Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

विमान दुर्घटनासँगै बदलिएको इरान, बदलिएका इरानी

काठमाडौं । राजनीतिक परिघटना बदलिन बेर लाग्दैन् । इरानलाई हेर्दा नै त्यसको पुष्टि हुन्छ । केहि दिन पहिले मात्रै जनरल काशिम सुलेमानीको हत्याको बदला लिनको लागि इरानमा ठूला–ठूला प्रदर्शनहरु भईरहेका थिए । इरानी नागरिक अमेरिका र ट्रम्पको विरोध गर्दै सडकमा निस्किएका थिए । इरानी नागरिकले ट्रम्पको पुत्ला मात्रै जलाएनन् अमेरिकाको झण्डा पनि जलाएका थिए । आज त्यही इरानभित्र सरकार र इरानको सर्वौच्च धार्मिक नेताको विरुद्धमा नागरिकहरु सडकमा उत्रिएका छन् ।

नागरिक ट्रम्पलाई होइन आफ्नै नेता र सरकारमाथि खनिएका छन् । यही मौकामा ट्रम्पले आफुँ इरानी जनताको रक्षाका लागि खडा हुने बताईरहेका छन् । यति छोटो समयमा नै कसरी बदलियो त इरानको राजनीति र इरानीको मनोविज्ञान ? घटना अत्यन्तै नाटकीय ढंगले विकास भएको छ ।

\"कासिम
इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको शवयात्रामा निस्किएकाे मानवसागर

जुन दिनदेखि इरानी सेनाले युक्रेनी विमान दुर्घटनाको कारण आफ्नो मिसाइल भएको बतायो त्यस दिनदेखि इरानी नागरिक आफ्नै नेता र सरकारका विरुद्ध आक्रोशित छन् । नागरिकहरु जसरी अमेरिका र ट्रम्पको विरुद्धमा सडकमा उत्रिएका थिए त्यसैगरि आफ्नै सरकारको विरुद्धमा सडकमा उत्रिएका छन् । जसको कारण अब अमेरिकासँगको युद्वको अन्त्य मात्र होइन् इरान अमेरिकासँग सम्झौताको अवस्थातिर पनि उन्मुख हुँदैछ भन्ने संकेत देखिएको छ ।

अमेरिकाको विरोध गर्न इन्कार

केहि दिन अघिमात्रै इरानी नागरिकहरु अमेरिका र ट्रम्पको विरुद्धमा आक्रामक रुपमा उभिएका थिए तर पछिल्लो घटनासँगै इरानी नागरिकले अमेरिकाको होइन् इरानी सरकारकै विरुद्धमा सडकमा निस्किएका छन् । उनिहरुले सडकमा बनाइएको अमेरिकी झण्डालाई समेत कुल्चन अस्वीकार गरे ।

युक्रेनी विमानमाथि मिसाइल आक्रमण गरेसँगै इरान सरकार पुरै दुनियाँको साथसाथै आफ्नै नागरिकको निशानामा परेको छ । बदलिएको घटनासँगै इरानी सरकारकै विरुद्वमा निस्किएको आन्दोलनप्रति अमेरिकाले राजनीतिक रुपमा सदासयता देखाएका छन् । इरानीले सरकारविरुद्ध आक्रोश पोखिरँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने धम्की दिँदै इरानी जनताको साथमा अमेरिका खडा भएको प्रतिक्रिया दिएका छन् ।

\"Students
सडकमा बनाइएको अमेरिकाको झण्डा नकुचेर छेउबाट हिँडेका इरानी विद्यार्थी ।

३ जनवरी २०२० अमेरिकाको मिसाइल आक्रमणमा इरानका जनरल काशिम सुलेमानीको मृत्युसँगै इरानमा अमेरिकाविरुद्ध आन्दोलन भड्किएको थियो । नागरिकहरुले अमेरिकासँग ‘अन्तिम बदला’ लिनुपर्ने नारा लगाएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुहारप्रति नै नागरिकले घृणा व्यक्त गरेका थिए । तर त्यो घटनाको एक हप्तापश्चात नै तस्बिर बदलिन लाग्यो ।

नागरिकहरु कति परिवर्तन भए भन्ने घटना तेहरानको युनिभर्सिटिका विद्यार्थीले गरेको व्यवहारबाट छर्लङ्ग हुन्छ । तेहरानको शाहिद युनिभर्सिटिका विद्यार्थीले सडकमा बनाइएको अमेरिकी झण्डामाथि नै टेक्न अस्विकार गरे । विद्यार्थीलाई अमेरिकाविरुद्ध विरोध गर्न प्रोत्साहित गरिएको भएपनि उनिहरुले सो कुरा इन्कार गरे । विद्यार्थीहरुले युनिभर्सिटि अगाडि सडकमा बनाइएको अमेरिका र इजरायली झण्डालाई नटेकेर अर्को बाटोको प्रयोग गरे । यो घटनाले इरानको बदलिँदो तस्बिरलाई प्रष्ट देखाउँछ ।

