय खोज्न थालेका छन् । यो अपराधरहित समाज निर्माणका लागि राम्रो पक्ष हो ।” पछिल्लो समय नागरिक सचेतना तथा प्रहरीप्रतिको विश्वासले मुद्दा दर्ता गर्नेको सङ्ख्या बढेको उहाँको दाबी छ ।

प्रहरी उपरीक्षक ओलीका अनुसार जिल्लामा सबैभन्दा बढी मुद्दा लागुऔषधका छन् । अन्य मुद्दाभन्दा लागुऔषधका मुद्दा बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको हो । आव २०७१÷०७२ मा ९९, आव २०७२÷०७३ मा ७८, आव २०७३÷०७४ मा १३७, आव २०७४÷०७५ मा १४७ र आव २०७५÷०७६ मा २४९ वटा लागुऔषधका मुद्दा दर्ता भएका छन् । चालू आवको पछिल्लो ६ महिनामा लागुऔषधका १०८ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चालू आवको पछिल्लो ६ महिनामा ३०२ किलोग्राम लागुऔषध गाँजा, चरेश ९०९ ग्राम, अफिम चार किलो, कोरेक्स एक लिटर, नाइट्रोजेपाम दुई हजार ९२३ ट्याब्लेट बरामद गरेको छ । यसैगरी जिल्लामा बैँकिङ कसुरसम्बन्धी मुद्दा पनि उल्लेख्य रुपमा बढेको छ । आर्थिक वर्ष २०७४÷०७५ मा २४, आव २०७५÷०७६ मा १२२ र चालू आवको पहिलो ६ महिनामा ६ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

त्यस्तै आव २०७१÷०७२ मा कूल ७३८ मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो भने आव २०७५÷०७६ मा कूल एक हजार १५६ मुद्दा दर्ता भएको छ । यसले पाँच वर्षको अवधिमा मुद्दा दर्ताको सङ्ख्या दोब्बरले वृद्धि भएको देखाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा आव २०७२÷०७३ मा ७५५, आव २०७३÷०७४ मा ८५५, आव २०७४÷०७५ मा एक हजार २१ मुद्दा दर्ता भएको तथ्याङ्क छ । चालू आवको पहिलो ६ महिनामा ५६४ मुद्दा दर्ता भएका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशतले बढी हो । “चालू आर्थिक वर्षको अहिलेसम्म ५६९ मुद्दा फस्र्यौट भएका र ५४ मुद्दा अनुसन्धान प्रक्रियामा रहेका छन्”, प्रहरी उपरीक्षक ओलीले भने, “चालू आवको पछिल्लो ६ महिनामा ६२३ मुद्दामा ७७३ पुरुष र ३३ महिलालाई मुद्दा प्रक्रियामा अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।” उनले चालू आवको ६ महिनामा विभिन्न ४७ शीर्षकमा ५६४ मुद्दा दर्ता भएको जानकारी दिए । सहकारीको रु ५२ करोड अपचलनको मुद्दा अनुसन्धान गरी अदालत पठाएको जानकारी दिँदै उहाँले हत्या, आगजनी, लुटपाटलगायतका घटनाको अनुसन्धान गरी कानुनी कारवाही गरेको बताए ।

बाँकेमा चालू आर्थिक वर्षको पुस महिनासम्म १२ हजार ६५० सवारी साधन कारवाहीमा परेका छन् । कारवाहीमा परेका सवारी साधन तथा सवारी धनीबाट यस अवधिमा रु ६९ लाख ९ हजार राजश्व सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत वर्ष ३० हजार ५६२ सवारी साधनबाट रु एक करोड ६७ लाख ७८ हजार ५०० राजश्व सङ्कलन भएको थियो । त्यस्तै प्रहरीले चालू आवको ६ महिनामा ८८ जना जुवाडेलाई कारवाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले ६ महिनामा ५९ जना फरार अभियुक्तलाई पक्राउ गरेको जनाएको छ । तीमध्ये फरार भएका १४ र अदालतबाट सजाय तोकिएका फरार ४५ जना अभियुक्त रहेका छन् । “फरार घोषित अपराधीलाई पक्राउ गरी अदालत बुझाएका छौँ”, प्रहरी उपरीक्षक ओलीले भने। यसैगरी पछिल्लो ६ महिनाको अवधीमा आगलागीका २२ घटना नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको उनले बताए ।

माघ ६ गते, २०७६ - १३:१७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वाग्मती प्रदेशको सञ्चित कोषमा तीन अर्ब राजश्व सङ्कलनको लक्ष्य

काठमाडौ । नदीजन्य पदार्थको राजश्व बाँडफाँटअन्तर्गत चालू आर्थिक वर्षमा वाग्मती प्रदेश सरकारको सञ्चित...   

विन्ध्यवासिनी हाइड्रोपावरले २५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने

लमजुङ । लमजुङ र कास्कीको सिमानामा निर्माण भएको रुदी खोला ए र रुदी खोला बी जलविद्युत् आयोजनाले साधारण...   
दोस्रो सन्तानकी आमा बनिन् अभिनेत्री लिजा

दोस्रो सन्तानकी आमा बनिन् अभिनेत्री लिजा

बलिउड अभिनेत्री तथा मोडल लिजा हेडन दोस्रो सन्तानकी आमा बनेकी छन्। लिजाले छोरो जन्माएकी छन्। उनले छोराको...   
चीनमा कोरोनाभाइरसबाट नयाँ संक्रमित हुने भन्दा निको हुनेको सङ्ख्या बढी

चीनमा कोरोनाभाइरसबाट नयाँ संक्रमित हुने भन्दा निको हुनेको सङ्ख्या बढी

सिन्ह्वा । चीनमा बुधबार कोरोनाभाइरसबाट संक्रमित हुने मानिसको संख्यामा उलेख्य कमी देखियो । उता संक्रमित...   
मन्त्री बाँस्कोटा प्रकरणबारे समाचार नछापिएको भन्दै नयाँ पत्रिकाका पत्रकार ढुंगानाले दिए राजीनामा

मन्त्री बाँस्कोटा प्रकरणबारे समाचार नछापिएको भन्दै नयाँ पत्रिकाका पत्रकार ढुंगानाले दिए राजीनामा

काठमाडौं । सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको विवादास्पद अडियो...   
अभिभावकले पहिलो सन्तानलाई सिकाउनुपर्ने यी १० कुरा

अभिभावकले पहिलो सन्तानलाई सिकाउनुपर्ने यी १० कुरा

एकभन्दा बढी सन्तान भएपछि दुवैलाई सम्हाल्नु बाबुआमालाई समस्या बन्न पुग्छ । दोस्रो सन्तान जन्मिँदाको...   

हुम्लामा भूकम्पको धक्का

बाजुरा । बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका...   

कम यौन सम्पर्क गर्ने महिलाको महिनावारी चाँडै रोकिन्छ

धेरै कम यौनसम्पर्क गर्नेहरुको चाँडै महिनावारी रोकिने एक अध्ययनले पत्ता लागेको छ । अनुसन्धानकर्ताले...   
चिनियाँ युवकले यौन शक्ति बढाउन खाए जिउँदो भ्यागुतो, भिडियोसहित

चिनियाँ युवकले यौन शक्ति बढाउन खाए जिउँदो भ्यागुतो, भिडियोसहित

संसारभरीका ७५ हजार १ सय ९६ व्यक्ति कोरोना भाइरसले संक्रमित भएका छन् । यीमध्ये ७४ हजार १ सय ८५ व्यक्ति...   
भारतमा छात्राहरूलाई भित्रीवस्त्र फुकाल्न बाध्य पारिएको घटनाकाे नालीबेली

भारतमा छात्राहरूलाई भित्रीवस्त्र फुकाल्न बाध्य पारिएको घटनाकाे नालीबेली

महिनावारीलाई लिएर भारतमा देखाइने असहज व्यवहार फेरि समाचारका शीर्षकहरूमा छाएको छ। पश्चिमी राज्य...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top