विमान आक्रमणप्रति इरानी सेनाले जिम्मेवारी लिएसँगै भड्कियो आक्रोश

सुलेमानीको हत्या भएको ५ दिनपछि अर्थात् गत ८ जनवरीमा इरानमा युक्रेनको यात्रुवहाक विमान दुर्घटनाग्रस्त भएको थियो । घटनामा परि १७६ जना मानिसहरुले ज्यान गुमाए । अमेरिका र इरानबीच द्वन्द्व चलिरहेको बखत भएको विमान दुर्घटनासँगै विश्व नै स्तब्ध भयो ।

घटनाको कारणबारे अनेकन आशंका भईरहँदा शनिबार इरानी सेनाले घटनाको जिम्मेवारी लिँदै आफ्नो मिसाइल गलत ठाउँमा लाग्दा विमान खसेको बतायो । शनिबार इरानी रिवोल्यूशनरी गार्डका गार्ड कमाण्डर आमीर अली हाजीजादेह सञ्चारमाध्यमलाई सम्बोधन गर्दै विमान दुर्घटनाप्रति क्षमा मागे । उनले सार्वजनिक सम्बोधनमा विमान दुर्घटनामा आफैं पर्न पाएको भए हुन्थ्यो जस्तो लागेको बताएका थिए ।

\"ईरान
इरानी सेनाले मिसाइल आक्रमण गरि झारेको युक्रेनी विमानको क्षतविक्षत अवस्था ।

घटनाबारे माफी माग्दै उनले भनेका थिए, “अत्यन्तै मर्माहत हुने खालको खबर सुनें । वास्तवमा म आफैं त्यो घटनामा परेर मरुँ जस्तो लागेको थियो । म नै त्यो घटनाको गवाह बन्न सकुँ जस्तो लागेको थियो ।”

सेनाले घटनाको जिम्मेवारी लिएसँगै इरानमा जनआक्रोश बढेको हो । यसअघि इरानी सरकारले विमान दुर्घटनाको कारण प्राविधिक समस्या भएको बताउँदै आएको थियो ।

अहिले इरानका नागरिक सरकारमाथि झुट बोलेको आरोप लगाएका छन् । उनिहरु अमेरिकामाथि होइन् आफ्नै नेता र सरकारविरुद्व खनिएका छन् । तेहरानमा प्रदर्शनकारीमाथि बल प्रयोगभएसँगै आन्दोलन झनै उग्र हुँदै गएको छ ।

झुट मात्रै बोलेको आरोप

नागरिकमा आक्रोश सुलेमानीको बदला लिनको लागि सरकारले अमेरिकी सेनाको बेसक्याम्पमा मिसाईला हमला गरेको विषयमा पनि छ । इरानी सरकारले इराकस्थित अमेरिकी सेनाको बेसक्याम्पसमा मिसाइल आक्रमण गरेको र ८० जनाको मृत्यु भएको बताएको थियो । तर त्यो घटना पनि झुट निस्किएको छ ।

विमान दुर्घटनाको घटनासँगै इरानी रेभ्युलेश्नरी गार्ड कुड्सका मुख्य कमाण्डर मेजर जनरल हुसेन सलामीले संसदमा कासिम सुेलमानीको हत्या र बदलामा इरानको कारबाही र युक्रेनी विमानमाथि मिसाइल आक्रमणलगायतका बारे विस्तृत जानकारी दिएका थिए । उनले अमेरिकालाई इराकको तागत देखाउनको लागि आक्रमण गरेको जनाएका थिए । इरान अमेरिकालाई दागत देखाउन चाहन्थ्यो । इरानले आफुँ जहाँ पनि आक्रमण गर्न सक्षम छु भन्ने देखाएको थियो ।

इरानमा आक्रोश भड्किएसँगै अमेरिकाद्वारा सान्त्वना

यसबीच अमेरिका पनि सरकारको विरोध गरिरहेका इरानीको पक्षमा खडा भएको छ । डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत नयाँ प्रतिबन्धसँगै इरान कमजोर भएको र उ सम्झौताको लागि बाध्य हुँदै गएको बताएका छन् ।

पछिल्लो समय इरानमा देखिएको सरकार विरोधी प्रदर्शन आफुँ अनुकुल तस्बिर देखेपछि ट्रम्प उद्धेलित भएका हुन् । इरानमा जनरल काशिम सुलेमानीको हत्यापश्चात जुन खालको आक्रोश भड्किएको थियो त्यसलाई देखेर अमेरिकाले इरानसँग मित्रताको कुरा सुरु गरेको थियो । तर जब इरानमा सरकारकै विरुद्ध नागरिकहरु आक्रोश हुँदै सडकमा आए त्यसको भने अमेरिकालाई फाइदा मिलेको छ । परिवर्तित घटनासँगै सरकारमाथि अमेरिकाको प्रस्तावलाई मान्नुपर्ने बाध्यता निर्माण हुन थालेको छ ।

(एजेन्सीको सहयोगमा)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies